दिपकराज लाई ९ कडा प्रश्न (अन्र्तवार्ता पढ्नुस्)
- News Page
- Published On: December 31,1969
उत्सव रसाईली, भदौ ३१ / दिपकरज गिरी, चर्चित हाँस्य व्याङ्ग्य कलाकार मध्येमा पर्न आउँछन् । टेलिभिजनका चर्चित हाँस्य व्याङ्ग्य टेलिश्रृङ्खलाका हिट कलाकारलाई लिएर उनले निर्माण गरेको दोश्रो फिल्म ‘वडानं ६’ असोज १ गते देखि काठमाण्डूका पर्दामा प्रदर्शन हुँदैछ । फिल्ममा उनी निर्माता, कथाकार र कलाकारको भूमिकामा देखिदैंछन् । दिपाश्री निरौलासँग लामो समय देखि हाँस्य व्याङ्ग्य क्षेत्रमा जोडी जमाउँदै आएका दिपकराज सँग उनको फिल्म प्रदर्शनको अवसर पारेर ९ प्रश्नको जवाफ मागिएको छ ।
१.एउटा मेकरको हिसाबले तपाई आफ्नो फिल्मको कुन कुरा देखि डर लागेको छ ?
यो समय भनेको चाहिं मैंले के राम्रो बनाएको छु के नराम्रो बनाएको छु भनेर ‘कन्फ्युज’ हुने समय हो । मण्डपमा बस्दा दुलाह लाई विवाह ठिक हो कि बेठिक हो कि भनेर ‘कन्फ्युज’ भएजस्तै अहिले मेरो पनि त्यस्तै अवस्था छ । यस्तो अवस्था ‘६ एकान ६’ मा पनि थियो । मलाई त के लाग्छ भने फिल्मको कथावस्तु सबै चिज राम्रो छ, अभिनय पनि राम्रो छ, मिहेनत पनि गरिएको छ, ब्लास्ट हुन्छ भनेर घमण्ड पनि गरेको छैन । तरपनि परिक्षा दिन जाँदा डर भएजस्तै एक किसिमको डर चाहि छ । हामीले रोजेको विषय दर्शकलाई मन पर्छ नै भन्ने पनि छैन । तरपनि दुई घण्टा दश मिनेट कस्तो ‘बकाउ’ फिल्म बनायो भन्ने चाहि छैन । मलाई चाहि राम्रो फिल्म बनेको जस्तो लाग्छ । म आफैले पचास पल्ट फिल्म हेरिसकें त्यसैले कस्तो फिल्म भन्ने चाहिं मैंले ‘पावर लस्ट’ गरिसकें । अब बाँकी चाहिं दर्शकलाई छाडिदिन्छु ।
२.अरु कथावस्तु बेच्छन्, तपाईहरुले लुकाइरहनु भएको छ । प्रोमो र प्रचार प्रसारमा कमेडी पाटोलाई मात्रै बेचिरहनु भएको छ, किन ?
लाग्छ मलाई लाग्छ, विषय वस्तु चाहि फिल्ममा हेर्ने चिज हो । प्रायः सुन्ने गरिन्छ नि ‘स्टोरी नभन है फिल्म हेर्न बाँकी छ’ । हो त्यो चिज चाहिन्छ । सरर कथा बग्दै जाँदा ‘हो यस्तो रैछ है’ भन्दै भन्दै जानु पर्छ । त्यो ‘गुप्त’ भन्ने फिल्म हेर्न जाँदा साथीलाई ‘कथा नभन् नभन्’ भनेको एउटै कुरा भन्छु, ‘त्यो काजोलले मारेको’ भन्या थियो मलाई । पुरै फिल्म भरी कसले मार्यो कसले मार्यो भनेर खोजेको ‘लास्टाँ’ काजोलले नै मारेको रैछ । त्यति भएपछि सकिएन् ! त्यसैले पनि फिल्मका कथावस्तु भन्ने चिज होइन जस्तो लाग्छ मलाई । हाम्रो फिल्म पुरै कमेडी फिल्म पनि होइन । यो फिल्म हो, यसमा हँसाउने रुवाउने कुराहरु छ । त्यसकारणले गर्दा विषयवस्तु नभनिएको हो ।
३.तपाईंको फिल्म के हो ? मूलधार, फरक धार कि मझधार ?
कमेडी भनेको एउटा यस्तो विषय हो, नयाँ धारलाई पनि मन पर्छ । पुरानो धारलाई पनि मन पर्छ । त्यो कुरा हामीले ‘छ एकान छ’ मा सिद्द गरिसकेका छौं । ‘छ एकान छ’ गुणमा पनि प्याक थियो, सिभिल मल र सिटी सेन्टरमा पनि प्याक थियो । मलाई लाग्छ यस्तो फिल्म कमै बन्छ । भर्खरको कुरा गरौं ‘होस्टेल रिटन्र्स’ मा पनि गोपिकृष्ण र अरु मल्टिप्लेक्समा पनि दर्शक थिए । हाम्रो फिल्म एकदमै पुरातनवादी पनि छैन, नयाँको नाममा असाध्यै कलात्मक र दिमाग पकाउवाला पनि छैन ।
४.तपाईले निर्माण गरेका दुवै फिल्मका निर्देशक सँग सम्बन्ध प्रगाढ छैन भन्ने सुनिन्छ । निर्देशकहरुसँग तपाईंको टकराव चाहिं कुन कुरामा हो ?
निर्देशकरुसँग प्रायः टकराव चाहिं बजेटको बारेमा अथवा उहाँहरुले माग्ने ‘लोकेशन’ को बारेमा हुने गर्दछ । निर्देशक र निर्माता भनेको विपक्षी दलको नेता र सरकार पक्षको नेता जस्तै हो । निर्देशक चाहान्छ राम्रो भन्दा राम्रो खिचौं, खर्च मतलब छैन । निर्माता भन्छ, राम्रो खिच्नुस् धेरै खर्च गर्न पाईंदैन् । एउटा परिधि छ । निर्माता परिधिमा काम गर्न चाहन्छ, निर्देशक परिधि नाघ्न चाहन्छ । यि नै निर्माता र निर्देशकबिच झगडा हुने कारणहरु हुन् । तर दुवै जनाले फिल्मको लागि नै कुरा झगडा गरिरहेका हुन्छन् । दिनेश दाई (छ एकान छ का निर्देशक दिनेश डिसी) सँग पनि त्यही कुरामा असमझदारी थियो, अहिलेपनि केही छ भने त्यही नै मात्र होला । नत्र भने अरु केही पनि छैन । त्यसमा पनि दिनेश दाई र मेरो आफ्नै सम्बन्ध छ, त्यसमा केही पनि हुँदैन ।
५.निर्देशक माथि तपाईं हावी हुनुभयो भन्ने पनि सुनियो, यो कत्तिको सत्य हो ?
हावीको मतलब, म स्क्रिप्टमा हावी हुन्छु । स्क्रिप्टमा सकेसम्म म डाइरेक्टरलाई चलाउन दिन्न । ‘६ एकान ६’ को स्क्रिप्ट पनि डाइरेक्टरले धेरै चलाउनु भएन । किनभने स्क्रिप्ट पचासौं दिन लगाएर लेखिएको हुन्छ । अर्को कुरा म पनि फिल्ममा भिजेको मान्छे । कहाँ बिग्रिन लाग्यो भन्ने मलाई पनि थाहा हुन्छ । म अरु जस्तो आँखा चिम्लेर सेटमै नजाने, डविङमै नजाने होइन । सबै चिजमा बस्छु । सबै चिज हेर्छु । जस्तो इन्डियामा आमिर खानले हेर्छन । हाम्रो फिल्ममा केही सिनहरु सुटिङ सकिएपछि पनि खिच्यौं । निर्देशकलाई थप्नु पर्छ भनें । सबै समझदारीमा मै भयो । त्यसलाई नराम्रो भन्न हुन्न ।
६.‘६ एकान ६’ का निर्देशक दिनेश डिसी ‘वडा नं ६’ को मोफसल प्रचारमा सहभागी भएपछि ‘वडा नं ६’ का निर्देशक उज्वल घिमिरे तपाईं सँग चिढिए भन्ने पनि सुनियो, यो पनि कत्तिको सत्य हो ?
त्यस्तो पनि होइन । उहाँ पनि (उज्वल घिमिरे) आउनु हुन्छ । अस्तिसम्म त एडिटिङमै काम गरिरहनु भएको थियो । उहाँ प्रायः पर्दामा आउन रुचाउनु हुन्न । दिनेश डिसी दाई ग्ल्याम्वर भएको र उहाँ आफै स्टार हो । उज्वल घिमिरे दाई उहाँको नाम स्टार हो तर पुरानो कलाकार भएपनि उहाँ व्यक्तिगत रुपमा स्टार होइन । अहिले पनि मेरो डाइरेक्टर सापसँग कुरा भएको थियो, राम्रै छ भन्दै हुनुहुन्थ्यो । उहाँलाई त्यति ‘माइनस’ पनि गरेको छैन । मैंले सबैतिर उज्वल घिमिरेको निर्देशनमा बनेको फिल्म भनेर भनिरहेको छु ।
७.प्रचार प्रसारमा तपाईं र दीपा जी (दीपाश्री निरौला, निर्मात्री) दौडिरहनु भएको छ । दर्शकले पनि उहाँलाई नै खोज्छन् । यसकारण तपाईंले किन दिपा जीको लागि स्क्रिप्ट लेख्नु भएन ?
हलिउड, बलिउड र कलिउडमा के छ भने नायक साठ्ठी वर्षसम्म पनि नायक नै हुन्छ । नायिका चाहिं पच्चीस वर्ष पछि ‘रिटायर्ड’ हुन्छन् । दीपाजी सानो पर्दाको त नायिका नै हुनुहुन्छ । सानो पर्दाको त उहाँलाई सम्राज्ञी नै भन्छन् । ठुलो पर्दामा चाहिं हामी सबै टेलिभिजनकर्मी, हिरोइन पनि छैन केही फरक भएन । यो पटक दयाहाङ राईलाई थपेको छु । सबैलाई मिक्स गरेको छु त्यसैले दिपाजीलाई हिरोइन नलिएको हो ।
८.ठुलो पर्दामा सफल हुँदै गएपछि सानो पर्दालाई वास्ता गर्न छाड्नु भएको हो ? ‘तीतो सत्य’ को पछिल्लो प्रतिक्रिया यस्तै प्रकारको आइरहेको छ नि ।
त्यो होला । सानो पर्दामा ध्यान कम भयो होला । समय दिन कम भयो होला । ‘तीतो सत्य’ लामो समय देखि आइरहेको छ त्यसैले त्यो प्रति ‘चार्म’ कम पनि भएको पनि हुन सक्छ । हामीले यो कुरालाई स्विकार्नु पर्छ । भगवानको कृपाले यो फिल्म पनि सुपरहिट भयो भने फेरी ‘लाहुरे बा’ फर्कियो भनेर सिरियलमा ‘सिरियस’ भएर लाग्छौं ।
९.यदि तपाईंकी श्रीमतीले स्विकृति दिएमा तपाईं दीपाश्री निरौला लाई दोश्रो श्रीमतीको रुपमा भित्र्याउन सक्नुहुन्छ ?
यो प्रश्न चाहिं ‘हाइपोथेटिकल’ भयो । मलाई मेरी श्रीमतीले अनुमती दिएमा म मात्रै होइन संसारका सबै विवाहित पुरुषहरुले आफुले रुचाएको केटी बिहे गर्थे होलान् । माग्ने बुढा (कलाकार केदार घिमिरेतिर देखाउँदै) ले पनि श्रीमीते अर्को ले भन्यो भने अर्को बिहे गर्थ्यो होला । श्रीमतीहरुले यस्तो अनुमती दिदैनन् पनि । दिपाजी र म यस्ता कुरामा सचेत पनि छौं । काम गर्दा गर्दै यस्तो खालको कहिलेकाही मनमा विचार आउला । हामी सामाजिक काममा काम गर्ने मान्छे हाम्रा हर कदमहरु सामाजिक हुन जरुरी छ भन्ने म ठान्छु ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved