आखिर किन मृत्युघाटमा-‘’एन्टीगोनी’’ (हेर्नैपर्ने नाटक)
- News Page
- Published On: July 30,2017
यतिखेर काठमाडौँको मण्डला थ्रियटरमा प्राचिन ग्रोसेली नाटककार सोफोक्लिजद्वारा लिखित नाटक ‘’एन्टीगोनी’’ मन्चन भैरहेको छ । इशापुर्व ४४१ मा लेखिएको यो नाटक संसार प्रसिध्द दुखान्त नाटकहरुको अग्रपंथीमा आउछ ।
राजन खतिवडाको निर्देशनमा तयार भैई मन्चन भैईरहेको यस नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन् । नागरिक अवज्ञा, मानवीय निष्ठा र विवेकको बारेमा बयान गर्ने यस नाटकले थेविजका राजा इडिपसको मृत्यु पश्चातको घट्नाक्रमलाई जोडेको छ ।
भविष्यवाणीका अनुसार नै इडिपसको मृत्यु हुन्छ । उनको मृत्युपछी उनका दुई छोराहरु एटियोक्लिज र पोलिनिसस एकआपसमा लडेर मर्छन । सत्ता प्राप्तिका लागि लडेर मरेका उनि दुईप्रति वर्तमान राजा(क्रियोन) उनीहरुका आफ्नै मामा क्रुर भैई दिन्छन् । राजा क्रियोनको महत्वाकांक्षी स्वभावले पोलिनिसस अन्तिम संस्कार गर्नमा रोक लगाइन्छ । त्यसपछि नाटक ‘’एन्टीगोनी’’को घटनाक्रम सुरु हुन्छ । एन्टीगोनी, एटियोक्लिज र पोलिनिससकि जेठी बहिनि हुन्छे जसले राजाको घोषणा अवज्ञा गर्दै दाजु पोलिनिससको अन्तिम संस्कार गर्ने निर्णय लिन्छ । यो निर्णयको पुरारुप नै नाटकको क्लाईमेक्स भैइदिन्छ ।
एन्टीगोनीले यो निणर्य लिएपछी नाटकले कुन मोड लिन्छ त्यो हेर्न भने दर्शक नाटकघरमा नै जान पर्ने हुन्छ । नाटक अवधिभर एन्टीगोनी पात्र अनि राजा क्रियोनको वरिपरी घट्ने घटनाले तपाईलाई बाँधी राख्नेछ । एक घटनापछि अर्को हुँदै दर्शकलाई इन्गेज गराउने यस नाटक बगेछ भन्दा फरक पर्दैन । नाटकका पात्रहरुले बेलाबखत दर्शकमा दया अनि अव के हुन्छ भन्ने डरका साथै भरपुर मनोरंजन दिनेछ ।
नाटकमा एन्टीगोनीको भूमिका सृजना सुब्बाले निभाएकी छिन् भने रन्जना रन्जना ओलीले बहिनिकि भूमिका निभाएकी छिन् । इडिपसका साला एवम् मामा यस नाटकका राजा क्रियोन, जसको भूमिका विजय बरालले गरेका छन् । उनले क्रियोन स्वभावलाई जीवन्त अभिनय सहित पस्केका छन् ।
राजाका छोरा हेमनको भूमिकामा बिकाश जोशी, दुवै आँखा नदेख्ने जसले अपोलो भगवानबाट अगमवाणीको शक्ति पाएका (टेरेसिया)को भूमिकामा सोमनाथ खनाल, पहरेदारको भूमिकामा प्रदिपकुमार चौधरी, दुतमा उमेश तामाङ, युरेड़ाईसको भूमिकामा अनुजा अधिकारी, कोरागस जसले कोरसलाई लिड गर्छन उनको भूमिकामा पशुपति राई प्रस्तुत भएका छन् । कथालाई कोरागसपछी न्यारेशन गर्ने कोरसहरुको भूमिकामा अनुप न्यौपाने, मिलन कार्की, पुष्कर कार्की, सुदिप खतिवडा र सागर दाहाल प्रस्तुत भएका छन् । मन्चन हुन सात दिनमात्र बाँकी रहेको यस नाटकलाई तपाई हामी सबैले एकचोटी हेर्नैपर्नेकिसिमको छ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved