निखिलको हात्ती फाइट, नीताको गम्भिर भूमिका

  • News Page
  • Published On: August 08,2016

चितवन सौराहास्थित बाघमारा सामुदायिक वनको चौर हात्ती सफारी स्थल हो । हरेक दिन पर्यटक यहीाबाट हात्तीको पिठ्यूँमा कसेको हौदामा बसेर रमाउादै जङ्गल घुम्छन् र जङ्गली जनावर हेरेर मनोरञ्जन लिन्छन् ।nikhil fight
 
पर्यटक रमाउँदै मनोरञ्जन लिने डुङ्गा घाटको यो चौरमा शुक्रबार न त कुनै पर्यटक हात्ती चढ्न आएका थिए, न त हात्ती गस्ती । भीड उस्तै थियो । तर सधैभन्दा दृश्य फरक थियो ।
 
एक्सन.... रगतले पोतिएको, मुखमा काटेको, सेतो गन्जी र लुङ्गी लगाएका एक पुरुष फुत्त उफ्रिए । एकैचोटि उडेर अप्पुकली र शान्तिकली हात्तीको पिठ्यूँमा पुगे । त्यसपछि फेरि उडेर उल्टी मारे । दुई हात्तीको पिठ्यूँमा एक-एक खुट्टा टेकेर सबैलाई चकित तुल्याए ।
 
यी सबै काम गरिरहेका थिए एक्सन स्टार भनेर चिनिएका नायक निखिल उप्रेती । प्रायः लाइभ स्टन्ट दिने साहसिक नायक निखिलले यो पटक चलचित्र 'निर्भय'मा उडेको दृश्य दिएका हुन् ।
 
"मेरो ८० प्रतिशत फिल्म एक्सन केन्दि्रत छ," निखिलले भने, "दर्शकले रुचाएको सिन, माग त पूरा गर्नै पर्यो ।" झन्डै १३० फिल्म खेलिसकेका एक्सन स्टार निखिल उप्रेती र दुई दर्जनभन्दा बढी चलचित्र खेलेकी चुलबुले नायिक नीता ढुङ्गानाको मुख्य अभिनय रहेको चलचित्र 'निर्भय' को अहिले चितवन निकुञ्ज आसपास क्षेत्रमा अन्तिम छायाङ्कन भइरहेको छ ।
 
"टाइटलबाटै खुलस्त छ, जो डराउँदैन, त्यही निडर देशभक्तको कथा", जिज्ञासा मेटाउँदैै निखिलले भने । नीतालाई बचाउन निखिल उड्नु परेको दृश्य यहाँ ल्याइएको हो । "अजङ्गको जनावर हात्तीसँग एक्सन-कट् गर्न कम्ता गाह्रो भएन, कुकुर, बाँदर, घोडासँग त काम गरेकै हो, हात्तीसँग भने पहिलो अनुभव", निखिलले भने, "साह्रै रमाइलो भो ।"
 
पाँच दिनदेखि यो सुटिङ युनिट चितवन आसपासका दृश्य कैद गर्दै छ । 'पिँजडा'मा सात तलाबाट हाम्फाले । त्योभन्दा जोसिमपूर्ण टयाक्सीमाथि हाम फालेको दृश्य थियो । 'सन्तान' फिल्ममा ज्यानकै बाजीमा मोटरसाइकल उडाएर १५ फिट हाइटको होर्डिङबोर्ड फुटाएर उनले उदाहरण दिइसकेका छन् ।
 
"मुग्लिनपारि'मा पुलको लठ्ठामा हिँड्नु मेरो पागलपन नै हो, निर्भयमा झन् नहुने कुरै भएन", निखिल भन्छन् । गत वर्ष भैरवबाट 'कमब्याक' गरेका निखिलसाग नीताले पहिलो स्त्रिmन सेयर गरेकी छिन् । त्यसो त निर्देशक मधुसूदन भट्टराईको निर्देशन पनि उनको पहिलो हो । देवीप्रसाद पाण्डे डेब्यु निर्माता हुन् भने प्रसिद्धि सिने आर्टसको पनि यो पहिलो प्रस्तुति हो । "पहिलोपटक निखिलसँग खेल्दा साह्रै रमाइलो भो, सुटिङका क्रममा सौराहामा भेटिएकी नीताले भनिन्, "मलाई चुलबुले भन्थे, अहिले गम्भीर रोलमा छु, निर्देशक पनि पहिलो हो, त्यसैले पनि मलाई यो फिल्म बिल्कुलै नयाा छ ।" दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी नीता निर्भयमा नयाँ र मीठो कथावस्तु तथा मर्म लुकेको बताउाछिन् ।
 
'निर्भय'मा सुनिरहेको, देखिरहेको र भोगिरहेको कथालाई समेटेको छु", निर्देशक मधुसूदन भट्टराईले भने - "अहिले यति मात्रै भनौा, अरू पछि ।" चलचित्रमा निखिल राष्ट्रप्रेमी युवकको भूमिकामा छन् । उनले प्रहरी अधिकृत भएर खेलेका छन् । प्रसिद्धि सिने आर्ट्सको पहिलो प्रस्तुति रहेको एक्सन केन्दि्रत निर्भयमा देवीप्रसाद पाण्डेको लगानी छ । चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायाङ्कन र रामजी लामिछानेको नृत्य निर्देशन छ ।
 
यसमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बूको सङ्गीत तथा हिमाल केसीको द्वन्द्व छ । अन्य कलाकारमा सुशील पोखरेल, विकास चापागाईं, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदीप ढकाल, प्रज्ज्वल गिरी, रश्मी भट्टलगायत छन् ।
 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be