स्व. श्रीकृष्णलाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिने
- News Page
- Published On: December 31,1969
स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम बिदाइमा राज्यले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने र नेपाल प्रहरीबाट सलामी दिने निर्णय गरेको छ । यो निर्णय गृहमन्त्री वामदेव गौतमले लिएका हुन् । नेपाल सरकारको तर्फबाट सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले स्व. अभिनेता श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने छन् भने नेपाल प्रहरीले स्व.श्रीकृष्णको शवलाई पशुपती आर्यघाटमा सलामी दिनेछ ।
स्व. श्रीकृष्णलाई राष्ट्रिय सम्मान दिइनु पर्ने माग गर्दै निर्देशक आकाश अधिकारी, चलचित्र विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापा, अर्का निर्माता बाबुराम दाहाल, सञ्चारकर्मी प्रकाश सुवेदी लगायत अन्य सञ्चारकर्मीको टोली बिहान पुल्चोकस्थित सञ्चार मन्त्री रिजालको हेडक्वार्टर र गृहमन्त्री गौतमको कार्यालय सिंहदरबार पुगेको थियो ।
सञ्चारमन्त्री रिजालले प्रधानमन्त्री सुशिल कोइरालाको अवस्था अस्वस्थ रहेकाले स्व.श्रीकृष्णको अन्तिम संस्कारमा सहभागी हुन नपाउने जानकारी दिंदै राष्ट्रलाई योगदान दिने कलाकारलाई राज्यले सम्मान दिने बताए । त्यस्तै गृहमन्त्री गौतमले भने योगदानको मापन गरेर कलाकारलाई राज्यले सम्मान दिने बताए । गृहमन्त्रीले छोटकरीमा भने, 'जीवन नै कलाकारितामा दिएका कलाकारलाई राज्यले सम्मान दिन्छ तर सबैलाई होइन् ।' समय मिलेमा स्व.श्रीकृष्णको अन्तिम संस्कारमा सहभागी हुने गृहमन्त्री गौतमले बताए ।
एक सय बढी नेपाली फिल्ममा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको साउन २५ गते शनिबार राती भारतको दिल्लीस्थित उपचाररत मंगाराम अस्पतालमा बोन क्यान्सरका कारण दुःखद निधन भएको थियो । श्रीकृष्णको शवलाई आज (साउन २७ गते) दिउँसो २ बजे नेपाल ल्याइदैछ । त्रिभुवन विमानस्थलदेखि शोक धुन बजाउँदै श्रीकृष्णको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि कमलादीस्थित प्रज्ञा भवन प्रतिष्ठानमा केही समय राखिनेछ । त्यसपछि साँझ पाँच बजे पछाडी पशुपती आर्यघाटमा नेपाल प्रहरीको सलामीबाट श्रीकृष्णलाई अन्तिम बिदाई गरिनेछ ।
एक महिना अगाडी मात्रै अभिनेत्री श्वेता खड्कासँग बिहे गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको असमायिक निधनले सारा मुलुक शोकमा डुबेको छ । नेपाली फिल्म क्षेत्रमा झन्डै दुई दशक बिताएका श्रीकृष्णले कहाँ भेटिएला पछि निर्माण गरेको फिल्म कोहिनूर हाल प्रदर्शनरत छ । जहाँ पत्नी श्वेतासँग श्रीकृष्णको मुख्य भूमिका छ । स्व. श्रीकृष्णको आत्माले शान्ति पाओस् । शोक सन्तप्त परिवारप्रती धैर्य धारणको कामना ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved