श्रीकृष्ण भन्थें, ‘दर्शकले बनाएको मेरो र श्वेताको जोडी’
- News Page
- Published On: August 12,2014
अभिनेता श्रीकृष्ण श्रेष्ठले बोलेका संवाद अनि पर्दामा गरेको अभिनय अब इतिहास बनेका छ इमेज टेलिभिजनबाट प्रसारण हुने ‘ब्ल्याक एण्ड ह्वाइट’ कार्यक्रममा प्रस्तोताको रुपमा प्रस्तुत भएका कलाकार विजय लामासँग स्व.श्रीकृष्णले प्रेम, जिवन, प्रदर्शनरत फिल्म ‘कोहिनूर’को बारेमा बोलेका छन् । उक्त कार्यक्रममा विजय लामासँग श्वेता र स्व.श्रीकृष्णले गरेको कुराकानीलाई हामीले यहाँ शब्द शैलीमा प्रस्तुत गरेका छौं ।
विजय : तपाइहरु दुई जनाको भेट बारे बताउनुस् न ।
श्रीकृष्ण : हाम्रो भेटघाट भएको लगभग ६ वर्ष जति भयो । ‘कहाँ भेटिएला’ मा हाम्रो भेट भएको थियो । त्यसपछि हामी राम्रो साथी बन्यौं । ‘कोहिनूर’ मा हामी राम्रो कोहनिूर जोडी भएर जिवनसाथीमा परिवर्तन भएका छौं ।
विजय : पहिलो भेटमा श्रीजीले तपाइँलाई के भन्नु भएको थियो ?
श्वेता : विजय नकर्मी भन्ने सर हुनुहुन्छ । उहाँले मेरो साथी श्रीले फिल्म बनाउँदैछ तिमी जसरी पनि उसँग भेट भन्नुभयो । भेटमा मैंले भनें ‘फिल्म खेल्दिन, मलाई घरबाट फिल्म खेल्न स्विकृती छैन’ तरपनि उहाँले एकचोटी भेट भन्नु भयो । श्री भनेको कोही निर्माता होला भन्ने मैंले सोचेको थिएँ । उहाँलाई भेट्दा त म आश्चर्यमा परें । सरले श्री मात्रै भन्नु भएको थियो, कृष्ण भन्नु भएको थिएन । हिरो श्रीकृष्णसँग भेट्दा त म अचम्ममा परें । मैंले भने, ‘तपाइहरुको बिग बजेटको फिल्म होला । एउटा एक्टरले फिल्म बनाउँदै हुनुहुन्छ । म त केही पनि गर्न सक्तिनं । भोली मैंले काम गर्न सकिनं भने के गर्ने ? मलाई केही पनि आउँदैन ।’ पहिलो भेटमा मैंले यही कुरा गरेको थिएँ । मेरो कुराले उहाँहरु एकदमै ‘इम्पे्रस्ड’ हुनुभएछ । उहाँहरुले खोजेजस्तो ‘सिम्पल’ क्यारेक्टर ममा पाउनु भएछ ।
श्रीकृष्ण : ‘कहाँ भेटिएला’ को लागि हामीले खोजेको सिम्पल केटी, कथामा चाहिने एउटा मुना भन्ने पात्र हामीले पायौं । पछि थाहा पाएँ उहाँ विज्नेस चलाउनु हुँदो रहेछ । उहाँको त्यो प्रकारको क्षमता थाहा पाएपछि हामीलेसँगै मिलेर व्यापार गर्न थाल्यौं । भगवानको कृपा र तपाइँहरुको सहयोगले व्यापार राम्रो हुँदै गयो । साउनको २३ गते ‘कोहिनूर’ फिल्म प्रदर्शन हुँदैछ । यो अवधीमा घरबाट ‘कि त हामीले छानेको केटी बिहे गर् या त आफुले छानेको केटी बिहे गर्’ भनेर दबाब आउन थाल्यो । त्यसपछि अफिसमा हामीले सल्लाह गर्यौं, ‘तिमीले पनि एकदिन बिहे त गर्नैपर्छ, मैंले पनि बिहे गर्नैपर्छ । के छ त विचार ?’ भन्दा दुई जनाको सहमती भयो अनि बिहेलाई ‘ओके’ गर्यौं ।
विजय : त्यती सजिलो भयो ?
श्वेता : हो त, त्यति सजिलो भयो ।
श्रीकृष्ण : सजिलो कसरी भयो भने उहाँ मेरो पहिल्यैदेखि ‘बिग फ्यान’ हुनुहुँदो रहेछ ।
श्वेता : म त उहाँको एकदमै फ्यान हुँ । उहाँको फिल्म धेरै नै गर्ने गर्थें । सुरुमा शिव रेग्मी निर्देशक सापले अन्र्तवार्ता लिंदा पनि मैंले उहाँ र शिव सरको धेरै फिल्म हेरेको भनेको थिएँ । हेरेको फिल्मको सबै क्यारेक्टर थाहा छ ।
विजय : सुन्दरी श्वेतालाई चलचित्रमा अरु नायकसँग अभिनय गर्न दिने कि नदिने ?
श्रीकृष्ण : त्यो मेरो हातमा छैन । किन छैन भने, काम उहाँको हो । सिप उहाँको हो । यदि कुनै राम्रो चलचित्र खेल्न उहाँलाई ईच्छा लाग्छ भने उहाँलाई कुनै पनि बन्देज हुने छैन । अहिले पनि छैन र पछि पनि हुँदैन । जुन काम उहाँले गरिरहनु भएको छ त्यो काम निरन्तर हुन्छ चाहे चलचित्र होस् या व्यवासाय ।
विजय : तपाइँ के भन्नुहुन्छ ?
श्वेता : उहाँले त झन् मलाई फिल्म खेल्न उत्प्रेरित गरिरहनु भएको छ । राम्रो फिल्म खेल्न अफर पनि आएको थियो । म बढी व्यवसायमा आवद्ध छु । चलचित्र क्षेत्रबाट टाढा पनि जान सक्तिनं । किनभने मेरो वेस नै यही हो । तर पहिल्यैदेखि आफ्नो अनुभवको आधारमा विज्नेस गरिरहेको छु । विज्नेस अहिले एकदमै सफल भइरहेको छ । सबै जनाले विश्वास गरिरहनु भएको छ । मेरो इन्जिनियरीङ कम्पनी छ । यसले ठूलो ठूलो भवनको एक्सटेरियर कन्सट्रक्सन र फिनिसिङको काम गर्छ । यसमा हाम्रो संयुक्त लगानी छ । साथमा हामीले होटल ईन्द्रणी हिमालय पनि सञ्चालनमा ल्याएका छौं ।
विजय : दुई जना मिलेर कस्तो फिल्म दिने रहर छ ?
‘कहाँ भेटिएला’ बाट श्वेता जीले जुन प्रकारको सन्देश दिनु भयो । ‘कोहिनूर’ बाट पनि दर्शकलाई त्यस्तै सन्देश दिन खोजेको छौं । ‘कोहिनूर’ भित्र दर्शकले श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का पाउनु हुने छैन । सन्देश दिने पात्र मात्रै फिल्ममा पाउनु हुन्छ । म नारीलाई बहुत इज्जत गर्छु । हामीले नारी प्रधान फिल्म बनाएका छौं । श्वेताजीको क्यारेक्टरले नारीलाई समस्या पर्दा संघर्ष गर्ने सन्देश दिएको छ ।
विजय : बिहे चाँडै हुँदैछ के भन्नु हुन्छ ?
श्रीकृष्ण : म भगवान, मिडियाकर्मी र दशर्क सबैलाई धन्यवाद दिन्छु । ‘कहाँ भेटिएला’ रिलिजको ताको हामी प्रत्येक हल हलमा जान्थ्यौं । ‘कहाँ भेटिएला’ को अन्तिममा हाम्रो विवाहको दृश्य छ । हलमा गुञ्जिन्थ्यो, ‘साँच्चिकै यो जोडीको बिहे भैदिए हुन्थ्यो’ त्यतिबेला हामी एक अर्कालाई हेरेर हाँस्थ्यौं । मिडियाको साथीहरुले पनि हाम्रो बिहे हुन लागेको हो ? भनेर प्रश्न गर्नु हुन्थ्यो । मैंले ‘होइन’ नै भन्थें । हामीलाई बिहेको स्थानसम्म पुर्याउनुे लमी मिडियाकर्मी नै हुनुहुन्छ । जे छ भगवानको हातमा छ । आजको दिनसम्म जतिपनि मलाई आशिवार्द दिनु भएको छ । अबको दिनमा झन् बढी मात्रामा आर्शिवाद चाहिन्छ । हामी अहिलेसम्म पनि संयुक्त परिवारमा छौं । आश छ, श्वेता जी भित्रिएपछि मेरो परिवारको नेचरमा उहाँ पनि आउनु हुन्छ । म दर्शकलाई प्रश्न गर्छु के म तिम्रो होइन र ? मेरो लागि ‘कोहिनूर’ भनेको दर्शक नै हुन् । तपाइहरु हुनुहुन्छ हामी छौं । एउटा बच्चा आमाको न्यानो काखमा सुत्दा जति आनन्द आउँछ । त्यती नै आनन्द तपाइहरुको न्यानो काखमा सुत्दा आउँछ । तपाइँहरुको न्यानो काखमा सुत्न पाउँ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved