पिएमको फिल्मसिटी परिकल्पनामा पर्यटनमन्त्री विपक्षमा
- News Page
- Published On: January 05,2016
गोरखाको पालुङटार आसपासमा फिल्म सिटी निर्माण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पना विरुद्ध पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेल उभिएका छन् । दोलखाली पत्रकार समाजले सोमबार राजधानीमा आयोजना गरेको प्रेसमिटमा बोल्दै पर्यटनमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीले कुन प्रसँगमा त्यसो भन्नुभयो मलाई थाहा भएन । तर, दोलखामा फिल्मसिटी बनाउने विषयमा म प्रतिबद्ध छु ।’
तस्बिर साभार : अनलाइनखबर डटकम
प्रधानमन्त्री ओलीले गएको साता बालुवाटार निवासमा आयोजित फिल्म ‘फूलै फूलेको मौसम तिमीलाई’ को पहिलो श्रव्य तथा दृश्य सामाग्री सार्वजनिक कार्यक्रममा दोलखामा फिल्म सिटी बन्न नसक्ने धारणा राख्दै पालुङटारमा फिल्म सिटीको सम्भावना रहेको कुरा सार्वजनिक गरेका थिए । प्रधानमन्त्रीको यस प्रकारको धारणलाई काट्दै पर्यटनमन्त्रीले फिल्म सिटी दोलखामा बन्ने समेत ठोकुवा गरे । फिल्मसिटीका लागि आवश्यक पर्ने सडक, बिजुली बत्ती र खानेपानीको लागि पनि काम सुरु भैसकेको भन्दै मन्त्री पोखरेलले दोलखामा फिल्मसिटी निर्माण भएपछि पर्यटन व्यवसायमा समेत बृद्धी हुने बताए । यस्तै प्रेसमिटमा फिल्मसिटीका अभियन्ता मदनदास श्रेष्ठले पछिल्लो समय केही कलाकारहरु नै फिल्मसिटी निर्माणका बिरुद्ध लागेको आरोप लगाए । ‘दोलखामा फिल्मसिटी बनेन भने अर्को २० वर्ष नेपालमा फिल्मसिटी बन्दैन । त्यसकारण जसरी पनि बनाउनै पर्छ । यस्तै अभिनेत्रीद्वा भुवन चन्द र लक्ष्मी गिरीले पनि दोलखामा फिल्म सिटी बन्नु पर्नेमा जोड दिए ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved