जन्मदिनमा रेखा थापा : ‘हिरो’ देखि ‘हिम्मतवाली’ सम्म

  • News Page
  • Published On: August 21,2014

नेपाली फिल्म वृत्तमा मात्रै नभएर राजनीतिक एवं सामाजिक क्षेत्रमा समेत सधैं चर्चामा रहने अभिनेत्री रेखा थापाको आज (भदौ ५ गते) जन्मदिन हो । फूलपाती रिलिजको ‘हिम्मतवाली’ छेको पारेर जन्मदिनमा सञ्चारकर्मी भेटघाट कार्यक्रम राख्ने योजना बनाएपनि अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औं पुण्यतिथि आजै परेपछि उक्त कार्यक्रम केही साताको लागि स्थगित गरिएको वर्थ डे गर्ल रेखाले बताइन् । चावाहिलस्थित मित्रपार्कमा बस्दै आएको अम्बे अपार्टमेन्टमा सामान्य पूजाआजा गरेर श्रीकृष्णको २३ औं पुण्य तिथिको प्रसादी ग्रहणमा सहभागी हुने रेखोको योजना छ । ०७१ सालदेखि ३१ वर्षमा प्रवेश गरेकी ‘हिम्मतवाली’ रेखालाई जन्मदिनको शुभकामना । जन्मदिनको अवसर पारेर न्यूजपेजथ्रीले रेखाको फिल्मी करिअरसँग जोडिएको केही ‘फ्ल्यास ब्याक’ प्रसंगलाई उल्लेख गरेको छ ।

'हिरो'बाट हिट ईन्ट्री

सलकपुर, मोरङ जिल्लामा वि.स. २०४० सालमा आमा सरस्वती र स्व.पिता प्रेमकुमार थापाबाट कान्छो सन्तानको रुपमा रेखा जन्मिएकी हुन् । रेखाको पहिलो फिल्म ‘हिरो’ हो । निर्देशक नरेश पौड्याल र निर्माता छवि ओझाले फिल्म ‘हिरो’ बाट रेखालाई हिरोइनको रुपमा प्रवेश गराए । अभिनेता राजेश हमाल जोडी भएको रेखाको पहिलो फिल्म ‘हिरो’ हिट बन्यो । राजेशसँग ‘मेरो मन त चक्कु छुरी’ भन्दै रेखाले चुलबुले स्वभावमा  नृत्य गरेको ‘हिरो’ को उक्त गीतले त्यतिबेला बजार पिटेको थियो । फिल्म ‘हिरो’ मा अभिनय गरेपछि रेखाले पछि फर्कनु परेको छैन । फिल्म ‘मितिनी’ बाट रेखा दर्शक, निर्माता एवं निर्देशकको नजरमा गाढा रुपमा स्थापित भइन् । रेखा नेपाली फिल्म क्षेत्रकी व्यावसायिक रुपमा स्थापित अभिनेत्री हुन् । 

छविसँग व्रेकअप

‘हिरो’ फिल्ममा व्रेक दिएका निर्माता छवि ओझाले रेखालाई आफ्नो जिवन संगीनी बनाएका थिए । तर रेखा र छविको सम्बन्ध दिगो हुन सकेन । दश बर्षको सम्बन्धलाई रेखा र छविले दुई वर्ष अगाडी मात्रै आपसी समझदारीमा व्रेकअप दिए । छविसँग व्रेकअप लिएपछि रेखा आफ्नै ब्यानर रेखा फिल्मस्बाट फिल्म निर्माण एवं अभिनयमा सक्रिय भएकी छिन् । रेखा एक्लैले निर्माण गरेको पहिलो फिल्म ‘काली’ व्यवसायिक रुपमा सुपरहिट बन्यो । दोश्रो निर्माण एवं पहिलो निर्देशन रहेको रेखाको फिल्म ‘हिम्मतवाली’ फूलपातीमा प्रदर्शन हुँदैछ । जुन प्रतिक्षित बनेको छ । फिल्म निर्माणमै व्यस्त रहेका छविसँग पछिल्लो समय आएर रेखाको व्यावसायिक सम्बन्ध समेत टुटेको छ ।

'दुर्गा'बाट एक्सन अभिनेत्री

रेखाको पहिलो एक्सन फिल्म ‘दुर्गा’ हो । शोभित बस्नेतको निर्माण एवं निर्देशन रहेको दुर्गा मा रेखा शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् । ‘दुर्गा’ पछि हरेक जसो फिल्ममा रेखालाई एक्सन भूमिकामा देख्न पाइन्छ । रेखाको एक्सन रहेको ‘हिम्मत’, ‘हिफाजत’, ‘बाटुली’ ‘लंका’ र ‘काली’ जस्ता फिल्मलाई दर्शकले सर्वाधिक रुचाए । ‘हिम्मतवाली’ मा पनि रेखालाई एक्सन अवतारमा देख्न सकिनेछ । ‘धड्कन’, ‘शिलशिला’, ‘किस्मत’, ‘अन्दाज’, ‘बाटो मूनिको फूल’, ‘कसले चोर्यो मेरो’ र ‘रावण’ जस्ता रेखाद्धारा अभिनित व्यावसायिक सफल फिल्म हुन् । 

राजनीतिमा रेखा  

नेपाली फिल्मकी चर्चित हिरोइनले तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ सँग आन्दोलन ताका सार्वजनिक कार्यक्रममा कम्मर मर्काउँदा राजनीतिक वृत्तमा पनि चर्चाको विषय बन्यो । प्रचण्डसँको नृत्यका कारण चर्चामा आएकी रेखा अन्ततः ए.माओवादी पार्टीमै प्रवेश गरिन् । ए.माओवादी कार्यालय पेरिस डाडाँमा अध्यक्ष दाहालले अविर माला लगाइदिएर पार्टी प्रवेश गराए । रेखालाई दोश्रो संविधान सभाको निर्वाचन लड्न ए.मोओवादीले टिकट नै उलपब्ध गराएको थियो । तर प्राविधिक गडबडीले गर्दा रेखाले चुनाव लड्न पाइनन् । पछिल्लो समय रेखाको राजनीतिक चासो कम छ । 

सामाजिक सेवामा रेखा 

सामाजिक सेवालाई अगाडी बढाउने हेतुले रेखाले गत बर्ष ‘रेखा थापा फाउन्डेसन’ को स्थापना गरिन् । सुरुवाती सेवा स्वरुप रेखाको फाउन्डेसनले सुर्खेतका राउटे केटाकेटीलाई राजधानी ल्याएर आवासिय शिक्षाको व्यवस्था गरिरहेको छ । अन्य सामाजिक सेवामा हात बढाउने रेखा फाउन्डेसनको योजना छ । आफ्नै नामको फाउन्डेसन स्थापना गरेर सामाजिक सेवा सुरु गर्ने रेखा नै पहिलो नेपाली अभिनेत्री हुन् ।  

साँच्चिकै ‘हिम्मतवाली’

आफ्नो पहिलो निर्देशकिय फिल्म ‘हिम्मतवाली’ मा रेखाले साँच्चिकै हिम्मत जुटाएकी छिन् । सुटिङ सुरु भएपछि फिल्म निर्देशनको जोखिम उठाएकी रेखाले दुवै हात गुमाएका साहसी सुदर्शन गौतमलाई ‘हिम्मतवाली’ मा महत्वपूर्ण भूमिकामा अभिनय गराएकी छिन् । बाल अवस्थामै करेन्ट लागेर दुवै हात गुमाएका सुदर्शन सर्वोच्च शिखर सगरमाथाको सफल आरोही समेत हुन् । रेखाकै अभिनय प्रशिक्षणमा लेक्यानडा निवासी सुदर्शनले ‘हिम्मतवाली’ मा लोभ लाग्दो गरेकी अभिनय गराएकी थिइन् । रेखा र सुदर्शनका कारण फिल्म ‘हिम्मतवाली’ चर्चा र पर्खाइमा छ । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be