‘विगतको कालो दिनलाई सम्झिन्न’ : नम्रता श्रेष्ठ
- News Page
- Published On: August 22,2014
अभिनेत्री नम्रता श्रेष्ठ अभिनित फिल्म ‘ताण्डव’ भदौ ६ गतेदेखि देशभर प्रदर्शन भैरहेको छ । बेलायती निर्देशक मुर्रे केर निर्देशित यो फिल्ममा नम्रताले र्यापर आशिष राना ‘लाउरे’ सँग जोडी जमाएकी छिन् । मोहन डोटेल निर्मित फिल्म ‘ताण्डव’ ग्याङस्टारमा आधारित छ । फिल्म ‘सानो संसार’ बाट नेपाली फिल्मको अभिनय यात्रामा प्रवेश गरेकी नम्रतालाई फिल्म ‘मेरो एउटा साथी छ’ ले युवा दर्शकमाझ लोकप्रिय बनायो ।
नम्रता अभिनित ‘मिस यू’, ‘छड्के’, ‘मौन’, ‘मेघा’ र ‘नोभेम्वर रेन’ प्रदर्शनमा आइसकेका छन् । नम्रता अभिनित अर्को फिल्म ‘सम्बोधन’ को प्रदर्शन मिति भदौ ६ बाट पोस्टपोन्ड भएको छ । ‘ताण्डव’ रिलिजको अवसर पारेर अभिनेत्री नम्रतासँग न्यूजपेजथ्रीडटकमले लामो अन्र्तवार्ता लिएका छ ।
एउटा सच्चा कलाकार हुँ । फरक टिम र फरक विषय भएको फिल्ममा अभिनय गर्न रुचाउँछु । सँगै म समामाजिक र व्यावसायिक पक्षसँग घुलमिल हुन रुचाउँछु । एउटा केटी, जो हरेक दिन केही सिक्न खोजिरहेको छ । म रेष्टुरेन्ट व्यावसायी पनि हुँ । मैंले आफुलाई खुला राखेको छु । यही गर्छु भनेर बस्दिनं । म स्वतन्त्र छु । मेरो विचार पनि स्वतन्त्र नै छ ।
अहिले सम्मको जिवनले के पाठ सिकायो जस्तो लाग्छ ?
हरेक दिन केही न केही सिकीरहेको हुन्छ । हिजो भन्दा आज फरक हुन्छ । अस्ति भन्दा हिजो फरक हुन्छ । यदि बाँच्न जान्यो भने जिन्दगी साँच्चिकै सुन्दर छ । अर्को मैंले सिकेको कुरा के हो भने यदि भित्रि संसार ठिक हुन्छ भने बाहिरी संसार आफैं ठिक हुन्छ र अर्को महत्वपूर्ण कुरा भनेको जिन्दगी आफ्नो हातमा छ । आफुलाई कसरी बाँच्न मन छ, जिन्दगी आफुले जस्तो बनायो त्यस्तै हुन्छ । सबैसँग खुसी भएर सकारात्मक व्यावहार गरेर अगाडी बढ्यो भने जिन्दगी आफैं सुखी हुन्छ ।
तपाइको जिवनमा कसले सबैभन्दा बढी महत्व राख्छ ?
मेरो लागि सबैभन्दा बढी महत्व मेरो परिवारले राख्छ । तरपनि मेरो जिन्दगी मेरै लागि महत्वपूर्ण छ । सुरुमा म एफ.एम.मा काम गर्थें । त्यहाँ म तीन चोटी अडिसन दिएर सेलेक्ट भएर गएको थिएँ । फिल्म क्षेत्रमा आउँदा पनि म अडिसन दिएरै आएको हो । ‘सानो संसार’ मा तीन पटक अडिसन दिएको थिए । यसलाई राख्दिउँ न त भनेर म कुनै पनि क्षेत्रमा आएको छैन । त्यसैले मेरो लागि म नै महत्वपूर्ण छु ।
यो क्षमता कहाँबाट आयो ?
परिवारले मलाई जहिल्यै पनि सकारात्मक परिवेशमा हुर्कायो । मेरो मम्मी र बुवाले मलाई जहिल्यै साथ दिनु भयो । फिल्म क्षेत्रमा आउँदा म कतिपय ठाउँमा दोधारमा थिएँ । एच.आइ.भी एड्सको बारेमा मैंले एउटा सर्ट फिल्ममा अभिनय गर्नु पर्ने थियो । त्यस्तो फिल्मको अफर आउँदा सुरुमा म हिच्कीचाएको थिएँ । किनकी मैंले त्यो सर्ट फिल्ममा ‘सेक्स ओर्कर’ को भूमिका गर्नु पर्ने थियो । के गर्ने भनेर मैंले बुवालाई सोधें । उहाँले भन्नु भयो, ‘तिमीलाई के भनेर चिनिन मन छ नम्रता श्रेष्ठ कि फिल्मको पात्र ? तिमीले हरेक फिल्मको पात्रलाई जिवन्तता दिनु सक्नु पर्छ । यसलाई नै कलाकारिता भन्छन् ।’ बुवाले भनको यो सिद्धान्तलाई म जहिल्यै फलो गर्छु । यसपछि कुनै पनि पात्रको अभिनय गर्न म हिच्कीचाइन ।
अहिलेसम्म परिवारबाट भएको महत्वपूर्ण सहयोग कुन हो ?
हरेक क्षणमै सहयोग हुन्छ । फिल्मको पहिलो अडिसन, रेष्टुरेन्ट खोल्दा होस् यो अन्य कुनै काममा उहाँहरुको सहयोग छ । परिवार नै मेरो लागि ‘क्रिटिक्स’ हो ।
विगतको कुनै कालो दिनलाई सम्झनु हुन्छ ?
म कालो दिनलाई कहिल्यै सम्झन्नं । ममा सकारात्मक सोचको विकास भैसक्यो । म वर्तमानमा खुसी छु । मेरो जिन्दगीलाई लिएर म खुसी छु । दुःखी बनाउने कुरा म दिमागमा ल्याउँदिन । मेरो विगत के भयो ? सम्झन आवश्यक ठान्दिनं । आजको दिनलाई कसरी राम्रो बनाउने भन्ने कुरा सोच्दछु ।
सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ ?
सबैभन्दा धेरै माया मेरो परिवारको लाग्छ । मलाई बच्चाहरु एकदमै मन पर्छ । फुर्सदमा म उनीहरुसँग बिताउँछु । म सोच्छु मेरो मन जहिल्यै मायाले भरिएको होस् ।
व्यक्तिलाई कसरी विश्लेषण गुर्न हुन्छ ?
पहिला व्यक्तिको विश्लेषण गर्थें तर अहिले छोडिसकें । किनभने कसलाई के को आधारमा विश्लेषण गर्ने ? भन्ने कुरा मनन गरेपछि मैंले कुनै व्यक्तिलाई विश्लेषण गर्दिनं । म बाट पनि गल्ती हुन सक्छ । बिग्रेको घडिले पनि दिनको दुई घण्टा सही समय दिन्छ भने हामी मान्छे हौं गल्ती नहुने कुरै छैन । त्यसैले अरुको के राम्रो के नराम्रो भनेर विश्लेषण गर्नु ठिक हो जस्तो मलाई लाग्दैन । म आफैं पनि आफ्नो विश्लेषण गर्दिनं ।
वर्तमान अवस्थाबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
म एकदमै सन्तुष्टि छु । फिल्म राम्रो पाइरहेको छु । मिडियाको सपोर्ट छ । एउटा कलाकारले त्यो भन्दा बढी के खोज्ने ? परिवार मसँग छ । साथीभाई छ । सन्तुष्टिको लागि यो भन्दा अरु के नै चाहिन्छ र ?
फिल्मले गर्ने हिट र फ्लपको व्यापारले तपाइलाई कत्तिको असर गर्छ ?
म सधैं राम्रो गर्न खोज्छु । पुरै फिल्म नै राम्रो होस् भन्ने मेरो चाहना हुन्छ । तर समय, सन्दर्भ र राजनीतिले गर्दा राम्रो फिल्म पनि फ्लप भैदिन्छ । त्यसैले मलाई फिल्मको हिट र फ्लपको व्यापारले कुनै असर गर्दैन् ।
जिवनमा पाएको सबैभन्दा ठुलो खुसी ?
हरेक पल नै म खुसी हुन्छ । पहिलो फिल्मे ‘सानो संसार’ को प्रिमियरमा म धेरै खुसी भएको थिएँ ।
दुःखको पल ?
दुःखको पल धेरै छन तर म सम्झन चाहान्नं । दुःखलाई सम्झिएर किन समयलाई बर्बाद गर्ने ?
अफयेरको बारेमा बताइदिनुस् न ।
अहिले म सिङगल छु । कोहीसँग पनि डेट गरिहरहेको छैन । भविष्यमा हुन सक्ला त्यो आफ्नो ठाउँमा छ । आफुलाई सहज नलागेसम्म रिलेसनसिपमा बस्नु राम्रो हो जस्तो लाग्दैन । तर म रिलेसनसिपको विरुद्धमा गएको भने होइन ।
विगतको रिलेसनसिपालई कसरी लिनुहुन्छ ?
विगतको रिलेसनसिपबाट धेरै कुरा सिकेको छु । मेरो लाइफमा जति रिलेसनसिपमा रहे उहाँहरुप्रति आभारी छु । उहाँहरुले मलाई धेरै कुरा सिकाएर जानु भएको छ ।
प्रेमको सम्बन्ध किन दिगो हुन सकेन ?
सायद परिस्थितिसँग ट्याकल गर्न नजान्दा सम्बन्ध दिगो हुँदैन । हरेक कुराको निश्चित परीधि हुन्छ । त्यसमा हामीले ट्याकल गर्न सक्नु पर्छ । परिस्थितिलाई ‘ह्याण्डल’ गर्न नजान्दा हातबाट बाहिर जान्छ । हाँस्दै...मेरो हकमा अब भने राम्रो हुन्छ होला । लभ रिलेसनलाई हेर्ने मेरो दृष्टिकोणमा परिवर्तन आएको छ ।
अब तपाइको जिवनमा आउने व्यक्ति कस्तो हुनुपर्छ ?
मैंले भनिसकें कोहीको पनि म जज् गर्दिन । मलाई मनदेखि यो व्यक्ति मेरो लागि फिट हुन्छ जस्तो लाग्यो भने डेट हुन सक्छ । तर, हाइट यति र यस्तो कास्टको व्यक्ति होस् भन्ने मेरो चाहना छैन । मलाई लाग्थ्यो लभ रिलेसनमा माया, सर्पोट र विश्वसा होस् । तर अहिले चाहिं मनले हुन्छ भनेपछि हुन्छ ।
बिहे कहिले गर्ने ?
बिहेको सोच बनाएको छैन । अहिले म ‘करिअर फोकस’ हुन चाहान्छु । पहिला चाहिं म आफ्नो जिन्दगीप्रती ‘कम्प्लेन’ मात्रै गर्थे । तर अहिले जिन्दगी आफैले बनाउने हो जस्तो लाग्छ । जस्तै पहिला म फिल्म अवार्डमा जान्नथें अहिले जान्छु ।
‘ताण्डव’ मा तपाइको भूमिका बारे बताइदिनुस् न ?
नेपालको बोर्डरमा महिला वेश्यको भूमिका ‘ताण्डव’ मा निभाएको छु । बाँकी थाहा पाउन हलमै गएर फिल्म हेर्नु पर्ने हुन्छ । यो फिल्मलाई लिएर म एकदमै उत्साहित छु । ‘ताण्डव’ पूर्ण रुपमा मनोरञ्जनले भरिएको छ । हामी कलाकार र नेपाली फिल्मलाई माया गरिदिनूस् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved