सुनकोशी प्रभावितलाई करोडको खाँचो छ : कोमल ओली

  • News Page
  • Published On: December 31,1969

सिन्धुपाल्चोकको गएको भिषण पहिरोमा सरकारले वेवास्ता गरेको भन्दै तत्काल राहात दिन कलाकारहरुले दवाव दिएका छन् । साथै उनीहरुले सरकारको राहात कोषबाट रकम दुरुपयोग भएको भन्दै राहात दिने व्यक्ति तथा संघ संस्थालाई घटनास्थलमै गएर राहात वितरण गर्न आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले साउन २० गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘राजनीनि’ अभिनेत्री कोमल ओलीले तत्काल सरकारले उचित राहातको व्यबस्था गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘पिडितहरु राज्यतर्फ निकै आक्रोसित छन् । त्यो आक्रोसले कुनै पनि बेला ठुलो रुप लिन सक्छ ।’ पिडितहरुले अब दैविक प्रकोपको करोडौं रमक खोज्नु पर्ने बताउदै लाखौं रकम दैवि प्रकोप कोषमा थन्केर बस्दा समेत राज्यले ध्यान दिन नसकेकोमा कोमलले दुःख व्यक्त गरीन् । राहात कोषमा रकम जम्मा गर्नु भन्दा घटनास्थलमै गएर रकम हस्तान्तरण गर्नु पर्ने कोमलको अनुरोध थियो ।

बरिष्ठ नाटककार मदनदास श्रेष्ठले हरेक ठाँउको विपत्तिमा नेपाली कलाकारहरुले साथ सहयोग गर्दै आएको बताउँदै सुनकोशीमा आएको पहिरो पिडीतले राहात नपाएकोमा दुख व्यक्त गरे । उनले सरकारले यस्ता विपत्तिका घटनामा तिब्र तदारुकता देखाउन नसक्नु दुखद भएको बताए । कलाकारहरु  सहयोग जुटाउन लागिपर्ने समेत उनले बताए । उनले  राज्यका तर्फबाट तत्काल उद्धार र सहयोग गर्नुपर्ने भन्दै दवावका लागि सबै समक्ष आग्रह गरे ।   

त्यस्तै हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले पिडितहरुलाई सरकारले कुनै पनि वास्ता नगर्दा कलाकारहरु बाध्य भएर दबाब दिनु पर्ने अबस्था आएको बताए । सिन्धुपाल्चोकको मांखामा अहिलेसम्म राहात पुराउन नसक्नु दुखद कुरा रहेको उनले बताए । गीतकार चेतन सापकोटाले कलाकारहरुले सडकमा चन्दा उठाएर घटनाका पीडीतलाई राहात उपलव्ध गराउने बताए । उनले यसरी उठाइएको रकम घटनास्थालमै गएर पीडीतलाई सहायता गर्ने बताए । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be