पांच, जसलाई चर्चामा ल्यायो आईटम डान्सले

  • News Page
  • Published On: November 28,2017

आईटम डान्स/गीत मा प्रख्यात छ, बलिउड उद्योग । सन् २०५१ मा नै बलिउडले फिल्ममा आइटम डान्सको प्रयोग गर्न थालिसकेको थियो  । बलिउडमा आएको कति समयपछी नेपालले पनि यसको प्रयोग गर्न थालेको हो ।

फिल्मको प्लटमा यसको आवश्यकता नरहे पनि फिल्मको कथालाई सपोर्ट गर्न, मनोरंजन दिने उदेश्यका साथ फिल्मकर्मीले यसको प्रयोग गर्ने गरेको पाइन्छ । फिल्ममा मसला थप्ने काम गर्छ आईटम गीतले । त्यसैले फिल्मलाई मसलेदार बनाउनका लागि फिल्मकर्मीले आईटम गीतको प्रयोग गर्ने गरेका हुन् ।

समयसंगै  आईटम डान्सको प्रस्तुतिमा निकै परिवर्तन आए  । तर, यसको प्रयोग भने हिजो थियो, आज पनि छ । नेपालमा फिल्मको सुरुवात हुँदा त्याँहा आईटम डान्सको प्रयोग देख्न सकिन्छ । १९६६ तिर बनेको नेपाली फिल्म ‘’माईतीघर’’मा  समावेश ‘’म प्यार बेचिदिन्छु’’आईटम गीतले फिल्म क्षेत्रमा परिवर्तन नै ल्यायो ।

त्यस समयका नेपाली फिल्महरु, आइटम गीत बिनाका कुनै थिएनन् । फिल्म सरस्वतीको गीत लाली जोवन कालो केश चलेको समयमा आईटम गीतहरुले निकै बजार तताएको थियो । त्यस्तै अभिनेत्री झरना थापा अनि रेखा थापाका समयमा उनीहरुले पनि निकै हिट आइटम गीतमा गरेका छन् ।

आइटम गर्ल  अश्लिल प्रस्तुतिमा जोडिदैन, तर उनको परिरनमा भने तडकभडक हुने गर्छ । आइटम गर्लले फिल्मको गीत मार्फत दर्शकलाई मनोरंजन दिने मात्र नभई यसले फिल्मभित्रका पात्रलाई पनि मनोरंजन दिने गरेको दृश्य तपाई पर्दामा देख्न सक्नु हुन्छ  । कम्जोर होइन तर उनीहरुलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको हुन्छ ।

 अहिले आईटम गीतको प्रयोग कमै देखिन्छ । तर लोप नै भएको भन्ने चाँही होईन । हामी यहाँ केहि यस्ता अहिलेका अभिनेत्री चिनाउन चाहन्छौं जो अभिनयसंगै आइटम डान्सका कारण पनि परिचित छन् ।

सुष्मा कार्की
केहि समय अघि फिल्म लुटको आइटम गीत ‘’उध्रेको चोली’’ निकै चर्चामा आयो । अभिनेत्री सुष्मा कार्की अभिनित गीतले दर्शकमा चर्चा कमाउनुका साथै सुष्मालाई पनि निकै चर्चामा ल्याएको थियो   । सानैदेखि नृत्यमा रुची राख्ने सुष्माले फिल्मको आइटम गीतहरुमा अभिनय गरेकी छिन् । मिसन खेलाडी फिल्मको ‘’दिलकी रानी’’ले पनि उनलाई चर्चामा ल्याएको थियो  । ‘’उध्रेको चोली’’ले उनलाई नेपाली बजारमा आइटम गर्लको रुपमा चिनायो पनि । उनको नृत्यमा फेसियल एक्सप्रेसनको कमि पनि हुँदैन ।

माला लिम्बु
माला लिम्बु आफुलाई आइटम गर्ल भनेको रुचाउदिनन् । तर, कंयौ दर्शकबीच उनि ‘’काले दाई’’को आइटम गर्लका रुपमा परिचित छिन् । फिल्म रातो घरको झक्कास् झापाली अनि पर्वको ‘’काले दाई’’ आइटम गीतले मालालाई दर्शकमा चिनाएको हो । माला सानै देखि स्टेजमा नृत्य प्रस्तुत गर्थिन । ‘’काले दाई’’मा गरेको अभिनयमा उनले धेरै प्रसंसा पनि बटुले ।

नम्रता सापकोटा
राजेश हमाल अभिनित फिल्म  सकुन्तलाको आइटम गीत ‘’कोहि छ’’ मा अभिनेत्री नमरा सापकोटाको अभिनय देख्न सकिन्छ । नम्रताले निकै म्युजिक भिडियो गरेकी छिन् । ‘’कोहि छ’’ मा आइटम डान्स प्रस्तुत गरेकी नम्रता पछिल्लो समय फिल्म छक्का पन्जामा देखिएकी थिईन ।

एलिसा राई
एउट्टै गीतबाट करोडौं दर्शकको मन जितेकी अभिनेत्री हुन् एलिसा । लूट २ को ‘’ठमेल बजार’’ गीतले एलिसालाई निकै चर्चामा ल्यायो । दया हाङ राई, विपिन कार्की , निश्छल बस्नेत संग उनले यस गीतमा कम्मर मर्काएकी छिन् । ‘’ठमेल बजार’’बाट चर्चा कमाएकी एलिसाले अहिले निकै म्युजिक भिडियोहरु गरेकी छिन् ।

सुमी मोक्तान
फिल्म दुई रुपैंयाको टल्क्यो जवानीले चिनाएको एक अनुहार हो, सुमी मोक्तान । आसिफ शाह र निश्चल बस्नेतसंग कम्मर मर्काएपछी सुमीको जवानी नभई नाम टल्क्यो । गीतले उनलाई दर्शकमा चिनायो पनि ।  सुमीले सिमोस सुनुवार निर्देशित फिल्म झ्यानाकुटीमा डेब्यु अभिनय पनि गरेकी छिन् ।

माथि प्रस्तुत गरेको जानकारीमा  अन्य नाम पनि छुटेका छन् । यदि तपाइ अन्य नाम पनि थप्न चाहनु हुन्छ ? भने कमेन्टमा गई कमेन्ट गर्न सक्नु हुन्छ ।

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be