छोटा फिल्ममा ‘बुट्टे जामा’ उत्कृष्ट

  • News Page
  • Published On: November 05,2017

हाइलाइट्स नेपाल र अस्कर इन्टरनेसनल कलेजले संयुक्त रुपमा आयोजना गरेको पहिलो सर्ट फिल्म प्रतिस्पर्धामा कला संग्रौला निर्देशित ‘बुट्टे जामा’  पहिलो बन्न सफल भएको छ । शुक्रबार अस्कर इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा विजयी फिल्मको घोषणा गरिएको हो । 

नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले आयोजना गरिएको प्रतिस्पर्धामा अन्तिम प्रतिस्पर्धामा रहेका दस फिल्ममध्येबाट ‘बुट्टे जामा’ उत्कृष्ट बन्न सफल भएको हो । नविन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले उत्कृष्ट फिल्मको छनोट गरेको हो । पहिलो भएसँगै फिल्मले १ लाख नगद प्राप्त गरेको छ ।

दोस्रो हुने ‘कल्ली’ले  ६० हजार नगद प्राप्त ग¥यो । नेवारी समुदायको पृष्ठभूमिमा आधारित फिल्मले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई विषय बनाएको छ । फिल्मको निर्देशन राकेश महर्जनले गरेका हुन् ।

सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ सर्ट लिस्टेड १० फिल्ममध्येबाट उत्कृष्ट तीन भित्र पर्न सफल रह्यो । फिल्मले ४० हजार नगद प्राप्त गर्यो । नारी मनोविज्ञानलाई सशक्त ढंगमा प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो । फिल्मले ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त गर्यो । निरञ्जनराज भेटवाल निर्देशित फिल्मले आफ्नो श्रीमान्को प्रतिक्षामा रहेकी महिलाको मनोदशालाई काफल पाक्यो चरामार्फत् अभिव्यक्त गरेको छ ।

विजेता सबैलाई अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेल र हाइलाइट्सकी कार्यकारी अधिकृत शिवानी गुरुङले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नयाँ पुस्ताका फिल्मकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले लघु फिल्म प्रतियोगिता गरेको हाइलाइट्सकी कार्यकारी निर्देशक शिवानी गुरुङले बताइन् ।

‘ फरक कथा र नयाँ प्रतिभालाई ठाउँ दिने हिसाबले प्रतियोगिताको आयोजना गरेका हौं । पहिलो प्रयासमै उत्साहजनक सहभागिता पायौं । आगामी दिनमा यसलाई थप बृहत बनाउँदै लैजान्छौं,’ गुरुङले भनिन् ।

जुरीको तर्फबाट बोल्दै मनोजबाबु पन्तले सहभागिताका लागि ३६ फिल्मबाट उत्कृष्ट दस र दसबाट तीन फिल्मको नाम निकालेको जानकारी गराए । उनले भने, ‘ इमान्दारिताका साथ बनाइएको सिनेमा साँच्चैमा मूल्यांकनभन्दा माथि हुन्छन् । हामीले दसवटा फिल्म छान्नु वा त्यसबाट तीनवटा उत्कृष्ट देख्नु फगत प्रक्रिया मात्रै हो । सबै फिल्म इमान्दारिताका साथ बनाइएका छन् त्यसैले सबै विजेता हुन् । तर, शिल्प र सौन्दर्यको हिसाबले हामीले चारवटा फिल्म छानेका हौं ।’

नाद, म भोलि जन्मनेछु, रुवा,फुक्पा, खाना खाम्न, र मेमे उत्कृष्ट दसभित्र अटाएका फिल्म थिए ।

 

 

 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be