‘सलहेस:द पिपुल्स हिरो’ले गर्यो कलाकार अडिसन आव्हन,
- News Page
- Published On: February 06,2018
१५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस: द पिपुल्स हिरो’का लागि कलाकार अडिसन आव्हन गरिएको छ । मिथिलाका राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका लागि सोमबार क्यारेक्टर अनुसारका कलाकार छनौट सुरु गरियो ।
फिल्ममा सलहेस: राजाजयवर्दन शैलेस, मन्दोदरी, भैरव भुपाल, मोतिराम, बृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपत लगायत ३० ऐतिहासिक मुख्य पात्रहरुसहित दर्जनौँ सपोर्टिङ रोलका लागि कलाकार आवश्यक छन् ।
फिल्मका निर्देशक अमितेश शाहले क्यारेक्टरअनुसार कलाकारहरु छनौट गरिने जानकारी दिए । उनले भने ‘यो फिल्म ऐतिहासिक कथामाथि बन्ने भएकाले हामीले क्यारेक्टरसुहाउँदा कलाकार छनौट गर्छौ, चलेकै कलाकार राख्दा पनि क्यारेक्टरअनुसार अडिसन गराएरै राख्छौँ’।
कलाकारिता रुची भएका जोकोहीले एक महिनाभित्र फिल्मका लागि आवेदन गर्न सक्ने निर्माता राजकुमार महतोले बताए । महताको अनुसार आवेदनका आधारमा कलाकार खोज्दै फिल्म युनिट अडिसनका लागि देशको विराटनगर, जनकपुरधाम, नेपालगञ्ज, काठमाडौंसहित भारतको दरभंगा, पटना, मुम्बई, दिल्ली, कलकत्ता, बंगलादेशको ढाका र चीनको बेजिगंसम्म पुग्ने लक्ष्य छ । अडिसनमा सहभागी हुन चाहनेले फिल्मको अफिसियल फेसबुक पेज, वेभसाइट या जिमेलमार्फत फर्म भर्न सक्नेछन । देशका विभिन्न स्थानमा फर्म उपलब्धताको व्यवस्था समेत गरिएको निर्माता महताले जानकारी दिए ।
भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन्। उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पूजा गर्छन्। ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए।
फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन्। उनको यो पहिलो फिचर फिल्म हुनेछ। भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन्।
करिब पाँच करोड बजेटमा निर्माण हुने यस फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड, झापा, चितवन र भारतका स्थानहरु हुनेछ । कलाकार छनौट हुनेवित्तिकै सुटिङमा जाने निर्माण टिमको तयारी रहेको छ ।
फिल्ममा अनुपम शाहको भिएफएक्स , डा. राजेन्द्र विमलको कथा , महेन्द्र मलगिंयाको , संवाद र पटकथा निर्देशक शाहकै रहनेछ। सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र ईश्वर दाहालको गीत रहनेछ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved