जब रंगमञ्चका कलाकार ओर्लिए 'नालापानी'मा
- News Page
- Published On: January 12,2018
नालापानीको युद्द नेपालको एक इतिहास हो । भारतमा अवस्थित देहरादुनको नालापानीको सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो ।
यसै बिषयमा आधारित रहेर नेपाली चलचित्र ‘नालापानी’ बन्न लागिरहेको छ । प्रोफेसर रामराजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहि चलचित्र बन्नेछ ।
हाल यस चलचित्रको लागि कलाकारहरुको अडिशन भईरहेको छ । अडिशनको क्रममा हालै मात्र रंगमञ्चका कलाकारहरुको अडिशन लिईएको छ । काठमाण्डौको कान्तिपुर फिल्म एकेडमीमा रंगमञ्चका कलाकारहरु र कलाकारिता पढ्दै गरेका विद्यार्थीहरुको अडिशन भएको हो । यसअघि नेपाल आर्मीका जवानहरुको समेत अभिनयका लागि अडिशन भएको थियो । निर्देशक रिमेश अधिकारीले 'नालापानी'मा अधिकांश कलाकार रंगमञ्च क्षेत्रका रहने बताएका छन् ।
छिट्टै नै कार्यशालामा जान लागेको 'नालापानी' नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो चलचित्र निर्माण हुने निर्माता मनोज शाक्यले बताए । झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र जनक खकुरेल हुन् ।
चलचित्रमा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved