‘मलाई हेरेर स्क्रिप्ट नलेखिदिनु होला’ : संयम पुरी
- News Page
- Published On: December 31,1969
निर्देशक नारायण पुरीका पुत्र संयम पुरीले बाल कलाकारको भूमिकामा थुप्रै फिल्महरुमा अभिनय गरेका छन् । तीन वर्ष पहिला प्रदर्शनमा आएको फिल्म ‘सायद’ ले भने संयमलाई युवा पुस्तामाझ चिनायो । संयम अभिनित पाँचौ फिल्म ‘लभ सब्’ भदौ २५ देखि प्रदर्शनमा आएको छ । न्युजपेजथ्री डटकमका लागि उत्सब रसाईलीले फिल्म ‘लभ सब्’ प्रदर्शनको अवसर पारेर संयम सँग कुराकानी गरेका छन् ।
‘लभ सब्’ मा आफ्नो भूमिका बारे केही खुलाइदिनुस् न ।
बोल्न र सुन्न नसक्ने भूमिका गर्न पाएँ, यो नै मेरो लागि ठुलो अवसर र चुनौती हो । यसमा बोल्न र सुन्न नसक्ने अनि गरिब अनाथ नपढेको केटाको भूमिका छ जसले साँकेतिक भाषाको पनि प्रयोग गर्न पाउँदैन । एक्सप्रेसन र चालढाललले सकेसम्म दर्शकलाई कन्भिन्स गर्ने प्रयास गरेको छु । यस हिसाबाले ‘लभ सब्’ चाहि मेरो लागि पुरै फरक खालको फिल्म हो । मैंले पहिल्यै देखि भन्दै पनि आइरहेको छु ‘म हिरो होइन कलाकार हुँ’ । यसमा मैंले आफ्नो कला देखाउन पाएको छु ।
यस प्रकारको भूमिका निभाउन कत्तिको गाह्रोे भयो ?
गाह्रो त भयो नै । सुटिङ सुरु हुनु भन्दा अगाडी ‘क्यामेस्ट्री’ कसरी ‘बिल्डअप’ गर्ने भनेर ‘ग्रुमिङ क्लासेस’ लिएका थियौं । त्यसमा हामी सबै कलाकार लाई (सुशिल पोखरेल, निर्माता तथा संवाद लेखक) ले ‘इनपुट्स’ दिनु हुन्थ्यो । यसरी हामीले आफ्नो पात्रलाई विकास गर्दै गयौं । टिमको सहयोगको कारणले गर्दा चाहिं सुटिङमा त्यति गाह्रो भएन ।
हरेक फिल्ममा तपाई किन भिन्न भिन्न भूमिकामा देखिनु हुन्छ ? यो तपाईंको चाहना हो कि संयोग मात्रै ?
मेरो चाहना भन्दा पनि संयोग हो । मेकरले स्क्रिप्ट लेख्दा यो क्यारेक्टरलाई चाहिं यो कलाकार फिट हुन्छ भन्ने सोच्नु हुन्छ । मैंले आजसम्म कुनै पनि फिल्म खेल्छु भनेर कसैलाई पनि आग्रह गरेको छैन । सबैले मेरो कामलाई विश्वास गरेरै लिनुभएको छ । कसैलाई हाँसेको सुहाउँछ, कसैलाई नाचेको सुहाउँछ, कसैलाई रोएको सुहाउँछ । सायद मलाई चाहि त्यस्तो बढी सुहाउने हो कि ? सायद त्यस्तै खालको रोल छ भने मेकरको दिमागमा पनि म नै आउँछु कि ?
फिल्म खेल्दा तपाई के मा बढी ध्यान दिनुहुन्छ ?
स्क्रिप्ट र क्यारेक्टरमा बढी ध्यान दिन्छु । क्यारेक्टरले के मागेको छ म त्यसमा अभ्यास गर्छु । क्यारेक्टर लाई आफुसँग राखेर हेर्छु । म त्यति साह्रो अध्ययन त गर्दिंन । तर, क्यारेक्टरको मनस्थिति बुझेर अभिनय गर्ने कोशिस चाहिं गर्छु ।
तपाई किन कम संख्यामा फिल्म खेल्नुहुन्छ ?
पहिला देखि नै दर्शकलाई मेरो ‘प्रमिस’ भनेकै राम्रो फिल्म खेल्छु भन्ने हो । र, त्यसैलाई पनि निरन्तरता दिन खोजे मैंले । बिचमा केही फिल्मको प्रस्ताव पनि आएको थियो तर मलाई नसुहाउने क्यारेक्टर थियो । म आफुलाई भाग्यमानी सम्झन्छु कि मलाई मेकर्सले सम्झनु भयो । बिचमा केही फिल्महरु गरे तर व्यवासायिक रुपमा सफल भएनन् । त्यसबाट के बुझें भने मलाई मन परेको स्क्रिप्ट अडियन्सलाई पनि मन पर्नु पर्छ भन्ने छैन मैंले खेलेको सबै भूमिका दर्शकले मन पराइदिनु पर्छ भन्ने छैन । म ‘क्लास’ को लागि भन्दा पनि ‘मास’ को लागि काम गर्छु ।
‘लब सभ्’ चाहिं कसका लागि ?
नेपाली फिल्मलाई माया गर्ने दर्शकको माया त छंदै नै छ । तर, त्यति नेपाली फिल्म नहेर्ने दर्शक माझ पनि ‘लब सभ्’ पुगिसकेको छ । त्यसैले यो फिल्म भनेको मल्टिप्लेक्स देखि सिङ्गल हलका दर्शकको लागि हो । यो सबै धारका दर्शकको फिल्म हो । मनोरञ्जन खोज्ने र आफ्नो पैसा असुल होस् भन्ने दर्शकका लागि ‘लब सभ्’ हो ।
फिल्मको असफलताले तपाईलाई कस्तो असर गर्छ ?
अलिकति मानसिक रुपमा प्रभाव पर्दो रहेछ । किनभने राम्रो गर्न खोज्दा खोज्दै फिल्म चल्न सकेन । कलाकार देखि निर्माता निर्देशकको लगानी परेको फिल्म नचल्दा नराम्रो फिल चाहिं हुँदो रहेछ ।
तपाईलाई निभाउन मन लागेको भूमिका ?
त्यस्तो मलाई कहिल्यै पनि लागेन । म आफुलाई स्क्रिप्ट अनुसार ढाल्ने प्रयास गर्छु । म अनुसार स्क्रिप्ट लेखिनु भएन, म चाहिं स्क्रिप्ट अनुसार ढल्न सक्नु पर्यो म त्यो सोच्छु । त्यसकारण चाहिं म यस्तो क्यारेक्टर गर्न पाए हुन्थ्यो भन्ने सोचाइ छैन । मलाई हेरेर कसैले पनि स्क्रिप्ट नलेखिदिनु होला । स्क्रिप्ट अनुसारको काम गर्न सक्नु नै मेरो लागि चुनौती हो ।
नेपाली युवा पुस्तालाई नेपाली फिल्म प्रति अझै आकषर्ण गर्न के गर्नु पर्ला ?
अहिले हात हातमै फिल्म हेर्न सक्ने जमाना आएको छ । त्यसकारण अब दर्शकलाई झुक्याउने दिन गए । पहिला हामीमा प्रविधिको सिमितता थियो । अहिले त्यस्तो छैन । फिल्ममा लगानी पनि बढाउन आवश्यक छ । अर्को कुरा फिल्मको धार छुट्याउनु भएन । प्रविधिको प्रयोग गरेर राम्रो फिल्म बनाउन सकियो भने चाहिं दर्शकलाई आकर्षण गर्न सकिन्छ ।
बुवाको बिंडो थाम्ने दबाब कत्तिको छ तपाईमा ?
मलाई बाबाले कहिल्यै पनि त्यस्तो ‘पुस’ गर्नु भएन । मलाई यो गर्नु पर्छ, त्यो गर्नु पर्छ, स्क्रिप्ट के हो तेरो ? कहिल्यै पनि भन्नु भएन । तँ आफैं बुझ्ने भैसकिस्, आफै गर् भन्नु हुन्छ । मलाई ‘कन्फ्युजन’ र गाह्रो भएको केसमा चाहिं बाबालाई सोध्छु । बाबाको जुन नाम छ त्यस अनुसार अरु मान्छेहरुको आशा चाहिं मैंले पूरा गर्न आवश्यक छ । बाबालाई म बाट त्यति साह्रो आशा नहोला तर बाबाको लेभलमा पुग्नु पर्छ भन्ने चाहिं फिल्म क्षेत्रको आशा छ । त्यो आशालाई पूरा गर्न मैंले अझै मिहेनत गर्न बाँकी छ । अझै बुझ्न बाँकी छ ।
फिल्म निर्देशनलाई लिएर तपाईको योजना के छ ?
मलाई फिल्म निर्देेशन गर्ने चाहना छ । अझै धेरै अध्ययन गर्न बाँकी छ । जुन दिन एउटा राम्रो स्टोरी आउँछ । त्यही दिन फिल्म निर्देशन गर्छु ।
तपाईं र आश्मा (आश्मा डिसी, भिजे तथा एक्ट्रेस) जीको प्रेमको गन्तव्य के हो ?
हाम्रो प्रेम एकदमै मिल्ने साथी बाट सुरु भयो । जीन्दगीमा एउटा बेला आउँदो रहेछ, यसमै ऊ (आश्मा) जीन्दगीको एउटा पार्ट बन्न पुग्यो । गन्तव्य नै चाहिं पछि आउने कुरा हो । अझै धेरै गर्न बाँकी छ । उसको परिवारमा गएर म जिम्मेवारी बोक्न सक्छु भनेर भन्न बाँकी छ । अहिले करिअर तिर 'फोकस' हुनुपर्छ भन्ने मैंले बुझेको छु ।
‘आभाष’ रिलिजको बेलामा तपाईं हरुबिच ब्रेकअपको हल्ला पनि आएको थियो नि ?
त्यो पनि मैंले सुनेको हो । ब्रेकअप मा ‘रे’ भन्ने ट्याग लागेर आएको थियो । खै कहाँ बाट कसरी आयो थाहा भएन ।
तपाईंलाई त्यो हल्ला फिल्म चलाउने फन्डा थियो जस्तो लाग्दैन ?
मलाई यस्तो एकदमै मन पर्दैन । आफ्नो ‘प्रोडक्ट’ राम्रो छ भने किन स्क्यान्डल ल्याउने ? अनावश्यक हल्ला मात्रै भयो ।
तपाईंहरुको सम्बन्धमा परिवारको समर्थन छ ?
पारिवारिक रुपमा कुनै पनि समस्या छैन । ऊ मेरो बैनीसँग एकदमै मिल्छ म उस्को दाईसँग एकदमै मिल्छु । परिवारको पनि राम्रो सम्बन्ध छ । कुनै प्रकारको अबरोध केही पनि छैन ।
लभ गर्ने युवा पुस्तालाई तपाईको सल्लाह के छ ?
त्यो केटीलाई पट्याउँ, घुमाउँ भनेर लभ सब् गरौं भन्ने एउटा जमात छ । अर्को जमात चाहिं लभ नै सबै कुरा हो भन्ने छ । यो लभ सब् भन्ने कुरा चाहिं उमेरको दोष हो । म पनि एउटा नराम्रो धोकामा परेंको थिएँ । एउटा समय हुँदो रहेछ । गाह्रो हुने, त्यो बिना बाँच्नै नसक्ने भन्ने । तर, जीन्दगी चलि नै रहन्छ । सही समयमा सही मान्छे आउँछ त्यसैले प्रेममा हताष र आत्महत्या नगरौं । प्रेम भनेको पाउनु मात्रै होइन त्याग्न सक्नु पनि प्रेम हो ।
आश्मी जी र तपाई बिच चाहिं के हो ?
लब सभ् होइन लभ नै सबै हो । हाँसो.....
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved