‘गाँजाबाजा’ निर्देशक - ‘गाँजा लिगलाईज गर्नुपर्छ’, मन्दिरमा सेन्सरशिप...

  • News Page
  • Published On: February 27,2018

गणेशदेव पाण्डे निर्देशित  फिल्म  ‘गाँजाबाजा’ प्रदर्शनको संघारमा छ । शिर्षकका कारण लामो समय विवादित बनेको यस फिल्म आगामी फागुन २५  मा प्रदर्शन हुँदैछ । हालै निर्माण टिमले काठमाडौँमा पत्रकार भेटको आयोजना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । गाँजाबाजाका निर्देशक, मुख्य अभिनेता र निर्माताले संचारकर्मीसंग फिल्मबारे गरेका सम्पूर्ण कुराकानी निम्न छन् ।

गाँजा खाने दिन चाँडै आउदै छ होइन र ?

निर्देशक (गणेश देव पाण्डे)- होइन गाँजा खाने दिन होइन फिल्म ‘गाँजाबाजा’  हेर्ने दिन आउंदै छ ।

भनेसी गाँजा खानेलाई बाजा बजाउने दिन आउंदै छ ?

निर्देशक - होइन त्यस्तो पनि भन्न पाइंदैन, गाँजा खानेले खान पाउनु पर्छ   ।

त्यसो भए गाँजालाई लिगलाईज गर्नुपर्छ भनें  पक्षमा हुनुहुन्छ तपाई ?

निर्देशक - हो लिगलाईज गर्नुपर्छ, हो ।

फिल्म प्रदर्शनको संघारमा छ,कस्तो लागिराछ, फिल्मको नामले गर्दा पनि विवाद भैईरहेको छदर्शक माझ पुग्दाखेरि दर्शकमा नामले कत्तिको असर राख्छ ?  

निर्देशक - हामी कर्मको कुरा हो, राम राम हो भने रामको कर्मले गर्दा राम राम हो । नाम मै सबैकुरा त होइन, तर पनि त्यो नाम पहिचानको रुपमा आको छ  । त्यो सबैलाई थाह भएको नाम हो । हामीलाई राम्रो लागेको नाम हो । राख्न मन लागेको नाम हो । टिमको यस्त्रो दुख लगाएर बनायौं, एक्साईटमेन्ट छ ।

यहाँले बनाउनु भएको फिल्मलाई दर्शकले हेरिसकेपछी गाँजा खानुपर्छ, यसलाई लिगलाईज गर्नुपर्छ या गाँजा खानै हुन्न, के संदेश दिन्छ ?

निर्देशक - त्यस्तो केहि पनि संदेश छैन । हामी गाँजा प्रमोट गर्न आएकै होईन गाँजा खान हुँदैन पनि भन्न आएको होइन ।  यो खालि, गाँजा खानेको पात्रहरुको कथा भनिराको हो हामीले । र, अडियन्सले के लिन्छ भनें कुरा, रमनराघव हेरेर एउटा मर्डररको फिल्म हेरेरे सबैले मर्डर गर्दै हिंड्छन्  भन्ने त पक्कै छैन ।

ट्रेलरमा प्रयोग गरिएका संवादको चर्को आलोचना भयो, त्यो चाँही आम मानिसलाई भन्दा पनि युवा लक्षित फिल्म थियो ?

निर्देशक - मैले त्यस्तो लक्षित गरेर फिल्म बनाएकै होइन । मलाई एउटा कथा भन्न मन लाग्यो, सिम्पल जुन मेरो दिमागमा थियो ।

तर, युट्युबमा जुन संवाद थियो त्यो हेर्न पाईयो, तर हलमा पाएन नि ?

निर्देशक - हलमा पनि पाउनुपर्छ । म एरोटिक फिल्म बनाउछु बहने मैले त्यो दृश्यहरु राखेर फिल्म बनाउन पाउनुपर्छ । यो हिपोक्रेसी हो, यो गलत हो   । सेन्सरशिपको बिरुद्धमा छु म । सेन्सरशिप भनें हुनुनै हुँदैन । सेन्सरशिप भन्ने कुरा नै हट्नुपर्छ । आखिर रमनराघव र उड्ता पन्जाब पनि यहि थियटरमा सेन्सरशिपबिना नै रिलिज हुन्छ भनें व्ह्याई ‘गाँजाबाजा’ ।

भोली फिल्म सेन्सर भैईदिएन भने के हुन्छ ?

निर्देशक - फिल्म सेन्सर भैईदिएन के हुन्छ भन्ने कुरा त्यहि बेला थाह होला । म त सेन्सर हुन्छ भनेर गाछु । सेन्सर हुनहुँदैन खाली सर्टिफिकेसन हुनुपर्छ, कि यो वर्गको हेर्ने  । इन्टरनेटमा पोर्न छ्यापछ्याप्ती छ भन्दैमा जसले पायो त्यसले बाटोमा हेर्दै हुन्छ र भनें हो  । अडियन्सलाई नै थाह छ, कुन  सहि छ भनि ।

ट्रेलरमा तपाइले अरुलाई धेरै गाली गर्नु भएको छ, ट्रेलर हेरिसकेपछी तपाईलाई गाली गर्ने चाँही कत्तिको पाउनु भो ?

सुशील - मलाई त गाली भन्दा पनि, पहिलो कुरा त सबैले राम्रो गरेको छ भन्नु भो  ।

फिल्मको नामका कारण उठेको विवादले तपाईलाई कस्तो असर पर्यो ?

 सुशील - अब अडियन्सले सोधिराख्नु हुन्थ्यो गाँजाबाजा कहिले रिलिज हुन्छ भनेर, म भन्दै गर्थे यस्तो विवाद परेको छ  भनेर, अहिले चाँही कसैले सोध्नु भएको छैन । सोध्नुहुन्छ भने म सिधै भनिदिन्छु, गाँजाबाजा फाल्गुन २५ ।

जस्तो ट्रेलर हेर्यौं, गाँजासंग तपाई एकदम फ्यामिलिएर देखिनुहुन्छफिल्म गर्नुभन्दा अघि कत्तिको फ्यामिलिएर हुनुहुन्थ्यो कि फिल्म गरिसकेपछी अब चाँही धेरै फ्यामिलिएर हुनुभयो ?

सुशील - एज एन एक्टर होइन, मैले हरेक फिल्ममा केहि कुरा सिक्दै जाने  हो ।  मैले आफ्नो काममा शत-प्रतिशत दिने हो । गोरे क्यारेक्टरको लागि मैले खाए । त्यसको साइकोलजी बुझ्नलाई मैले ट्राई गरें, किन चाँही मान्छेले गाँजा खान्छन् र गाँजा खाने मान्छे नराम्रो हुँदैन, राम्रो काम गर्छ भन्ने मैले त्यसपछी थाह पाएँ ।

फिल्म सेन्सर होला कि नहोला भन्ने कुराहरु आईराछन, कस्तो फिल्मको निर्माणमा हात हालेसकेकी छु भन्ने भयो ?

 निर्माता – गाँजाबाजामा हामी त्यतिबेला आएका हौँ, जतिबेला गाँजाबाजाको विवाद  सर्वोच्चमा थियो ।  गाँजाबाजामा हामी सुरुदेखि आएका होइनौ ।  पछी आएका हौँ ।  गणेश देव पाण्डे माथि एउटा जुन सेन्सरशिप भयो बिकाश बोर्डबाट ।  त्यो गलत हो,त्यो कदम हुनुहुँदैन, त्यो लडाईमा साथ दिन हामी आएका हौँ ।

तपाईहरु मन्दिरका टोंडालहरुमा, योन क्रियाकलापमा मुर्तिहरु देख्न सक्नुहुन्छ । त्याँहा न प्लस इटटिन छ, न के छ । त्याँहा कुनै सेन्सरशिप छैन सेन्सर हुन्छ भने पहिला त्याँहा होस् । राज्यले पहिला त्यो मन्दिरमा सेन्सरशिप गरोस जहाँ १८ वर्षभन्दा मुनिका बालबालिका जान पाउंदैनन् ।

फिल्ममा सुशील सिटौलासंगै अभिनेत्री वर्षा सिवाकोटी , अनुपम शर्मा,  रविन थापा,  अम्बर सुवेदी, उद्दव भट्टराई, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर लगायतको मुख्य अभिनय छ ।
 
 दिपेन्द्र रेग्मी र गोमा थापा बिष्ट यस फिल्मका निर्माताहरु हुन् । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा बनेको यस फिल्ममा याकोपो रास्लिकको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, निख एण्ड जटाको संगीत छ ।

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be