श्रीकृष्णको समवेदनामा सरकारी सुरक्षा व्यवस्था फेल

  • News Page
  • Published On: December 31,1969

साउन २६ गते स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न सडकमा हजार्रौं संख्यामा सर्वसाधरण एवं शुभ चिन्तकको भिड लाग्यो । काठमाण्डौं देखि मोफसल, बच्चादेखि वृद्धासम्म स्व.श्रीकृष्णप्रति समवेदना प्रकट गर्न इयरपोर्ट देखि प्रज्ञा भवन प्रतिष्ठान र पशुपती आर्याघाटसम्म लाम लागेर बसेका थिए ।

‘श्रीकृष्ण श्रेष्ठ अमर रहून्’ भन्दै जयजयकार गरी सडक तथा पेटीमा उभिएका सबै सर्वसाधरण एवं शुभ चिन्तकले श्रीकृष्णप्रति समवेदनाको फूल चढाउन पाएनन् । श्रीकृष्णप्रति समवेदना प्रकट गर्न अनपेक्षित रुपमा मानव सागरको ओइरो लागेपछि सुरक्षा व्यवस्था मिलाउन खटिएका सरकारी प्रहरी फेल खाए । कमलादीमा उर्लिएको मानव सागरलाई व्यवस्था गर्न सरकारी प्रहरी पूर्ण रुपमा फेल भयो । प्रज्ञा भवन प्रतिष्ठानमा श्रीकृष्णको शव राख्न सम्भवः भएन । अन्ततः श्रीकृष्णको शवलाई सिधैं पशुपती आर्याघाटतर्फ लगियो । बच्चा तथा वृद्धा मात्रै होइन् फिल्मकर्मीले नै स्व।श्रीकृष्णप्रती समवेदनाको फूल चढाउन पाएनन् । 

स्व।श्रीकृष्णलाई समवेदना प्रकट गर्न मह जोडी, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, आर्यन सिग्देल लगायत अधिकाशं कलाकार प्रज्ञा भवन प्रतिष्ठानमा उपस्थित थिए । जसले समवेदनाको फूल चढाउन पाएनन् । उर्लिएको मानव सागरले धरपकड गरेपछि अधिकाशं कलाकारहरु सुरक्षित स्थानतर्फ लाग्न बाध्य भएका थिए । सुरक्ष व्यवस्थाका साथ आएका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, गृहमन्त्री वामदेव गौतम, ए।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य दलका नेताले पनि प्रज्ञा भवन प्रतिष्ठानमा स्व। श्रीकृष्णप्रती समवेदनाको फूल भढाउन पाएनन् । सञ्चारमन्त्री सव वाहन ट्रकमै चढेर पशुपती आर्याघाटमा पुगेका थिए । स्थानिय विकास तथा उपप्रधानमन्त्री र सञ्चार मन्त्री रिजालले स्व। श्रीकृष्णलाई राष्ट्रिय झन्डा ओढाउँदै राष्ट्रिय सम्मान दिएका थिए । नेपाल प्रहरीको एक टुकुटीले सलामी दिएको थियो ।  

पशुपती आर्याघाटमा स्व।श्रीकृष्णप्रती समवेदना प्रकट गर्न पुगेका सर्वसाधरण तथा फिल्मकर्मीले सुरक्षा व्यवस्था गर्न खटिएका प्रहरीबाट लाठी खानु पर्यो । भिड भएको भन्दै सरकारी सुरक्षाकर्मीले पशुपती आर्याघाटमा सहभागीलाई लाठी बर्सायो । ‘हाम्रो नायकलाई समवेदना प्रकट गर्न नपाउने रु’ भन्दै सर्वसाधरणले पशुपती सुरक्षा व्यवस्थामा खटिएका प्रहरीलाई मुख लगाएका थिए । हजार्रौ सर्वसाधरण तथा शुभचिन्तक श्रीकृष्णको अन्तिम दाहसंस्कारमा समवेदनाको फूल नै नचढाइ फर्किएका थिए । स्व। श्रीकृष्णलाई सरकारी सम्मान दिइएपनि समवेदनाको फूल चढाउन नपाउँदा शुभचिन्तक तथा सर्वसाधरण सुरक्षा व्यवस्था मिलाउन सरकाले खटाएको सुरक्षाकर्मीप्रति रुष्ट थिए । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be