कन्टेन राम्रो हुनुपर्छ कास्टले त प्ले मात्र गर्ने हो- ‘सायद २’ निर्माता सुनिल
- News Page
- Published On: July 13,2017
भोलिदेखि देशभर प्रदर्शनमा आउने फिल्म 'सायद २'पछिल्लो समय ब्लकबस्टर हुन् सफल फिल्मको सिक्वेल फिल्म हो । सायदको सकारात्मक दर्शक प्रतिक्रियाल नै फिल्म युवा दर्शकमाझ प्रतिक्छित बन्न गएको हो ।
पुष्पराज न्यौपानेको निर्देशनमा बनेको यस फिल्मलाई सुनिल रावलले निर्माण गरेका हुन् । पछिल्लो समय निर्माता एवम् कलाकार सुनिलले फिल्म प्रचारका लागि निकै नयाँ नयाँ कदम चालेका थिए जसमा उनलाई दर्शक आफैले पनि साथ् दिएका थिए ।
यस फिल्ममा कलाकारहरु सुशील श्रेष्ठ , स्यारोंन श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , सुनिल रावल , सुशील सिटौला , निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगायतको मुख्य अभिनय छ ।फिल्ममा राजु बिक्रम थापाको सिनिमेटोग्राफी , दिर्घ खड्काको सम्पादन , गोबिन्द राई /बिक्रम स्वाँरको करियोग्राफी , अस्त महर्जनको द्वन्द समावेश छन् । फिल्मबारे न्युज पेज थ्रीले सोधेको प्रश्नमा सुनिल रावलको जवाफ;
‘सायद २’ पहिला भन्दा दोश्रो कुन अर्थमा भिन्न छ ?
बास्तवमा सायद वान र सायद टु लाई कम्पेर चाहि गर्न मिल्दैन, किनभने स्टोरी नै भिन्न छ । अर्को कुरा चाहि, के छ भने सधै एउटै किसिमको फिल्म पनि बनाईन्न । जस्तो ‘सायद’, होस्टेल होस्टेल रिटर्न्जसम्म पुग्दा खेरि फरकफरक बिषयमा हामीले फिल्म बनाईरहेका छौ । पहिलो कुरा भनेको चाहि फिल्म भनेको मनोरंजनको लागि बनाउने हो । दर्शक हलमा पुगिसकेपछी पूर्ण रुपमा इन्टरटेन हुनुपर्छ । र, यो ‘सायद २’ को कुरा गर्ने हो भने यसमा लव, एक्सन, फ्रेन्डसिप र दोखाको कुराहरु समावेश छन् । बीचको गुदी हामीले लुकाएर राखेका छौ जुन फिल्मको सुस्पेंस पार्ट हो त्यो हेर्न भने दर्शक हलसम्मै पुग्न पर्ने हुन्छ ।
तपाईले नेपाली फिल्म ईन्डस्ट्रीमा अनमोल केसी, सलोन बस्नेत, गौरभ पहारी, विल्सन विक्रम राईदेखि टप स्टारहरुलाई जन्म दिनुभयो, जसमध्य सुशील पनि हो । ‘सायद २’ मा पनि दुई नव कलाकारहरुलाई यहाँले कसरी बिस्वास गर्नु भयो ।
जस्तो म अलिकति बिगतबाट कुरा अगाडी बढाउछु, जस्तो हामीले सायदमा चाहि संयम पुरी जो कसैले चिन्थेनन्, विल्सन विक्रम राई, म स्वयम् भन्नाले पब्लिकलाई थाह नभएको नामहरु थियौ, हामीले कन्टेनलाई प्राथमिकता दियौ । कन्टेन बलियो भएपछी, कास्टले त जस्ट प्ले मात्र गरिदिने हो । हामीले पछिल्ला फिल्महरुमा पनि नयाँ कलाकारहरुलाई राख्यौ । जति नयाँमा रिस्क लिएर काम गर्नमा मज्जा आउँछ त्यो पुरानोमा हुँदैन कि जस्तो लाग्छ ।
तपाई आफैले पनि फिल्ममा अभिनय गर्नुभएको छ, तपाइको क्यारेक्टर के छ फिल्ममा ?
म टिचरको भूमिकामा छु,
पब्लिसिटीका लागि नयाँ नयाँ उपायहरु अपनाउनु भएको छ नि होइन?
दुर्गिस फिल्मस् भनेको मार्केटमा जमेको कम्पनी हो । र हामीले टिम बसेर सल्लाह गर्यो कि यस्तो क्याम्पेन जसले दर्शकलाई रमाईलो होस् । हामीले प्रोफाईल क्याम्पेन, ब्रसर बितरण लगायत अन्य तरिकाले पब्लिसिटी अगाडी बढायौ, हामी प्रोफाईल क्याम्पेन जित्ने दुईलाई उपहारको व्यवस्था पनि गरिको छ ।
अन्त्यमा, ‘सायद २’ किन दर्शकले हेर्नेपर्छ?
सर्वप्रथम त फिल्म मनोरंजनको लागि हेरिने गरिन्छ । र, जहिले पनि दुर्गिस फिल्मस्ले मनोरंजन सहितको संदेश दिने फिल्म बनाएको छ, बनाईराख्ने छ । यो फिल्ममा पनि संदेश समावेश छ । युवा अवस्थामा हामीले कस्तो कस्तो घटनाहरु गर्यो? हामीले साथिहरुलाई कस्तो कस्तो दोखाहरु दिन्छौ? माया के-के हुन्छ भन्ने कुरालाई हेर्नका लागि भए पनि दर्शकले फिल्म हेरिदिनुपर्छ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved