लय संग्रौलाको २२ बुँदे प्रतिवद्धता : कलाकारको कार्ड र बिमा देखि मुद्धासम्म

  • News Page
  • Published On: December 10,2015

नेपाल चलचित्र कलाकार संघको भावी अध्यक्ष पदमा उम्मेरद्वारी दिएका लय संग्रौलाले आफ्नो २२ बुँदे  प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बिहिबार प्रेस मिट गर्दै उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । यही मंसिर २६ गते हुने निर्वाचनमा अध्यक्ष पदमा संग्रौला सहित बाबु केशर बोगटी र विशाल विष्टले उम्मेरद्वारी दर्ता गराएका छन् । विगत ३५ वर्ष देखि नेपाली फिल्म क्षेत्रमा आवद्ध लय संग्रौलाले कलाकार संघको अध्यक्ष भएमा पुरा गर्ने प्रतिवद्धता यस प्रकार छन् । 

१)अभिनय पेसामा आबद्ध कलाकारहरुको लागि पेसागत हकहितको सुनिश्चित गर्न संगठनात्मक तबरबाट सामुहिक प्रयास गर्नेछौँ ।

२)सम्पूर्ण चलचित्र कलाकारहरुको जीवन विमाको वैधानिक व्यवस्था आगामी कार्यकालभित्रै सम्पन्न गर्ने कार्ययोजना नेपाल सरकारमा प्रस्तुत गर्नेछौँ ।

३)संघको विधिवत रुपमा जग्गा प्राप्तिपछि तीन महिनाभित्र संघको भवन निर्माण कार्य अगाडि बढाउनेछौँ । साथै चलचित्रसँग सम्बन्धित सबै संघ संस्था उक्त भवनमा रहने गरी चलचित्र–कला भवन बनाउने छौँँ ।

४)चलचित्रमा अभिनय गर्नका लागि अनिवार्य रुपमा संघको सदस्यता लिनै पर्ने बाध्यतात्मक व्यवस्था गर्नेछौ । साथै अभिनय पेसामा आबद्ध कलाकारहरुको परिचयपत्र नीतिसंगत एवं व्यवस्थित बनाई सदस्यता वितरण प्रक्रिया चुस्त–स्पूmर्त र नियमसम्मत बनाउनेछौँ ।

५)कलाकार र निजसँग सम्बन्धित पारिवारिक तथा सांगठनिक विवाद र कलाकारमाथि भएको अन्यायको विषयलाई मुख्य प्राथमिकता दिई संघमा छुट्टै न्यायिक समिति गठन गरी सोमार्फत अड्डा अदालतमा निःशुल्क मुद्दा लडिदिने समेतको व्यवस्था गर्नेछौँ । 

६)अग्रज कलाकारहरुको सम्मानका लागि सम्बन्धका आधारमा नभई योगदानका आधारमा सम्मानित एवं पुरस्कृत गर्ने व्यवस्था गर्नेछौँ ।

७)जुनियर कलाकारहरु प्रोत्साहनको लागि छुट्टै नवप्रतिभा पुरस्कारको व्यवस्था गरी प्रदान गर्नेछौँ र नव प्रतिभालाई पेसामा नियमितता दिनका लागि विशेष व्यवस्था गर्नेछौँ ।

८)संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पूर्ण क्रियाशील हुने गरी विभिन्न उपसमितिहरु गठन गरी आम कलाकारको हक–हितको संरक्षणका लागि नियमित रुपमा परिचालित गर्नेछौँ ।

९)कलाकार संघलाई विशुद्ध सेलिब्रेटीहरुको उच्चस्तरीय सम्मानित संस्था बनाउनेछौँ । वर्तमानमा कलाकार संघमा सदस्य रहेका सबै सदस्यहरुलाई राष्ट्रको तर्पmबाट सेलिब्रेटी कार्ड उपलब्ध गराउनेछौँ ।

१०)कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनका निम्ति कम्तिमा वर्षको दुईवटा तालिम तथा कार्यशाला गोष्ठी आदिको आयोजना गर्नेछौँ ।

११)सरकार तथा विभिन्न उद्योग व्यवसायीसँग समन्वय गरी एउटा छुट्टै कम्तिमा २० लाख सम्मको कलाकार कल्याण कोषको स्थापना गरी समस्यामा परेका सदस्य कलाकारलाई सहयोग पु¥याउने व्यवस्था गर्नेछौँ ।

१२)वर्तमान परिस्थिति अनुसार सबै व्यक्ति कुनै न कुनै राजनीतिक आस्थाको निकट रहने भए तापनि संघभित्र कुनै दल वा विचारको प्रभाव पर्न वा पार्न दिनेछैनौँ । 

१३)राजधानीभित्र मात्र नभएर सिंगो देशैभरि चलचित्र कलाकारहरु छरिएर बसेको अवस्थामा संघको पहुँच देशैभरि पु¥याएर संघले अभिभावकत्व प्रदान गरेको अनूभूति दिलाउनेछौँ ।

१४)नेपाली चलचित्रको संरक्षण सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै चलचित्र उद्योगलाई स्थापित गर्न आवश्यक भूमिका निर्वाह गर्नेछौँ ।

१५)राष्ट्रिय चलचित्र नीतिलाई पूर्ण कार्यान्वयन गर्न गराउन लागिपर्नेछौँ । 

१६)चलचित्र एककेडेमी गठन गर्न पहल गर्नेछौँ ।

१७)श्रमजीवी चलचित्रकर्मी ऐन निर्माणका लागि पहल गर्नेछौँ ।

१८)अभिनयकर्मीहरुको पेशाको सुरक्षा र प्रवद्र्धन गर्दै लामो समयसम्म कला–संस्कृति र चलचित्रसँग आवद्ध भई जीवनको उत्तरार्धमा कठिन जीवनयापन गर्न बाध्य कलाकारहरुका लागि मासिक भत्ताको व्यवस्था चलचित्र विकास बोर्ड मार्फत र संघ मार्फत गर्ने–गराउनेछौँ । 

१९)हामी हाम्रै कलाकारलाई परिचालित गरेर वृहत आर्थिक कोष निर्माण गरी सदस्यकै हितका  लागि प्रयोग गर्दै जानेछौँ ।

२०)फेडेरेसन अफ इन्टरनेसनल एक्टर्स (FIA) को अन्तर्राष्ट्रिय कन्भेन्सनमा बढीमा १० जनासम्म अभिनयकर्मी कलाकारहरुलाई भाग लिन जानसक्ने व्यवस्थाका लागि पहल गरी औपचारिकता दिलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नेछौँ ।

२१)विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग सहकार्य गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा तालिम कार्यक्रमहरुमा अभिनयकर्मी कलाकारहरुलाई प्राथमिकताका आधारमा सहभागी गराउनेछौँ ।

२२)सम्पूर्ण चलचित्र पेशाकर्मीहरुलाई एकै बस्तीभित्र राख्न सकिने गरी चलचित्र–ग्राम निर्माण गर्ने हाम्रो परिकल्पनालाई साकार पार्न विभिन्न उपायहरु अवलम्वन गर्नेछौँ ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be