‘कोहिनूर’ पृथक फिल्म : आकाश अधिकारी

  • News Page
  • Published On: August 04,2014

साउन २३ गते फिल्म ‘कोहिनूर’ देशभरबाट प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनको संघारमा निर्माता तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि अभिनेत्री श्वेता खड्का समेत श्रीकृष्णको उपचारमा दिल्लीमा छिन् । ‘कोहिनूर’ को प्रचार प्रसार र प्रदर्शनको व्यवस्थापनमा धपेडी गरिरहेका लेखक तथा निर्देशक अकाश अधिकारीसँग न्यूजपेजथ्रीले कुराकानी गरेको छ । 

श्रीकृष्ण र श्वेताजी नेपाल बाहिर हुनुहुन्छ, एक्लैले कसरी प्रचार प्रसार र फिल्म प्रदर्शनको व्यवस्थापन मिलाउँदैहुनुहुन्छ ? 

श्रीकृष्ण र श्वेता जी नेपालमा भैदिएको भए पक्कै पनि मलाई यस प्रकारको धपेडी पर्ने थिएन होला । तर, निर्देशक भएपछि चुनौतीलाई आत्मसाथ गर्दै आफ्नो दायित्व निभाउन तयार हुनुपर्छ । फिल्म ‘काठमाण्डू’ को सबै पक्ष नै मैंले सम्हालेको थिएँ । निर्माण, निर्देशन, अभिनय देखि काठमाण्डौं प्रदर्शनको जिम्मा समेत म एक्लैले लिएको थिएँ । त्यसैले ‘कोहिनूर’ को यो जिम्मेवारी सहज रुपमा सम्हालि रहेको छु । श्री र श्वेता जीको आफन्तले पनि साथ दिइरहनु भएको छ । शुभचिन्तक र ‘कोहिनूर’ मा आवद्ध सम्पूर्ण कलाकार तथा प्राविधिकले मलाई साथ र सहयोग दिइरहनु भएको छ । यो साथले  गर्दा ‘कोहिनूर’ ले ‘काठमाण्डू’ र ‘कहाँ भेटिएला’ को सफलतालाई दोहोर्याउँछ भन्ने मलाई विश्वास छ ।

 

फिल्म रिलिजकै बेलामा श्रीकृष्ण जी कसरी बिरामी पर्नु भयो ?

सुटिङको धुलोले गर्दा होला श्रीजीको घाँटीमा ‘एलर्जी’ देखिएको थियो । नेपालमै पनि त्यसको उपचार भइरहेको थियो । श्रीजीको स्वास्थ्य त्यती ठिक नभएपछि ‘कोहिनूर’ को सबै पक्ष म हेर्छु भनेको थिएँ । मैंले त्यसअनुरुप नै काम गर्दै गएँ । जब हामी डविङको लागि बम्बई पुग्यौं, श्रीजीले त्यहाँ मलाई पहिलो पटक बिहे गर्ने कुरा गर्नु भयो । नेपाल आएपछि बिहेको मिति तय भएर बिहे पनि सम्पन्न भयो । बिहेपछि उहाँहरुले दश दिन घुम्न निस्कन्छु भन्नु भयो मैंले ‘हुन्छ रमाइलो गरेर फ्रेस भएर फिल्म प्रचारको लागि फर्कनुस्’ भनें । घुमघामसँगै ‘कोहिनूर’ प्रदर्शनको लागि इन्डिया हुँदै मलेसिया, थाइल्यान्ड जाने उहाँहरुको योजना थियो । दुःखको कुरो श्रीजीको घाँटीको ‘एलर्जी’ फेरी बल्झिएछ । एलर्जी बल्झिएपछि दिल्ली फर्केर श्रीजीको उपचार गरेको भन्ने खबर पाएँ । यो सुन्दा धेरै नै नरमाइलो लाग्यो । एलर्जी ठिक भएर फिल्म रिलिजको बेलामा नेपाल आउने योजना थियो । नेपाल फर्केपछि श्री र श्वेता जीलाई सँगै राखेर प्रेसमिट गर्ने योजना थियो । तर श्रीजीलाई निमोनिया भएपछि अहिले दिल्ली अस्पतालमै उपचार भइरहेको छ । फिल्म रिलिजको दिन आइसक्यो । हल हलमा पुगेर दर्शकसँग फिल्म हेर्ने श्री र श्वेता जीको चाहना थियो । अव स्वास्थ्य नै ठिक नभएपछि कसको के लाग्छ र ?

श्रीकृष्ण जी बिरामी भएको भन्ने खबर ‘कोहिनूर’ प्रचारको थप वाहाना वाजी हो भन्ने पनि यदाकता सुनिन्छ, खास कुरो के हो ?

कुनै पनि निर्माता, निर्देशक या कलाकारले आफु बिरामी भएको बाहाना बनाएर फिल्मको सस्तो लोकप्रियता खोज्छ जस्तो मलाई लाग्दैन । र, श्रीकृष्ण जीको हकमा त यो हुनै सक्तैन । उहाँ बाहिरी ब्यानरको फिल्मको प्रचार प्रसारमा पनि हिड्न चासो देखाउने व्यक्ति हो । ‘कोहिनूर’ त आफ्नै व्यानरको फिल्म हो । म उहाँलाई राम्रोसँग चिन्छु । श्रीकृष्ण श्रेष्ठ बिरामी भएर ‘कोहिनूर’ को थप प्रचार प्रसार खोज्यो भन्नु सरासर गलत हो ।

‘कोहिनूर’ कस्तो फिल्म हो ? 

यो विशुद्ध पारिवारीक फिल्म हो । यसलाई म साँगीतिक प्रेम कथाको फिल्म पनि भन्न रुचाउँछु । पछिल्लो समय परिवारसँग बसेर हेर्न मिल्ने थोरै मात्रै नेपाली फिल्म बनिरहेका छन् । ‘कोहिनूर’ पनि परिवारसँग बसेर हेर्न मिल्ने थोरै नेपाली फिल्म मध्येको एक हो । राज्यले रोजगारी दिन नसक्दा विदेश जान बाध्य भएका नेपाली र त्यहाँ पाउने दुःख कष्टलाई ‘कोहिनूर’ ले देखाएको छ । विशेषगरी छोरीलाई वैदेशिक रोजगारमा सहज छैन । वैदेशिक रोजगारमा जाँदा छोरीले आफ्नो चरित्रिक समस्यादेखि हरेक कुराको जोखिम उठाउनु पर्छ । विदेशमा यस्ता घटना कसरी घट्छन् ? राज्यले के गर्नुपर्छ ? भन्ने जस्ता कुरालाई ‘कोहिनूर’ मा महसुश गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा ‘कोहिनूर’ फिल्म नेपालदेखि बम्बई र बम्बईदेखि नेपालसम्मको यात्राको कथा हो । यो यात्रामा धेरै घटना घट्छन् । थ्रिल, सस्पेन्स, रोमान्स र शशक्त एक्सनको दृश्यलाई फिल्म ‘कोहिनूर’ मा देख्न सकिन्छ ।

‘कोहिनूर’ को लक्षित दर्शक को हुन् ? 

‘कोहिनूर’ सिमित दर्शकको लागि बनाइएको फिल्म होइन । हरेक वर्ग, क्षेत्र र उमेर समुहका दर्शकको लागि ‘कोहिनूर’ निर्माण भएको छ । यो धार या त्यो धार भनेर हामीले छुट्याएका छैनौं । हामै्र नेपाली समाजको कथालाई फिल्ममा मुख्य रुपमा उठाइएको छौं । नेपाली दर्शकको चाहना अनुरुप ‘कोहिनूर’ बनेको छ ।

श्रीकृष्ण र श्वेता जीको भूमिकाको बारेमा बताइदिनुस् न ।

‘कहाँ भेटिएला’ पछि श्री र श्वेता जी निर्माता भएको फिल्म ‘कोहिनूर’ प्रदर्शनमा आउँदै । फिल्म छायाँकनमा जानु पुर्व उहाँहरु निर्माताको रुपमा हुनुहुन्थ्यो । जब फिल्मको छायाँकन सुरु भयो त्यसपछि उहाँहरु दुवै कलाकारको रुपमा रहनु भयो । कथाको माग र निर्देशकको भावनालाई बुझेर उहाँहरुले आफ्नो भूमिकालाई निभाउनु भएको छ । श्रीकृष्ण श्रेष्ठ आफैंमा राम्रो कला भएको कलाकार हो । उहाँलाई डान्स र द्धन्द्धको राम्रो ज्ञान छ । श्वेताजी पनि आफ्नो क्यारेक्टरलाई न्याय गर्न सक्ने कलाकार हो । उहाँले आफ्नो भूमिकाई न्याय गर्नु भएको छ । फिल्ममा श्री र श्वेताजीको राम्रो जोडी जमेको छ । 

साउन २३ गते ‘कोहिनूर’ प्रदर्शन हँदैछ, दर्शकलाई के भन्नुहुन्छ ?

जसरी ‘काठमाण्डू’, आकाश अधिकारी, ‘कहाँ भेटिएला’, श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्कालाई माया गर्नु भयो त्यसरी नै फिल्म ‘कोहिनूर’ लाई पनि दर्शकले माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । कथा, प्रस्तुती र प्राविधिक रुपले ‘कोहिनूर’ पृथक र उच्च स्तरको बनेको छ । नेपाली दर्शक र बजार क्षमतालाई ‘कोहिनूर’ ले मध्यनजर गरेको छ । साउन २३ गतेदेखि हलमा गएर ‘कोहिनूर’ हेरी प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।

तपाइको आगामी योजना बारे छोटकरीमा बताइदिनुस् न ।

मैंले जे सिकें, अहिले जे गर्दैछु र भोली जे गर्नेछु फिल्म क्षेत्रकै लागि गर्छु । फिल्म बाहेक म अन्य केही पनि गर्न सक्तिनं । अरु पेशा अंगालेमा मैंले शून्यबाट सुरु गर्नु पर्ने हुन्छ । मलाई लाग्दैन कि अर्को पेशामा गएर म शून्यबाट सुरु गर्रौं । म जेमा सफल छु त्यो नै गर्छु । म हिजो, आज र भोली फिल्म क्षेत्रमा रहिरहनेछु । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be