राष्ट्रपतिद्वारा ३६५ जना गायक गायिकाले गाएको गीत सार्वजनिक

  • News Page
  • Published On: September 03,2017

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडौँको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा ‘मिलनकोली’ शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् सङ्गीतकर्मी कलाकारहरुको स्वरमा रहेको रहेको छ । जसमा ५ वर्षीया गायकलगायतको स्वर समावेश गरिएको छ। वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ०६ गते विहिबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिनमा रेकडिङ्ग गरिएको थियो । वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा सङ्गीत निपेश ढाकाको रहेको छ।

एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतैपनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने सङ्गीतकार निपेश ढाका बताउँछन्।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वातवरण सम्बद्र्धन र संरक्षणका लागि सुरु गरिएको यो अभियान उत्कृष्ट भएको भन्दै सलफताको कामना गरेकी थिइन् ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be