जेठ १ मा ‘अमरपन्क्षी’ जहाँ हुनेछ नेपाली र बलिउड नायिकाको धमाकेदार प्रस्तुती

  • News Page
  • Published On: May 06,2016

भूकम्प प्रभावितको सहयोगार्थ आउँदो जेठ १ गते टुडिखेलमा ‘अमरपन्क्षी’ नामक कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल सैनिक श्रीमती संघले आयोजना गर्ने यो सहयोगार्थ कार्यक्रममा नेपाली र बलिउडका चर्चित नायिकाहरुले धमाकेदार प्रस्तुती दिनेछन् । 


नेपालबाट रेखा थापा, निशा अधिकारी, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, सुस्मा कार्की, ईन्दिरा जोशी, सहाना बज्रचार्यले आफ्नो प्रस्तुती दिंदा बलिउडबाट नायिका सोनाक्क्षी सिन्हा र आइटम डान्सर मलाईका अरोरा खानले धमाकेदार प्रस्तुती दिनेछन् । बिहिबार आयोजित प्रेसमिटमा कार्यक्रम व्यवस्थापक देशार लामाले ‘अमरपन्क्षी’ कार्यक्रम ऐतिहासिक हुने दाबी गरिन् । ६० हजार दर्शकको उपस्थितिमा तीन करोड रकम संकलनको अपेक्षा गरिएको खुलाउँदै उनले भनिन्, ‘कार्यक्रमबाट उठेको रकम भूकम्प प्रभावित विद्यार्थीका लागि विद्यालय निर्माण र धरहराको पुर्ननिर्माणमा लगाइनेछ ।’ 

यता पहिलो पटक स्टेजमा नृत्य प्रस्तुत गर्न लागेकी नायिका रेखा थापले ‘अमरपन्क्षी’ कार्यक्रमका लागि आफु निकै उत्साहित रहेको बताइन् । ‘भूकम्प प्रभावितको सहयोगार्थ भएका कारण प्रस्तुती दिन लागेकी हुँ’ उनले भनिन्, ‘मेरो प्रस्तुती महिला शशक्तिकरणसँगै जोडिएको हुनेछ ।’ यस्तै नायिकी निशा अधिकारीले बलिउड कलाकारलाई स्वागत गर्न आफ्नो टिम आतुर रहेको बताइन् । प्रियंका कार्कीले बलिउड कलाकारको दाँजोमा आफ्नो प्रस्तुती रहने बताइन् । साँझ ३ बजेदेखि सुरु हुने कार्यक्रमको टिकट दर पाँच सयदेखि ७ हजारसम्म रहनेछ । कोरियोग्राफर रेनशा वान्तवा राईले यतिबेला नेपाली नायिकाहरु सहित ६० बढी कोरस डान्सरलाई प्रस्तुतीको कक्षा दिइरहेकी छन् । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be