‘सोमबार राती फोन आयो मंगलबार अवार्ड जितें’ : ऋचा शर्मा

  • News Page
  • Published On: August 03,2015

फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बाट नायिका ऋचा शर्माले राष्ट्रिय पुरस्कार पाइन् । ऋचाले पाएको उक्त पुरस्कार लाई लिएर फिल्मी वृत्तमा विभिन्न खाले टिकाटिप्पणी भए । यही टिकाटिप्पणीको सेरोफेरोमा रहेर न्यूजपेजथ्री डटकमका लागि उत्सब रसाईलीले नायिका शर्मासँग कुराकानी गरेका छन् । 


तपाईंले पाएको राष्ट्रिय पुरस्कार लाई लिएर विभिन्न खाले टिकाटिप्पणी हुँदै छन् नि ?


मंगलबार अवार्ड हुँदै थियो । म विदेशमा थिएँ । आईतबार मात्रै म नेपाल आइपुगे । मलाई कुनै प्रकारको निमन्त्रणा पनि आएको थिएन । राष्ट्रिय अवार्डमा ‘टलकजंग भर्सेस टुल्के’ पनि दिएको छ भन्ने कुरा चाहिं थाहा थियो । सोमबार बेलुका मात्रै मलाई फोन आयो विकास वोर्डबाट ‘तपाई उत्कृष्ट दुई नोमिनेशनमा पर्नु भएको छ’ भनेर । यो चाहिं मेरो लागि एकदमै अप्रत्यासित नै थियो । गत वर्ष पनि म नोमिनेशनमा त परेका थिएँ । तर, दुई जना भएपछि चाहिं पचास पचास प्रतिशत जित्ने चान्स भयो । अर्को को ? नायिका बोलाएको थियो मलाई थाहा थिएन । पछि गएर थाहा पाँए, संगम र नम्रता हुनुहुन्थ्यो त्यहाँ । मैंले अवार्ड जितें त्यही बाटै यस्ता कुराहरु आउन थाले । मन्त्रीको 'सोर्स फोर्स' लाको भनेर । तपाई आफैं सोच्नुस् त, म नेफ्टा सँग आवद्ध छु, विशेष दाई र भरत दाई मेरो एकदमै नजिकको मान्छे हुनुहुन्छ । मैंले उहाँलाई आजसम्म पनि म नोमिनेशनमा छु कि छैन भनेर सोध्ने आँट पनि राख्दिन भने कसैलाई मेरो नाम ‘लभी’ गरिदेऊ भनेर म सपनामा पनि सोच्न सक्दिंन । मलाई लाग्दैन कि मैंले कसैलाई भनी रहनु पर्छ जस्तो । म हकदार नै छु जस्तो लाग्छ । मलाई त्यो अवार्ड पाएकोमा कुनै पनि पछुतो छैन, अवार्ड पार्एकोमा म गर्व गर्छु ।

सूचना तथा सञ्चार मन्त्री ज्यूले नै ऋचा शर्मालाई अवार्ड दिनुस् भन्नु भयो रे ? 

हो, कुरा आयो रे भन्ने मैंले पनि सुनें । उहाँसँग मेरो राम्रो सम्बन्ध नै छैन । जहिल्यै प्रोग्राममा आउँदा हलो हाउ आर् यु ? मात्रै हुन्छ । मेरो फोनबाट कहिले एक कल फोन पनि गएको छैन आजसम्म । यस्ता कुरा सुनें पछि चाहिं मलाई फोन गरौं कि जस्तो पनि लागेको थियो, उहाँले मेरो नामको लागि प्रेसर गर्नु भएको थियो या पुस गर्नु भएको थियो  ? किनभने जुरी मेम्वर बाटै यस्ता कुराहरु आयो भन्ने कुरा सुन्नामा आयो । जुरी मेम्वरले नै म विजेता थिइँन भन्ने कुराहरु ल्याउनु भयो । तर, मलाई कस्तो लाग्यो भने यदि मैंले त्यो गरें भने मैंले अवार्डको ‘इन्सल्ट’ गरेको हुन्छ । राष्ट्रपतीको ‘इन्सल्ट’ गरेको हुन्छ । यो प्रसिडेन्टल लेभलको अवार्ड हो । मलाई कुनै अवार्ड जित्ने प्रक्रिया नै थाहा छैन । मलाई यति थाहा छ कि मैंले जितें । 

भनेपछि किन बाहिरिए त यस्ता कुराहरु ? 

मलाई केही पनि थाहा छैन । केही लेभलमा केही कुराहरु भयो होला तर मलाई कुनै पनि हालतमा यस्ता कुरा थाहा छैन, म नोमिनेशनमा थिएँ कि थिइँन, मैले जितेको थिईं कि थिइँन ? मलाई यति कुरा थाहा छ, मलाई सोमबार राती फोन आयो मंगलबार अवार्ड जितें । त्यो बाहेक यदि कसैले मलाई प्रमाण ल्याइदिन सक्नु हुन्छ भने म फेस गर्न तयार छु । कसैलाई फोन गरेर ‘प्लिज मलाई विनर बनाइदिनु पर्यो’ भनेर मैंले भन्या छु  भन्ने कुरा ल्याउँछन् भने पनि म तयार छु फेस गर्न ।   

यस्तो खालको कुरा आउँदा पक्कै पनि खुसी हुनुहुन्न होला ? 

मलाई एकदमै दुःख लाग्छ । यो अवार्ड पाएर मलाई पश्चताप छैन भन्ने कुरा मैंले अघि पनि भनिसकें । किनभने म हकदार थिएँ जस्तो लाग्छ मलाई । मेरो कामको सही मूल्याकंन नै भयो जस्तो मलाई लाग्छ र म विकास वोर्ड र जुरी सदस्यहरुप्रति धेरै नै कृतज्ञ छु । 

तपाईंले नम्रता जी (नम्रता श्रेष्ठ) ले पाउने अवार्ड खोस्नु भयो रे ?

खोस्न त कसरी खोस्नु भन्या ? कसैलाई भनसुन गरेर अवार्ड पाउन सम्भव छ भने त भने म ओस्कर नै पाउँथें नि ? किन नेशनल ? (हाँसो...) । यदि त्यस्तै हो भने म नेफ्टासँग यति धेरै नजिक छु हरेक वर्ष नेफ्टाको अवार्ड जित्थें होला नि त ?

गएको वर्ष यही नेफ्टाको अवार्ड नपाउँदा तपाईं फेन्ट भएर लिफ्टमै ढल्नु भयो रे ?

मेरो प्रेसरको प्रोब्लम छ । म जहिल्यै पनि ढली ‘रा’ हुन्छु । त्यसमा अवार्डको कुनै पनि हात छैन । विशेष गरी मलाई लिफ्टमा गाह्रो हुन्छ । यो कुरा धेरैलाई थाहा छैन । परिवार र नजिकको साथी भाई लाई मात्रै थाहा छ । इयर प्लेनमा यात्रा गर्दा पनि मलाई यस्तो समस्या आउँछ । आज पुगेर भोली अवार्ड भयो । त्यस्तो खालको कार्यक्रम भएर एकदमै धेरै कमजोरी पनि भएको थिएँ । खानाको पनि राम्रो तालिका थिएन । फेरी यहाँ अभिव्यक्ति स्वतन्त्रताको पनि कुरा आउँछ । अभिव्यक्ति स्वतन्त्रता जतिसुकै घटिया भएपनि म सम्मान गर्छु । 

स्वतन्त्रतताको पनि दायरा हुन्छ होला नि ? 

अब खै त ! यहाँ त देखिदैन ? कस्तो सम्म आइरा हुन्छ भने कहीं बाट पनि ‘कनेक्ट’ नै गर्न नसक्ने कुराहरु पनि आइराहुन्छ । जस्तै नाम जोडिने कुराहरु । अनि जहिल्यै पनि नायिकाहरु नै पिडित ? जहिल्यै पनि ऋचा शर्माले या कसैले पनि अवार्ड पाउँदा लबी नै गरेर पायो भन्ने कुरा किन ? नायकले चाहिं के गरेर पायो त ? त्यो कुरा किन आउँदैन् ? किनभने हामी धेरै ‘सेलेबल’ छौं जस्तो लाग्छ मलाई । मलाई यस्ता कुराले कहीले काही दुःख पनि लाग्छ किनभने मेरो पनि परिवार छ । भविष्यमा अझै ठूलो परिवार हुन्छ होला । यो कुराहरुले कहीं न कही प्रभाव पार्छ । तर मिडिया लाइनमा आए पछि चाहिं ‘युज टु’ हुनु पर्दो रहेछ । तर यसको मतलब यो होइन कि जसले जे मन लाग्यो त्यही लेख्ने ? कति कुराहरुमा चाहिं म बोल्छु कति कुराहरु चाहिं यति बकवास हुन्छ कि त्यसमा बोल्नु भनेको आफ्नै इज्जतलाई घटाउनु हो ।

समस्या चाहिं कहाँ देख्नु हुन्छ यहाँ ?

कम्युनिकेशन ग्याप देख्छु म । धेरै मनलाग्दो लेखिरा हुन्छ । फेरी पढ्ने र लेख्नेले पनि न्यूज के हो ? गसिप के हो ? भन्ने फरक देख्नु हुन्न ।

अब के गर्नु पर्छ ?

कुनै पनि समुहमा सबै जना शिक्षित र बौद्धिक हुन्छन् भन्ने होइन । दुई चार जना त्यस्तै लेभलका पनि हुन्छन् । धेरै मिडिया राम्रो हुनुहुन्छ । जस्तै मेरै हकमा पनि एक दुई वटा मिडिया हुनुहुन्छ, उहाँहरुले कहिल्यै पनि मेरो बारेमा राम्रो लेख्नु हुन्नं । तर यदि मेरो बारेमा राम्रो लेख्दैन भने प्लिज मेरो बारेमा नराम्रो पनि नलेखिदिनुस् । तपाई लाई यसको कुनै अधिकारी नै छैन । तर, तपाईले मेरो नराम्रो लेख्नु हुन्छ भने प्लिज राम्रो पनि लेख्नुस् ।

राष्ट्रिय चलचित्र पुरस्कारमा जब तपाईंको नाम घोषणा गरियो, त्यो बेला कस्तो महसुश गर्नु भयो

सुरुमा मैंले मेरो बुवालाई सम्झें । उहाँ भएको भएको एकदमै धेरै गर्व गर्नुहुन्थ्यो होला । उहाँ बित्नु भएको ६ वर्ष भयो ।

सुरुमा संगम विष्टको नाम आयो, पुरस्कार पाउने आशा मरिसकेको थियो होला हैन ?

सुरुमा संगम विष्टको नाम सुन्ने वित्तिकै मेरो दिमागले पहिल्याउँनै सकेन कि को हो संगम विष्ट भनेर । एइइइइ...‘लभ यू बाबा’ को संगम विष्ट भन्ने सम्झदै गर्दा ऋचा शर्मा भनेर आयो, जुन चाहिं एकदमै अप्रत्यासित थियो । किनभने कमै मात्रामा संयुक्त रुपमा पुरस्कार दिइन्छ ।

भनेपछि तपाईंको अभिनयको मूल्याकंन राष्ट्रिय स्तरबाट भयो । 

मेरो अभिनयको मूल्याकंन त ‘टुल्के’ रिलिज हुने वित्तिकै नै भएको थियो । मिडिया, फिल्मकर्मी, साथीभाई र दर्शक सबैले मेरो अभिनयको मूल्याकंन गर्नु भएको थियो । जहिल्यै पनि मेरो फिल्म आउँदा ऋचा शर्माले केही नौलो गरेको होला भनेर दर्शकले ‘वेट’ गर्नुहुन्छ । त्यसमा मैंले उहाँहरु लाई निराश पारिन । टुल्केमा चाहिं ऋचा शर्मालाई होइन ‘फूली’ लाई नै देखियो भन्ने कुरा आएको थियो । एउटा नायिकाको लागि त्यो भन्दा ठूलो के नै हुन्छ र ?

अन्यले दिने पुरस्कार र राष्ट्रिय पुरस्कारमा फरक चाहिं के हुने रहेछ ?

यो राष्ट्रिय हो । अरु अवार्ड भन्दा धेरै नै मूल्य हुन्छ । पछि मेरो छोरा छोरीले पनि मलाई राष्ट्रिय पुरस्कार विजेता भनेर गर्वको साथ भन्न पाउँछन् ।

हरेक फिल्ममा तपाईको भूमिका फरक फरक हुन्छन् हैन् ।

सधैं एउटै घिसिपिटी गरेर त मान्छेलाई पनि ‘बोरिङ’ हुन्छन नि होइन । म आफैंले भोली मेरो फिल्मको फुटेज हेर्दा यो कुन फिल्मको भनेर थाहा भएन भने त के मज्जा भयो र होइन ? 

फिल्म निर्माण र निर्देशनमा के छ योजना ? 

एक दुई जना ‘एक्सक्लुसिभ’ स्क्रिप्ट लिएर आउनु भएको छ । धेरै जनाले मलाई स्क्रिप्ट पठाउनु भएको छ । राम्रो स्क्रिप्टमा अवश्य फिल्म बनाउँछु । तर म पुरै निर्माता होइन नायिका हुँ । निर्देशन भनेको सबै भन्दा गाह्रो काम हो । अहिलेसम्म निर्देशनमा कुनै ईच्छा छैन । बरु प्रोडक्सन डिजाइनमा ईच्छा छ किनभने म मार्केटिङको विद्यार्थी हुँ । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be