रत्नशमशेरलाई दीर्घ साधना सम्मान भने शिशिर र सत्यकलालाई दशक स्रष्टा सम्मान
- News Page
- Published On: August 08,2017
राजधानीमा एक विशेष कार्यक्रमबीच छैठौं म्युजिक खबर म्यूजिक अवार्ड २०७४ सम्पन्न भएको छ । २२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित उक्त अवार्ड समारोहमा उत्कृष्टबाट सर्वोत्कृष्ट छनोटगरि अवार्ड वितरण गरिएको हो ।
समारोहमा गीतसङ्गीतका विभिन्न ३४ विधामा अवार्ड वितरण गरिएको छ । राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले उत्कृष्ट ३४ विधामा अवार्ड प्राप्त गरेका छन् ।
अवार्डमा म्युजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान, म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार, म्युजिक खबर दशकको स्रष्टा सम्मान, म्युजिक खबर डायस्पोरा सम्मान समेत प्रदान गरिएको थियो । साथै गीतसङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका एक पुराना हस्ती गीतकार रत्नशमशेर थापालाई दीर्घ सेवा सम्मान प्रदान गरिनुका साथै जुरी तथा पपुलर लगायतका अवार्ड पनि प्रदान गरिएको थियो । यस वर्ष म्युजिक खबर दीर्घ साधना सम्मानबाट बरिष्ठ गीतकार रत्नशमशेर थापालाई, म्युजिक खबर दशकको स्रष्टा सम्मान शिशिर योगी र सत्यकला राईलाई, म्यजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान बालगायक बेगेन्द्र बुढालाई, म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान गायक बुद्धिमान घिसिङलाई र म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिएको थियो ।
सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नेहरुमाः-
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा डा.नवि अधिकारी–बिरामी छ देश, सर्वोत्कृष्ट पप गायिकामा आकाक्षा बस्याल–म पग्लन्छु, सर्वोत्कृष्ट पप गायकमा अमिर देउला–मेरो भविष्य, सर्वोत्कृष्ट पप सङ्गीतकारमा राहुल प्रधान–कहाँ पुगें म, सर्वोत्कृष्ट नवप्रतिभा पुरुष लोकदोहोरीमा रबिन लामिछाने–गोरखातिर जानु, सर्वोत्कृष्ट नवप्रतिभा महिला लोकदोहोरीमा कल्पना सुनुवार–डाँडैमा बिजली आयो र सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरीमा गीता राई–निष्ठुरी मायालुबाट प्राप्त गरे ।
यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरीमा दुर्गेश थापा–तिमी फूल हौ काली, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीमा प्रकाश भट्ट –डाँडैमा बिजली आयो, सर्वोत्कृष्ट शब्द लोकदोहोरीमा कस्तुप पन्त–आँसु झारिरहेँ, सर्वोत्कृष्ट भाका लोकदोहोरीमा वसन्त थापा–उही खोलीमा पानी, सर्वोत्कृष्ट गायिका लोकदोहोरीमा पुर्णकला बिसी–तिमी फूल हौ काली, सर्वाेत्कृष्ट गायक लोकदोहोरीमा कृष्ण रेउले–आज गाउँमा र सर्वाेत्कृष्ट लोकगीत विरही कार्की– आमाको तस्विर हातैमाबाट प्राप्त गरे ।
यसैगरि, सर्वोत्कृष्ट चलचित्र गीतकारमा लक्ष्मण सुवेदी–घिटिघिटि ‘चलचित्र लालजोडी ’, सर्वाेत्कृष्ट चलचित्र पाश्र्व गायिकामा दुर्गा परियार–मेरो जिन्दगीमा ‘चलचित्र ब्रासलेट’, सर्वाेत्कृष्ट चलचित्र पाश्र्व गायकमा कृष्ण काफ्ले–देखन चम्पा ‘चलचित्र छक्का पन्जा’, सर्वाेत्कृष्ट चलचित्र सङ्गीतकारमा दीपक शर्मा देखन चम्पा ‘चलचित्र छक्का पन्जा’बाट अवार्ड प्राप्त गरे ।
यस्तै सर्वोत्कृष्ट गजलमा रमेश विमान–अजम्वरी माया, सर्वाेत्कृष्ट नवप्रतिभा महिला सुगम सङ्गीतमा खुश्बु खड्का–तिमी बोल, सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम सङगीतमा कमल श्रेष्ठ–लजालु रुप, सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम सङगीतमा खुश्बु खड्का–तिमी बोल, सर्वाेत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष सुगम सङगीतमा, सनम कठायत–कर्मै खोटी, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार सुगम सङ्गीतमा उत्सव दाहाल–तिम्रै पिरले, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन सुगम सङ्गीतमा, टेकेन्द्र शाह–हजार चोट, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम सङ्गीतमा नारायण ढकाल–हजार चोटबाट अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved