मिस्टर झोले-दया भन्छन् ‘’व्यवसायिक फिल्ममा एक्टर बिकाउ वस्तु’’
- News Page
- Published On: December 27,2017
आगामी पुष २८ मा प्रदर्शन हुने फिल्म हो ‘मिस्टर झोले’ । प्रदर्शन मिति नजिंकिन्दै जाँदा फिल्म निर्माण पक्षले फिल्मको प्रचार सुरु गरेको छ । झोलेको सिक्वेलका रुपमा तयार भएको यस फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् भने रौनकविक्रम कँडेल यस फिल्मका कार्यकारी निर्माता हुन् ।
बुद्दी तामाङ, वर्षा राउत, प्रविन खतिवडा , दीया पुन, दयाहाङ राई फिल्मका मुख्य कलाकारहरु हुन् । ‘मिस्टर झोले’सम्म आइपुग्दा दोहिरिएका लिड कलाकार भने दयाहाङ मात्रै हुन् ।
फिल्मबारे जानकारी दिन, फिल्मले हालै पत्रकार भेटघाट पनि आयोजना गर्यो । फिल्मको प्रचारमा अभिनेत्रीहरुको सुन्य उपस्थिति देखिएपछी संचारकर्मीले टिमतर्फ प्रश्न त्यर्साए अभिनेत्रीको सहभागिता किन छैन?
‘’वर्षा चाँही अहिले अष्ट्रेलिया गा छ, र दिया चाँही २९ डिसेम्बरमा आउदै छिन् यहाँ, ओन्ली मिस्टर झोलेको पब्लिसिटीको लागि” निर्माता खड्काको जवाफ । झोलेमा देखिएकी प्रियंका कार्की यस फिल्मसंग जोडिएकी छैनन् । फिल्ममा मंगोलियन अनुहार चाहिएकोले दयाको अपोजिटमा दिया पुनलाई लिएको निर्माताको भनाई छ ।
मिस्टर झोलेमा देखिएका दिया र दया पच्चिल्लो समय दर्शकले रुचाएको स्क्रीन जोडी हो । झोलेदेखी मिस्टर झोलेसम्म आइपुग्दा दयाको क्यारेक्टर कतिको फरक छ ? भनि संचारकर्मीले प्रश्न सोध्दा दयाले भने ‘’ क्यारेक्टर त फरक भैईहाल्छ नि, दुईवटा स्टोरी फरक हो । फरक क्यारेक्टरको कथा हुनेबितिकै फरक काम मैले गर्नु परि हाल्यो ।‘’
मिस्टर झोलेलाई कबड्डी ३ पनि भानिन्छ नि ? ‘’यो आरोप नआएको होइन आएकै हो, यसमा के हो भन्दा खेरि, मेकर टिम एउटै भैसक्यो जस्तो सिनिमेटोग्रफर, एडिटर, डिरेक्टर राइटर एक्टर एउटै टिम भैईसकेपछी त्यो कलर आउनु भनेको स्वाभाविक हो । तर, बाहिरी रुपमा देखिनु फरक हो । डिटेलमा गएर हेरियो भने फरक हो‘’ उनको जवाफ ।
पछिल्लो समय दयाको गाउँले परिवेशको, उस्तै किसिमको डाईलग डेलिभरी रहेको क्यारेक्टरमा बनेको फिल्म दर्शकले निकै हेरिसकेको छ? यसले मिस्टर झोलेलाई असर पर्छ कि पर्दै ?
‘मिस्टर झोलेलाई यसले असर पार्दैन’ दयाले भने । उस्तै किसिमको क्यारेक्टरमा फिल्म गर्नु आफ्नो पनि गल्ति रहेको बताउंदै उनले थपे ‘’व्यवसायिक फिल्म बनाउने निहुँमा, हामी कुनै एउटा बजारमा चलेको फिल्मको छाँयामा बसेर त्यस्तो किसिमको काम गर्दा उस्तै देखिन्छ । तर मैले काम गरेको फिल्महरु हेर्ने हो भने ह्वाईट सन, तान्द्रोसम्मको फिल्महरु गरेको छु । व्यवसायिक फिल्मको हिसाबमा त एक्टरको हातमा केहि पनि हुँदैन । सिधै कुरा गर्दा खेरि, एक्टर चाहिँ ने एउटा बिकाउ वस्तुको रुपमा प्रयोग भए जस्तो भैईरहेको छ । कि एकजना पपुलर क्यारेक्टर छ, एकजना स्क्रिप्ट राईटरले पनि त्यसरी नै लेख्नुहुन्छ कि त्यहि डिजाइन त्यही प्रभावमा ।‘’
यो फिल्म गरिरहँदा प्रियंका मात्र नभई अन्य कलाकारलाई पनि दयाले मिस् गरेको कुरा संचारकर्मीबीच दयाले बताए । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यस फिल्मले पछिल्लो समय सार्वजनिक गरेको गीत र ट्रेलरले दर्शकको माया बटुल्यो । पुस्कर गुरुङ, अरुणा कार्की, कमल मनी नेपाल, सरोज अर्याल, मनिराम पोखरेल फिल्मका अन्य कलाकार हुन् ।
टेकेन खड्काको निर्माणमा बनेको फिल्म आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित फिल्मलेकभर भिडियो कम्पिटिसन पनि आह्वान गरेको हो ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved