उपचाररत श्रीकृष्ण श्रेष्ठको दिल्लीमा निधन
- News Page
- Published On: August 10,2014
दिल्लीमा उपचाररत निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठको गए शनिबार राती दिल्लीको अस्पतलामा निधन भएको खबर निर्देशक आकाश अधिरकारीले पुष्टि गरेका हुन् । असार २३ गते अभिनेत्री श्वेता खड्कासँग बिहे गरे लत्तगै श्रीकृष्ण हनिमुन यात्राको लागि भन्दै भारतर्फ निस्किएका थिए । एक्कासी सुख्ख खोकीले च्यापेको भन्दै श्रीकृष्णलाई दिल्ली अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । केही साता पछि श्रीकृष्णलाई ‘डिप निमोनिया’ देखिएको पारिवारीक श्रोतले जानकारी गराएको थियो । ‘डिप निमोनिया’ भएको बताएपनि पारिवारीक श्रोतले श्रीकृष्णको निधनको खास कारण भने बाहिर ल्याउन चाहेको छैन ।
श्रीकृष्णका दाजु केही दिन अगाडी मात्रै उनको स्वास्थ्य अवस्था थप बुझ्न दिल्ली पुगेका छन् । दर्शक तथा शुभ चिन्तकलाई सम्बोधन गरिएको अडियो रेकर्ड गरी फिल्म ‘कोहिनूर’ प्रदर्शनमा आउने साउन २३ गते नेपाल पठाएका थिए । निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले सिङ्गो चलचित्र क्षेत्र मर्माहत भएको छ । स्व. निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दैै शोकाकुल परिवारप्रती धैर्य धारणको कामना गर्दछौं । प्रदर्शनरत फिल्म ‘कोहिनूर’ प्रदर्शन अगाडी श्रीकृष्णले दिल्लीबाट रेकर्ड गराएर पठाएको अडियो अंशको शब्द शैलीमा तल प्रस्तुत गरेका छौं ।
"मेरो भगवान् रुपी दर्शक महानुभावहरु नमस्कार म श्रीकृष्ण श्रेष्ठ लगायत नेपा मुभिजको तर्फबाट । नेपा मुभिजले बनाएको पहिलो चलचित्र ‘कहाँ भेटिएला’ लाई माया र स्नहेले सफलताको शिखरसम्म पुर्याइदिनु भयो । त्यो सफलताको शिखरसम्म पुगेको चलचित्रको बोझलाई काँधमा राखेर म अगाडी बढेको छु । त्यही अनुरुप तपाइँहरुको मायाले मैंले ‘कोहिनूर’ चलचित्र बनाएको छु । चेलीहरुको विषयमा देशदेखि विदेशसम्म पुगेर सुटिङ गर्ने मेरो एउटा सपना थियो । मेरो कल्पना र सपनालाई निर्देशक आकाश अधिकारीले साकार पारिदिनु भएको छ । उहाँले असाध्ये मिहेनत गरेर सिनेमा बनाउनु भएको छ । यसको रिलिज पनि तपाईहरुसँग बसेर एकदमै जोडका साथ गर्रौ भन्ने सोच थियो । त्यो पूरा गर्न सकिनं । जसरी ‘कहाँ भेटिएला’ प्रदर्शन हुँदा मलाई मिडियाका साथीहरुले सहयोग गर्नु भएको थियो । यो चलचित्रमा पनि त्यति नै सहयोग गरिरहनु भएको छ । उहाँहरुलाई धेरै धेरै धन्यवाद । यो चलचित्र मेरो होइन, यो चलचित्र तपाइँहरुको हो । हाम्रो हो त्यसकारण तपाइँहरुले म र श्वेता जी नभएतापनि, यो चलचित्रलाई आफ्नो सम्झेर माया गरिदिनुस् । बच्चा सम्झेर काखमा राखिदिनुस् । त्यो नै मेरो लागि तपाइहरुले दिएको औषधी हुनेछ, माया हुनेछ । मेरो परिवार सबैजना नेपालमा बसेर तपाईहरुको लागि ‘कोहिनूर’ उपहार दिन लागि पर्नु भएको छ । म लाग्नु र उहाँहरु लाग्नु एउटै हो । तपाईहरुले म नै सम्झेर उहाँहरुलाई सहयोग गरिदिनु होला भन्ने हल, वितरक, मिडियाकर्मी तथा दर्शकसँग अनुरोध गर्दछु । र, आकाश जीलाई धेरै धेरै धन्यवाद । उहाँले धेरै नै मिहेनत गरेर ‘कोहिनूर’ रिलिज गर्ने तर्फ लागि पर्नु भएको छ । म के मा ढुक्क छु भने त्यहाँ हामी भएपनि नभएपनि चलचित्र जुन तरिकाले रिलिज हुनु पर्ने हो, त्यही हिसाबले रिलिज हुन गइरहेको छ । मान्छेको जिवनमा तल र माथि अनि सुख र दुःख हुन्छ । सुख र दुःख जिवनको चौतारी हो भन्छन् त्यही चौतारीमा म बसिरहेको छु । तर, तपाईहरुबाट म धेरै टाढा छैन, नजिक छु । सायद फिल्म रिलिज भएको केही दिनमै तपाइहरुसँग बसेर फिल्म हेर्न सुख दुःखको साथमा म आउँछु धन्यवाद नमस्कार । "
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved