’कृपा संगीत रत्न सम्मान’-रत्न शमशेर थापा र योगेश बैधलाई
- News Page
- Published On: February 17,2018
कृपा फाउन्डेसनले ’कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई शुक्रबार सम्मान गरेको छ ।
’सम्वृद्धिको लागि संगीत’ नाराका साथ स्थापना भएको कृपाले पहिलो वार्षिकोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने , कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान , फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने , बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गर्यो ।
सोहि अवसरमा पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराईरहेका वरिष्ठ गायक ओम बिक्रम बिष्ट ज्युलाई फाउन्डेसनको तर्फबात नगद र ५१ हजार प्रदान गरिएको थियो । गायक विष्ट अमेरिकामा रहनु भएकोले उहाको सम्मान तथा नगद सहयोग उहाको छोरा शिखर विक्रम विष्टले ग्रहण गर्नु भयोको थियो । गायक विष्टले भिडियो मार्फत उपस्थितलाइ सम्बोधन गर्दै कृपा फाउन्डेसनलाई धन्यवाद दिनु भएको थियो ।
सम्मानित सर्जकलाई सम्मान सहित समर्पित गर्दै गायक शिव लामिछानेले केहि गीत प्रस्तुत गरेका थिए । उनले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी , शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्वर्ट सुब्बा लिखित , रोबर्ट सुब्बाद्वारा संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा लाइभ प्रस्तुत गरेका थिए ।
साथै कृपा फाउन्डेसनको पहिलो वार्षिक उत्सव र गायक ओम बिक्रम विष्टज्युको जन्मोत्सव केक पनि काटिएको थियो । केक काट्दै कृपा फाउन्डेसनको निरन्तरता तथा गायक विष्टको दिर्घायुको कामना गरिएको थियो । सोहि अवसरमा सगरमाथाको आरोहन गर्ने तयारीमा रहनु भएका महिला पत्रकारको समुह ँष्चकत ध्यmभल व्यगचलबष्कित भ्खभचभकत भ्हउभमष्तष्यल द्दण्ज्ञड लाई बराह ज्वेलरीको तर्फबाट नगद रु पाँच लाख प्रदान गरिएको थियो । आरोहणको तयारीमा रहेको महिला पत्रकार समुहमा रोसा बस्नेत , लक्ष्मी कार्की , कल्पना महर्जन , रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ रहेका छन् ।
फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ’जय नेपाल’ बोल रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन् । गीतको भिडियोमा शिव आफै प्रस्तुत भएका छन् भने यसमा नेपालको सौन्दर्यतालाई देखाइएको छ । हिमाली तथा पहाडी भेगको रमणीय दृश्य कैद गरिएको भिडियोमा सथानीय संस्कृतिलाई पनि समेटिएको छ । गीतलाइ विनय कन्स्कारले सम्पादन गरेका हुन् भने यसलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् । गीतको छायाँकन नरेन र विनयले संयुक्त रुपमा गरेका छन् ।
यसैगरी सोहि अवसरमा कृपा अन्प्लगडका आर्टिस्टलाई रोयल्टी प्रदान गरिएको थियो भने पहिलो र दोस्रो सिजनको सफलतापछी तेस्रो सिजन छिटै आउने जानकारी पनि गराइएको थियो । साथै कृपा ब्याण्डसंगै शिवले लाइभ प्रस्तुति पनि दिएका थिए । उनले आफ्नै गीतहरु जानिन कि मैले , रेशमी घुम्टो , किन दुख्छ मुटु मेरो र चाहे माया गर या उपस्थित निम्तालु माझ प्रस्तुत गरेका थिए । कृपा फाउन्डेसनका एमडी अनुप प्रकासको संयोजकत्वमा भएको कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मीले संचालन गरेका थिए ।
रत्न शमशेर थापाले सम्मान प्रति हार्दिक धन्यवाद दिंदै भने ‘यस्ता सम्मानले यो उमेरमा आइपुग्दा पछिल्लो दिनको उपलब्धिलाई सम्झाउछ भने अझै उत्साह थप्ने काम गर्छ । कृपा फाउन्डेसनले संगीत सर्जकलाई सम्मान गर्दै आफुलाई निरन्तरता दिन सकोस शुभकामना व्यक्त गर्न चाहन्छु ।‘
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved