‘स्टारडम खस्केको छ’ : राजेश हमाल

  • News Page
  • Published On: July 28,2015

फिल्मी खबर साप्ताहिक पत्रिकाका लागि अभिनेता राजेश हमाल सँग उक्त पत्रिकाका सम्पादक शान्ति प्रियले गरेको कुराकानी लाई न्यूजपेजथ्री डटकमले साभार गरेको छ । 


हमाल जी, आराम हुनुहुन्छ ?

आराम छु । चलिरहेको छ ।

आजभोलि के गर्दै हुनुहुन्छ ?

विदेश भ्रमण सकाएर केहि अघि फर्के । त्यसपछि पनि काठमाण्डौं आउने वित्तिकै उपत्यका बाहिर तिर लागे । यस्तै छ भन्नुपर्छ ।

भूकम्पलाई कसरी महशुष गर्नुभयो ?

पहिलो भूकम्पमा म विदेश तिरै थिए । यस कारण त्यो अनुभुत हुन सकेन । तर दोश्रो भूकम्पमा भने राम्रै अनुभुति भयो । मान्छेले सबैभन्दा पहिला आफैंलाई माया गर्दो रहेछ । सम्पूर्ण विर्सेर मैले आफुलाई नै बचाउने प्रयास गरे । जसका कारण मधुको व्यङ्ग्य अझै सहनुपर्छ ।

भनेपछि खासमा तपाईले भूकम्प मिस गर्नुभयो ?

एक अर्थमा मिस गरे । तर केहि वर्ष अघि मैले जापानमा ९ रेक्टर सम्मको भूकम्प अनुभुत गरेको छु । बाढी, पहिरो वा अन्य प्राकृतिक प्रकोप भन्दा पनि सबैभन्दा शक्तिशालि त भूकम्प नै हो । जस्तै बलवानलाई पनि निरीह बनाइदीन्छ भूकम्पले ।

नेपालले अहिलेको भूकम्पबाट के शिक्षा लिनुपर्छ ?

नेपालमा पहिले देखी नै भूकम्पीय खतरा छ भनि आइएकै हो । भूकम्पविदहरुले अनुमान गरेजति मानविय वा भौतिक क्षतिको सामना अझै हामीले गर्नु परेन । तर भूकम्पीय जोखीममा नेपाल छ र तिमीहरु सचेत हुनुपर्छ भन्ने जनचेतना जगाएर यो भूकम्प गएको छ । यसकारण अब हामी सचेत हुन जरुरि छ ।

भूकम्पका कारण नेपाली चलचित्र उद्योग पनि नराम्ररी प्रभावित भएको छ । यसलाई तपाइले कसरी हेर्नु भएको छ ?

भूकम्पले नेपाली चलचित्र क्षेत्रलाई मात्रै होइन कि सबै क्षेत्रमा प्रभाव पारेको छ । जसका कारण नेपालको विकाशक्रम कोहि वर्ष पछि धकेलिएको आभाष हुन्छ । खासमा राज्य संचालक नेताहरुले, सरकारले यसपछिको अवस्थालाई सदुपयोग गर्ने हो भने विकाश गरेर झन् अघि पनि बढ्न सकिन्छ । हो चलचित्र प्रभावित भएको छ तर हिन्दि, अंग्रेजी चलचित्र चलेकै छन् । यसकारण नेपाली चलचित्रलाई सहिदीशाबाट चलाउने हो भने अब विस्तारै वातावरण बन्दै गएको छ ।

स्टारडम प्रति तपाइको के धारणा छ ?

हलिउड, वलिउड सबै स्टारडममा नै केन्द्रित छ । मैले सुनेको छु हाम्रो उद्योगमा पछिल्लो चरणमा केहि स्टारडम खस्केको छ । खासमा कमर्शियल सिनेमामा सधैं दर्शकले चिनीरहेकै अनुहार खोज्छ । यसैले स्टारडमको चर्चा हुने गरेको हो । स्टारडम जसरी विकाश हुदै जान्छ क्रमशः अर्को स्टार स्थापीत हुँदै जान्छ । स्टारको भ्याकुम हुनु हुँदैन कमसेकम कमर्शियल सिनेमाका लागी भने मात्र पनि ।

हाम्रो चलचित्र उद्योगको बारेमा के छ राय ?

विस्तारै विकसीत भइरहेको छ । हाम्रो उद्योग सँग तुलना गर्ने किसीमको होइन की हाम्रो आफ्नै किसीमको छ । चलचित्रका क्रियाशिल कलाकार–प्राविधीक सबैको मिलेमतोमा यो उद्योगलाई क्रियाशिल उद्योग बनाउन सकिन्छ । नराम्रा चलचित्रको संख्या कति भयो र के भयो भन्नुपर्दा पनि राम्रा चलचित्र बनाउ भन्ने धेयमा हामी हुनुपर्छ । केहि राम्रा चलचित्रले उद्योगलाई धानीरहेको हुन्छ । श्रृजनालाई स्वतन्त्र व्यवसाय बनाउन, निर्माण गरीएको चलचित्रलाई मूल्याङ्कन गरौं ।

विकास बोर्डले चलचित्र मापदण्ड ल्याइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

म यसको विपक्षमा छु । सिर्जनामा अंकुश लगाउनु हँुदैन । यदी डे वान वाट नै यो ल्याइएको भए के हामी यहा हुन्थ्यौं र न म हुन्थे, न तपाई हुनुहुन्थ्यो । न त अरु कोही नै हुन्थ्यो । सिर्जना गर्न सबै स्वतन्त्र हुनुपर्छ । डेमोव्रmेसीमा मिडिया स्वतन्त्र भएन भने त्यसको के अर्थ सिनेमा पनि त मिडिया हो । कसैलाई वन्देज लगाउनु भन्दा पनि क्रियशनलाई वर्गीकरणमा जानुपर्छ ।

अनियन्त्रित रुपमा निर्माण हुने गरेको चलचित्र नियन्त्रण गर्न यो ‘मापदण्ड’ भनिएको छ नि त ?

यसो गर्नु झन वचपना हो । सिर्जनामा अंकुश लगाएर उपलब्धी हुँदैन । यो सोच जसरी बनाइयो त्यो नै आपत्तिजनक छ । कुनै पनि वेला नयाँ मान्छे, नयाँ विचार र नयाँ सिर्जना नआएको भए के नेपाली चलचित्र यहाँ आइपुग्थ्यो र ?

एक पछि एक नराम्रा चलचित्रको, असफल चलचित्रको बाढीलाई कसरी लिनुहुन्छ त ?

हामी यहिनिरै गलत छौं । कहिलै पनि हाम्रो नराम्रा चलचित्र कति बने भन्ने तिर नलागौ न । वर्षमा ४÷५ वटा राम्रा चलचित्र आए भने पुग्छ । नराम्रा जतिसुकै आउन न तपाई हामी जस्तो चलचित्रकै मान्छेलाई धेरै भन्दा धेरै चलचित्र निर्माण हुने वलिउडमा गत वर्षका उत्कृष्ट १० चलचित्र थाहा छ त ? यसैले हामी नराम्रा चलचित्र कति बने भन्नेतिर लाग्नुभन्दा पनि राम्रा चलचित्र, सफल चलचित्र वर्षमा ४÷५ वटा पनि आएन भने मात्रै चिन्ता गर्न तिर लागौं ।

चलचित्रको वर्गीकरण नै समाधान हो त ?

आसमा भन्दा हाम्रो यहा वर्गीकरण गरीहाल्न पनि त्यति सजिलो भने छैन । हाम्रो चलचित्रहरुको लागत को अनुपात त्यति फरक छैन । यसैले वर्गीकरण गर्ने नै हो भने पनि अन्य देशमा जस्तो हैन की हाम्रो आफ्नै किसीमको मान्यता बनाएर मात्रै गर्न सकिन्छ । होइन भने वर्गीकरण गरीहाल्नु पनि त्यति राम्रो पक्कै होइन ।

नेपाली चलचित्रको मूख्य समस्या कहा देख्नुहुन्छ ? 

हाम्रो प्रदर्शन प्रणालीमै व्यवस्थापन ठीक छैन । सुधार गरीहाल्नु पर्ने वा व्यवस्थापन गरीहाल्नुपर्ने नै प्रदर्शनमा हो । एउटा मेकरले चलचित्र बनाइसकेपछी ढुक्कले विश्वासका साथ प्रदर्शनको जिम्मा लगाउन सक्यो भनेमात्रै चलचित्रमा गर्ने लगानी वृद्धि गर्न सकिन्छ ।

लगानी त भइरहेकै छ चलचित्रमा ?

मैले ०४६ सालमा युगदेखी युगसम्म खेल्दा चलचित्रमा करिव ५० लाख लगानी हुन्थ्यो । यतिखेर कतिपय चलचित्रलाई निर्माण गर्न यति पैसा पनि लाग्दैन । भनेको के हो भने समय सन्दर्भमा लगानी घटेको छ बढेको छैन ।

तपाई पनि मेकीङमा आउने कुरा थियो नि हरायो की के छ योजना ?

बनाउने त मन छ । आट पलाइरहेको छैन । म निर्माण भन्दा पनि प्रदर्शन को व्यवस्थापनबाट तर्सेको छु । चलचित्र भनेको निर्माण गर्नु मात्रै त पक्कै होइन । यसैले प्रदर्शन शैलीलाई सहजीकरण गरी चुस्त दुरुस्त गर्नु जरुरी छ ।

यसो भए चलचित्र निर्माण नगर्ने त ?

जिना यहाँ, मर्ना यहाँ, जाना कहाँ ?


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be