दशैंलाई लक्षित गर्दै राजकुमार राईले भने ‘शुक्रबार मात्रै फिल्म लगाउ’
- News Page
- Published On: October 06,2015
नेपाल चलचित्र निर्माता संघले नेपालका हलहरुको छाता संगठन नेपाल चलचित्र संघ सँगको सहमति भन्दै उपत्यकामा शुक्रबार मात्र फिल्म रिलिज गर्न आव्हान गरेको छ । संघले दशैलाई ताक्दै उपत्यकामा शुक्रबार मात्र नयाँ नेपाली फिल्म रिलिज गर्ने नियमलाई नजर अन्दाज गर्दै केही फिल्महरुले कार्तिक तीन गते मंगलबार नै फिल्म रिलिज गर्ने तयारी गरेपछि उक्त फिल्म रिलिजको नियम सम्झाउँदै उपत्यकामा शुक्रबारमात्र फिल्म रिलिज गर्न आव्हान गरेको हो ।
निर्माता संघका नि.वर्तमान अध्यक्ष एवं चलचित्र विकास वोर्डका वर्तमान अध्यक्ष राजकुमार राई हस्ताक्षरित जारि प्रेस विज्ञप्तिमा संघले काठमाडौं उपत्यकामा विगतका वर्षहरुमा नेपाली फिल्मको प्रदर्शनमा समस्या देखिएको र सोलाई सम्बोधन गर्न हलहरुको छाता संगठन नेपाल चलचित्र संघसँग निर्माता संघले केहि सहमति गरेको उल्लेख गर्दै शुक्रबार मात्र फिल्म रिलिज गर्न भनेको छ । दुई संघबीच मिति २०६० र४ र २३ मा सम्पन्न १९ बुँदे सहमतिको बुँदा नम्बर ९ मा काठमाडौँ उपत्यकामा नयाँ स्वदेशी चलचित्रको प्रदर्शन गर्दा अनिवार्य रूपमा शुक्रवार मात्र गर्नुपर्ने बुँदा छ ।
संघले उक्त लिखित सम्झौताले विगत ११ बर्षदेखि काठमाडौँ उपत्यकामा स्वदेशी फिल्म साप्ताहिक होल्ड ओभर सहित शुक्रवार मात्र रिलिज हुँदा कम्तीमा एक साता सम्म स्वदेशी फिल्महरू फिल्म घरमा चल्ने वातावरण सृजना भई निर्माताहरू लाभान्वित हुँदै आइरहेको अवस्थामा बडा दशैंको फुलपाती (मंगलवार) बाट केही चलचित्रहरु काठमाडौँ उपत्यकामा प्रदर्शनमा आउने विभिन्न सञ्चार माध्यमबाट जानकारीमा आउको हुँदा यस सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यसैले दुई संस्थाबिच भएको सम्झौता बमोजिम काठमाडौँ उपत्यकाको हकमा शुक्रवारबाट मात्रै चलचित्र सार्वजनिक प्रदर्शन गर्न र दुबै संघ बिच भएको सहमति र्कायान्वयन गर्न अपिल गरेको हो । गत वर्ष सो सम्झौता विपरित ‘हिम्मतवाली’ रिलिज गरेको भन्दै अभिनेत्री, निर्देशक एवम् निर्माता रेखा थापालाई संघले आफ्नो सदस्य नरहने भन्दै निस्काशनको कारवाही गरेको थियो । उपत्यकामा शुक्रबार मात्र रिलिज गर्ने नियम भए पनि मोफसलमा सो नियम बाध्यकारी बनाइएको छैन् । कार्तिक तीनमा ‘अधकट्टी’, ‘परदेशी’, ‘ठमेल डटकम‘ तथा ‘सुश्री’ फिल्महरुले आफ्नो प्रदर्शन मिति तय गरेका छन् । के यी फिल्मका निर्माता तथा वितरकले निर्माता संघको नियम दशैंमा रिलिज हुने फिल्मका निर्माता तथा वितरकले मान्लान् ?
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved