कलाकारले बहुविवाह गर्न र दाइजो लिन दिन नपाउने

  • News Page
  • Published On: August 19,2014

भदौ २ गते चलचित्र कलाकार संघको कार्यालयमा बसेको कार्य समिति बैठकले नेपाली फिल्ममा अभिनय गर्ने सम्पूर्ण कलाकारको लागि आचार सहिंता जारी गरेको छ । कलाकार संघले जारी गरेको ‘क’ देखि ‘घ’ सम्मको आचार सहिंतामा कलाकारले गर्न हुने र नहुने बुँदाहरु समावेश छन् । 

खण्ड ‘क’ को ४ नम्बर बुँदामा उल्लेख छ, ‘नेपाल राज्यको सुरक्षा, शान्ति र अमन चयनमा खलल पुर्याउने, विभिन्न जातजाती वा सम्प्रदाय वा धर्म साँस्कृतिक र सामाजिक जीवनमा नकारात्मक असर पार्ने चलचित्र निर्माण गर्नेछैंनौं र त्यस्ता चलचित्रमा अभिनय गर्नेछैनौं ।’ त्यस्तै खण्ड ‘ख’ को ७ नम्बर बुँदामा उल्लेख छ, ‘बहु विवाह, बाल विवाह, अनमेल विवाह तथा दाइजो लिनेदिने गतिविधिमा संलग्न हुनछैनौं र त्यसको सक्रिय प्रतिवाद गर्नेछौं ।

हाम्रा विश्वास र व्यवहारको आचार संहिता

क) हामी कलाकारिताको पेशागत उत्कृष्टता र गुणस्तरप्रति सजग र प्रतिवद्ध रहनेछौँ ।

१) कलाकारितालाई आफ्नो पुनित कर्म ठान्दछौँ र यो पेशाको गुणस्तर र प्रतिष्ठा बढाउन सधै प्रयत्नशील रहनेछौँ ।

२) चलचित्र कर्मप्रति सदा समर्पित रहि र आफ्नो पेशामा निष्ठावान र अनुुशासित रहनेछौँ ।

३) आफुले अभिनय गर्ने चलचित्र प्रचलित कानूनको अधिनमा रहि कथावस्तु तयार भएको सुनिश्चित गरेर सम्वन्धित      रोजगारदातासँग करार गरेर काम गर्नेछौँ ।

४)नेपाल राज्यको सुरक्षा, शान्ति र अमनचयनमा खलल पुर्याउने, विभिन्न जातजाति वा सम्प्रदाय वा धर्म सांस्कृतिक र सामाजिक जीवनमा नकारात्मक असर पार्ने चलचित्र निर्माण गर्नेछैनौं र त्यस्ता चलिचत्रमा अभिनय गर्नेछैनौँ ।

५)कसैको व्यक्तिगत पहिचान र मर्यादामा आँच आउने विषयस्तु भएको चलचित्र निर्माण गर्ने तथा अभिनय गर्नेछैनौँ ।

६) आफुले अभिनय गर्ने पात्रको भूमिका र चरित्रप्रति इमान्दार र लगनशिल भई त्यसप्रति उचित न्याय दिनेछौँ ।

७) आफ्नो कलाकारिता पेशावाट प्राप्त लोकप्रियताको दुरुपयोग गरि नाजायज आर्थिक तथा अन्य लाभ लिनेछैनौँ ।

८) आफ्नो कामप्रति पूर्ण अनुशासित भई तोकिएको समयमा तोकिएको स्थानमा उपस्थित भई तोकिएको गुणस्तरमा कार्यसम्पादन गर्नेछौं । जतिसुकै प्रतिकुल अवस्था वा भूमिका सानो वा ठूलो जे जस्तो भएपनि उत्कृष्ट नतिजा दिन प्रतिवद्ध छौँ ।

९) चलचित्र उद्योग, सहकर्मी कलाकारहरु र कलाकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल चलचित्र कलाकार संघलाई नकारात्मक असर पर्ने वा अपमान गर्ने वा होच्याउने वा अन्य यस्तै खालका अभिव्यक्ति दिने वा अन्य व्यवहार गर्नेछैनौँ ।

१०) कलाकार संघको वार्षिक साधारणसभा लगायतका अन्य महत्वपूूर्ण गतिविधिहरुमा सक्रिय सहभागी हुने र आफ्नो क्षमताले भ्याएको योगदान गर्नेछौँ ।

११) आफूले अभिनय गरेको चलचित्रको छायांकनको क्रममा आफूूले निर्वाह गरेको भूमिका तथा सो चलचित्रको कथावस्तु लगायत यससंग सम्वन्धित अन्य सूचनाहरु गोप्य राख्नेछौँ र निर्माता, निर्देशकको अनुमति विना सार्वजनिक गर्नेछैनाँै ।

१२) आफूसंगै अभिनय गर्ने सहकर्मी बरिष्ठ एवं कनिष्ठ कलाकारहरुलाई यथोचित आदर र सम्मान गर्नेछौ ।

१३) रोजगारदाता चलचित्र निर्मातासंग एउटै मिति र समयमा एउटा भन्दा बढी चलचित्रमा समय दिने गरि करारनामा गर्नेछैनौँ । करारनामामा उल्लेखित शर्तहरु इमान्दारी पूर्वक पालना गर्नेछौँ ।

१४) हाम्रा दर्शक श्रोतहरुलाई आदर सम्मान र प्रेम गर्दछौँ । उहाँहरुको चाहनालाई मध्यनजर गरेर हामी कलाकारिताका परिकारहरु प्रस्तुत गर्नेछौँ ।

१५) व्यक्तिगत रुपमा आफ्ना कमजोरी वा असफलताको लागि अरुलाई दोष दिनेछैनौ ।

१६) कला, कलाकारिता र कलाकारिताको मंच वा कलाकारिताको उद्योगप्रति अपहेलना गर्नेछैनौँ र त्यसको सम्वद्र्धमा योगदान पुर्याउनेछौँ ।

ख) हामी हाम्रा व्यक्तिगत आचरण र अभ्यास समाजमा अनुकरणीय बनाउने छौँ ।

१) सार्वजनिक स्थलमा धुुम्रपान मध्यपान गर्ने, जुवा खेल्ने वा अन्य अनैतिक गतिविधिमा संलग्न रहने छैनौ ।

२) दैनिक नीजि तथा व्यावसायिक जीवनमा गैरकानुनी गतिविधि गर्नेछैनौँ ।

३) नीजि र व्यावसायिक जीवनमा कुनै व्यक्ति प्रति जात, धर्म, लिङ्ग, वर्ण, वर्ग वा अन्य कुनैपनि आधारमा भेदभावजन्य व्यवहार गर्नेछैनौ ।

४) अरुको विचारको सम्मान र फरक मतको कदर गर्नेछौँ ।

५) कुनैपनि प्रकारको हिंसाप्रति विश्वास गर्दैर्नौ र त्यस्ता कर्मप्रति संलग्न रहँदैनौ ।

६) कसैप्रति दुव्र्यवहार, हिंसा (लैङ्गिक र अन्य हिंसा), शोषण (आर्थिक वा यौन शोषण) जन्य गतिविधिमा संलग्न रहनेछैनौँ ।

७) बहुविवाह, वालविवाह, अनमेल विवाह तथा दाईजो लिनेदिने गतिविधिमा संलग्न रहनेछैनौ र त्यसको सक्रिय प्रतिवाद गर्नेछौँ ।

ग) हामी सामाजिक दायित्वको वोध गर्दछौ र त्यसको परिपूर्तिको लागि सदा सक्रिय रहनेछौँ ।

१) कलाकारिताको माध्यमवाट नेपाली कला संस्कृति र साहित्यको प्रवद्र्धन गरि समाज र राष्ट्र्रको पहिचान अभिवृद्धि गर्न सचेत र सक्रिय रहनेछौँ ।

२) कलाकारिताको माध्यमवाट समाजमा नयाँ ज्ञान, चेतना र सूचना प्रवाह गर्नेछौँ ।

३) कलाकारिताको माध्यमवाट समाजमा सद्भाव, मेलमिलाप र सहकार्य अभिवृद्धि गर्न योगदान गर्नेछौ ।

४) समुदायमा आईपर्ने आपत विपद र संकटमा मानवीय सहयोग र सद्भाव पुर्याउनेछौँ ।

५) जातीय विभेद, वालश्रमको प्रयोग तथा महिला हिंसाप्रति विशेष सम्वेदनशील रहनेछौं र त्यसप्रति सून्य सहनशीलता अपनाउनेछौँ ।

६) आफ्नो शक्तिको दुरुपयोग, जालसाजी तथा भ्रष्टाचारजन्य गतिविधि गर्नेछैनौ र त्यस्तो कर्मलाई प्रोत्साहन हुने क्रियाकलाप गर्नेछैनौँ ।

७) वातावरण संरक्षण सम्वन्धमा विशेष सक्रिय रहनेछौ र आफ्नो नीजि तथा व्यावसायिक कामले वातावरणमा पार्ने नकारात्मक प्रभाव प्रति सचेत रही वातावरण मैत्री व्यवहार अपनाउने छौँ ।

८) नाफा वा कमाईको लागि अनैतिक, असभ्य र गैरकानूनी पेशा, कर्म वा व्यवसाय गर्ने गराउने छैनौ ।

घ) हामी हाम्रा पेशागत सुरक्षा प्रति चासो र पहल गर्नेछौ ।

१) पेशागत हक, हित र सुरक्षाको कानून प्रदत्त अधिकार प्राप्तिका लागि सक्रिय रहनेछौँ ।

२) शान्तिपूर्ण विधिवाट कुनैपनि समस्यको समाधान गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछौँ ।

३) पेशागत सुरक्षाको विषयमा रोजगारदाता तथा सरकारसँग सामूहिक मोलमोलाई गर्नेछौँ, वार्ता र सम्वादको माध्यवाट आपसी हितको छिनोफानो गर्नेछौँ ।

४) रोजगारदाता संग कुनै विषयमा विवाद उत्पन्न भएमा आपसी सम्वादको माध्यमवाट समाधान खोज्नेछौ र सो सम्भव नभएमा उपयुक्त कानूनी उपचारको खोजी गर्नेछौँ ।

५) कलाकारिताको माध्यमवाट सृजना भएको श्रव्यदृष्य वस्तुको प्रतिलिपि अधिकार प्रति सजग रहनेछौँ र सो को प्राप्तिमा सक्रिय रहनेछौँ ।

६) कलाकारहरुले काम गर्ने वातावरण, कार्यस्थल तथा सामाजिक सुरक्षाको (वीमा, औषधि उपचार आदी) विषयमा सचेत रही रोजगारदाता तथा सरकारलाई त्यस्तो व्यवस्था गर्न गराउन पहल गर्नेछौँ ।

मिति २०७१ भदौ २ को कार्य समितिवाट पारित । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be