‘इगोले ‘क्लासिक’ बनाएको होइन’ : आर्यन सिग्देल (अन्तर्वार्ता)

  • News Page
  • Published On: January 22,2016

निर्माता सुवास गिरीसँगको सहकार्यमा नायक आर्यन सिग्देलले दोश्रो फिल्म ‘क्लासिक’ निर्माण गरेका छन् । जसलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने आर्यनको अपोजिटमा नायिका नम्रता श्रेष्ठ प्रस्तुत भएकी छन् । सुवास, आर्यन, दिनेश र नम्रताको टिमको पहिलो फिल्म ‘नोभेम्वर रेन’ ले व्यापारिक सफलता हात पारेको थियो । यसकै क्रेडिट लिएर यो टिम यतिबेला दोश्रो सफलता हात पार्ने दौडमा छ । प्रेम दिवस लक्षित गरी माघ २९ गतेदेखि दर्शकमाझ ल्याउन लागिएको फिल्म ‘क्लासिक’ दृष्टिविहिन युवा युवतीको प्रेम कथामा आधारित छ । फिल्म मुख्य दुई पात्रहरु आर्यन र नम्रता दृष्टिविहिन भूमिकामा प्रस्तुत भएका छन् । यस प्रकारको भूमिकामा यो जोडी पहिलो पटक पर्दामा निभाएका हुन् । यही सेरोफेरोमा रहेर न्युजपेजथ्री डटकमका उत्सव रसाईलीले नायक तथा निर्माता सिग्देलसँग संवाद गरेका छन् ।


१.बन्द आँखाले संसारलाई कस्तो महसुश गर्दो रहेछ ?

आँखा खोलेर भन्दा पनि आँखा बन्द गरेर हेर्दा संसार सुन्दर रैछ । आँखाले यो संसार जस्तो छ त्यस्तो नै देख्छ । तर, जब हामी आँखा बन्द गर्छौं, हामी आफ्नै तरिकाले संसारलाई कल्पना गर्छौं । कल्पनाको संसार कसलाई सुन्दर लाग्दैन र ? 

२.तपाईंले ‘क्लासिक’ को पर्दामा कल्पना गर्ने संसार चाहिं कस्तो हो ?

सुरुको जीवनबाट ठक्कर खाएर जुन एउटा नयाँ जीवन मैंले पाएको हुन्छु । नयाँ जीवन नितान्त नयाँ नै छ । नयाँ जीवनमा नयाँ मान्छे भेटिन्छ, जतिबेला मेरा आँखाहरु बन्द भैसकेका हुन्छन् । मैंले आफ्नो जीन्दगीलाई महसुश गरेरै बिताउने निर्णय लिएको हुन्छु । त्यो पल पनि साँच्चै नै मिठो हुन्छ । 

३.भनेपछि दृष्टिविहिनको जीन्दगी चम्किलो छ ?

जब हामीले दृष्टिविहिनहरुसँग भेट्यौं । त्यसपछि निष्कर्श निकाल्यौं कि उहाँहरुको जीन्दगी अन्धकार छैन । यसैगरी हामीले दृष्टिविहिनको जीन्दगीलाई उज्यालो रुपमा प्रस्तुत गरेका छौं । हामीले फिल्म एकदमै ‘कलरफुल’ बनाएका छौं ।

४.के ‘क्लासिक’ बाट आर्यन सिग्देलले आफ्नो ‘प्याट्रन’ परिवर्तन गरेको हो ?

मैंले उस्तै देखिने तर भिन्न भिन्न भूमिका निभाइरहेको छु । यस्तै भिन्न मध्येको ‘क्लासिक’ को अर्को भूमिका हो । मान्छेहरुलाई लाग्न सक्ला, म एउटै भूमिकामा अल्झिरहेको छु । तर, मेरो काम गर्ने तरिका नै यस्तै हो ।

५.उसो भए तपाई आफ्नो भूमिका मोडिरहनु भएको छ ?

मोड्न खोजेको भन्दा पनि ‘क्लासिक’ को समय क्यारेक्टरलाई न्याय गर्ने प्रयास मात्रै गरेको हुँ । म एकै प्रकारको भूमिका गर्न रुचाउँछु भनेर मैंले कहिले पनि भनेको छैन । भोलिको दिनमा राम्रो सोच र राम्रो भूमिका भएको फिल्मको प्रस्ताव आउँछ भने जस्तो पनि बन्न तयार छु । 

६.दृष्टिविहिनको भूमिका के तपाईंको रोजाईको थियो ?

पक्कै पनि यो भूमिका मेरै रोजाइको थियो । म जहिल्यै पनि चुनौतीपूर्ण भूमिका गर्न रुचाउँछु । हामीले ‘वर्कसप’ मा दृष्टिविहिनहरुलाई पनि सहभागी गराएका थियौं ।

७.तपाईले निभाउनु भएको दृष्टिविहिन पात्रलाई दर्शकले कत्तिको पत्याउँलान् ? 

हामीले जुन मिहेनत गरेका छौं यसले गर्दा दर्शकले पक्कै पनि पत्याउनु हुन्छ जस्तो लाग्छ ।

८.प्रोमो सार्वजनिक भैसकेको छ । प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

प्रोमोको प्रतिक्रिया साह्रै नै राम्रो पाइरहेको छु । नढांटी भन्नु पर्दा ‘क्लासिक’ को प्रोमोको प्रतिक्रिया ‘नोभेम्वर रेन’ को भन्दा दोब्बर राम्रो पाइरहेको छु । 

९.फिल्मको व्यापरप्रति चाहिं कस्तो आशा राख्नु भएको छ ?

यो त फिल्म प्रदर्शनपछि थाहा हुने कुरा हो । तर, ‘क्लासिक’ चाहिं पहिलाका फिल्महरु भन्दा राम्रो चल्ने धेरै नै आशा र विश्वास छ । 

१०.‘क्लासिक’ लाई आफ्नो फिल्मी करिअरसँग कसरी हेर्नु भएको छ ?

करिअर भन्दा पनि धेरै कुरामा ‘क्लासिक’ मसँग जोडिएको छ । किनभने यो फिल्ममा म आर्थिक हिसाबमा पनि जोडिएको छु । नयाँ भूमिका निभाएको छु । नयाँ फिल्म प्रदर्शनमा आउँदैछ । यसले भोलि अर्को फिल्म निर्माणमा पनि असर पार्छ जस्तो मलाई लाग्छ ।

११.फिल्म चल्छ भन्नेमा चाहिं कत्तिको विश्वस्त हुनुहुन्छ ?

फिल्म चल्नेमा म यसकारण विश्वस्त छु कि, हाम्रो पहिलो फिल्म ‘नोभेम्वर रेन’ भन्दा ‘क्लासिक’ को रेस्पोन्स दोब्बर राम्रो छ । दर्शकको माया र साथले नै हामीले दोश्रो फिल्म बनाएका हौं । यसले पनि हामी फिल्म चल्नेमा ढुक्क छौं । 

१२.तर तपाईंलाई लाग्दैन्, यो फिल्को प्रदर्शन मिति आफ्नो लागि अलि चुनौतीपूर्ण छ भनेर ?

चुनौती त्यो बेला थियो जतिबेला हामीले स्क्रिप्ट चयन गरिरहेका थियौं । फिल्म छायाँकन गरिरहंदा स्क्रिप्ट अनुसारको भैरहेको छ कि छैन् भन्ने हामीलाई चुनौती थियो । हामीले कुनै पनि कुरामा सम्झौता नै गरेको छैनौं । त्यसैले हामी फिल्म चल्नेमा विश्वस्त छौं ।

१३.भनेपछि प्रतिस्पर्धीलाई लिएर तपाई त्यति धेरै चिन्तित हुनुहुन्छ ?

मैंले प्रतिस्पर्धी कोही पनि देखिरहेको छैन । किनभने हामीले बनाउने भनेको फिल्म बनाएका छौं र तोकेको मितिमा प्रदर्शन पनि गर्दैछौं । एक वर्ष अघि नै हामीले ‘क्लासिक’ को प्रदर्शन मिति तय गरेका थियौं । फिल्म राम्रो बनेको छ । हाम्रो प्रतिस्पर्धा भनेको हाम्रै फिल्म ‘नोभेम्वर रेन’ सँग हो । अरु फिल्महरु यसैपनि कोही न कोहीसँग त प्रतिस्पर्धा परि नै हाल्छ । यो पनि यस्तै भएको हो । 

१४.माघ २९ लाई फिल्मी बजारमा ‘इगो’ को लडाईंको रुपमा पनि हेरिएको छ नि ?

मसँग कसैको पनि इगो छैन । मैंले इगाले ‘क्लासिक’ बनाएको होइन । फिल्म बुझेर हामीले दर्शकको लागि फिल्म बनाएका हौं । मैंले अघिपनि भनिसकें एक वर्ष अघि गरेको प्रतिवद्धतालाई मात्रै हामीले पुरा गरेको हौं । मैंले अरुको मितिमा आफ्नो फिल्म जुधाएको होइन । मैंले त आफैंले घोषणा गरेको मितिमा फिल्म चलाउन लागेको हुँ ।

१५.वर्षमा तीन वटा मात्रै फिल्म खेल्छु भनेर घोषणा गर्नु भएको छ । यो आवश्यकता अहिले नै किन महसुश गर्नु भयो ? 

वर्षमा यति उति भन्दा पनि म आफैं संलग्न भएर फिल्म खेलौं भन्ने मेरो सोच हो । यस्तो भएपछि वर्षमा तीन वटा भन्दा बढी फिल्म खेल्न सकिन्छ जस्तो पनि लाग्दैन । 

१६.भनेपछि बाहिरी ब्यानरका फिल्महरु अब खेल्नु हुन्न ? 

खेल्छु किन नखेल्नु ! तर त्यसमा मेरो पनि साझेदारी हुनु पर्यो । कुनै पनि फिल्मको सुरुवातदेखि अन्त्यसम्म मेरो संलग्नता होस् भन्ने मेरो चाहना हो । सुन्दा एउटा, खेल्दा एउटा र प्रदर्शन भएको पत्तै नहुने फिल्म चाहिं गर्दिनं भन्न मात्रै खोजेको हो ।

१७.रजतपटमा भित्रिएका नव नायकहरुको आगमनलाई लिएर तपाईं के भन्नुहुन्छ ?

म त भन्छु, मेरो समकक्षी नै कोही हुनुभएन । कोही बाहिर हुनुहुन्छ, कोही भएर पनि सक्रिय हुनुहुन्न । यसकारणले गर्दा दर्शकलाई ‘मनोटोनश’ हुन सक्छ । धेरै नयाँ कलाकार आउनु पर्यो । मेरो चाहना यो हो । तर आएपछि तयारीका साथ आउनुस् । यहाँ आएपछि फर्किनु नपरोस् । 

१८.नव नायकहरुको आगमनले आफुलाई असुरक्षित महसुश त गर्नु भएको छैन ?

छैन, छैन । म आफुलाई असुरक्षित महसुश गर्ने भए त किन यस्तो घोषणा गर्थें होला र ? सकेसम्म धेरै फिल्म खेलिहाल्थें नि ! 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be