यी हुन् असोज १ देखि आउने ‘वडा नं ६’ चल्न सक्ने ६ आधारहरु
- News Page
- Published On: September 15,2015
दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेको फिल्म ‘वडा नं ६’ असोज १ गते, शुक्रबार देखि देशभरका फिल्म हलहरुबाट प्रदर्शनमा आउँदैछ । उज्वल घिमिरे निर्देशित यो फिल्ममा टेलिभिजनका चर्चित हाँस्य व्याङ्ग्य कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेलको मुख्य अभिनय रहेको छ । टेलिभिजनका हाँस्य व्याङ्ग्य कलाकारहरु अभिनित पहिलो फिल्म ‘६ एकान ६’ लाई साथ दिइसकेका दर्शकले दोश्रो फिल्म ‘वडा नं ६’ लाई पनि साथ दिने फिल्म विश्लेषकको विश्वास छ । फिल्म ‘वडा नं ६’ व्यापारिक रुपमा चल्न सक्ने ६ आधारहरुलाई न्युजपेजथ्री डटकमले प्रस्तुत गरेको छ ।
१.प्रचार रणनीति : निर्माण पक्षले फिल्मको प्रचार प्रसार गर्न कुनै कसर बाँकी राखेको छैन । एकेडेमीमा सम्पन्न भएको गाईजात्रा महोत्सव देखि राजधानीका मुख्य चोक चोकमा कलाकारहरु पुगेर फिल्म ‘वडा नं ६’ को प्रचार प्रसार गरिरहेका छन् । कमेडी कलाकारको कार्यक्रम हेर्न शहरका चोकमा सर्वसाधरणको ठूलै भिड लागिरहेको छ । चोकमा देखिएको भिड हलको टिकट काउन्टरसम्म लाग्ने अपेक्षा गर्न सकिन्छ ।
२.आकर्षक प्रोमो तथा पोस्टर : ‘वडा नं ६’ को प्रोमो तथा पोस्टरले पनि यतिबेला दर्शकको ध्यान खिचिरहेको छ । फिल्मका मुख्य ६ जना पात्रहरुलाई पोस्टरमा विभिन्न तवरले प्रस्तुत गरिएको छ जुन निकै रमाइलो देखिन्छ । यस्तै सार्वजनिक प्रोमोले नै एक प्रकारको मनोरञ्जन दिन्छ । हालसम्म फिल्मको प्रोमोलाई २ लाख बढीले युट्युवमा भिजिट गरिसकेका छन् । प्रोमो हेर्नुस् :
३.दिपाको सुर्के थैली : प्रोमो तथा पोस्टरसँगै ‘वडा नं ६’ मा समावेश ‘सुर्के थैली खै’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । फिल्मको प्रचार प्रसारमा पनि निर्माण पक्षले यही गीतलाई प्राथमिकता दिएको छ । निर्मात्री दिपाश्री निरौला समेत फिचरिङ ‘सुर्के थैली’ लाई युट्युवमा झण्डै साढे तीन लाखले भिजिट गरिसकेका छन् । गीत हेर्नुस् :
४.व्यवस्थित वितरण अनि सोलो रिलिजः व्यापाक प्रचार प्रसार र आकर्षक प्रोमो तथा प्रोस्टरले मात्रै फिल्म व्यापारिक रुपमा सफल हुन्छ भन्ने पक्का छैन् । यी दुई कुरामा अब्बल देखिएका फिल्महरु फितलो वितरण प्रणालीका कारण चिप्लिएका उदाहरणहरु फिल्म क्षेत्रमा प्रशस्तै छन् । तर, यो मामलामा फिल्म ‘वडा नं ६’ बलियो देखिएको छ । यो फिल्मलाई मोफसलमा एफडी कम्पनी जो फिल्मको व्यवस्थित वितरणमा अगाडी देखिएको छ, यसैले वितरणको जिम्मा लिएको छ । काठमाण्डूमा वितरक गोपाल कायस्थले वितरणको जिम्मा लिएका छन्, जसलाई ‘लक्की’ वितरक मानिन्छ । असोज १ मा एक मात्र नेपाली फिल्म ‘वडा नं ६’ रिलिज हुँदैछ । जसले स्वतः प्रशस्त हल संख्या पाउनेछ ।
५.चल्तिका दया र प्रियंकाको जोडी : नायक दयाहाङ राई र नायिका प्रियंका कार्की वर्तमान नेपाली फिल्मका चल्तीका पात्रहरु हुन् । हिट फिल्म ‘झोले’ जोडीको अभिनयले ‘वडा नं ६’ लाई पक्कै पनि फाइदा पुर्याउनेछ । ‘कबड्डी’ र ‘नाईं नभन्नू ल’ जस्ता ब्ल्कबस्टर फिल्ममा अभिनय गरेका दयाहाङ र प्रियंकाका फ्यानको लागि शुक्रबारे रिलिज यो फिल्म कोशेली बन्न सक्दछ ।
६.चलायमान बजार : कुनै पनि फिल्म व्यापारिक रुपमा सफल हुन फिल्म बजार कस्तो छ ? भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । नेपाली फिल्म बजार यतिबेला चलायमान छ, ठप्प छैन । पछिल्लो केही महिनायता विशेषगरी नेपाली फिल्ममा दर्शकहरुको आकर्षण राम्रो देखिएको छ । भूकम्प पछि बन्दको स्थितिमा रहेका नेपाली फिल्म चल्ने हलहरुमा ‘होस्टेल रिटन्र्स्’, ‘भैरव’, ‘रेशम फिलिली’, ‘लभ् सब’ (सुरुवाता राम्रो) जस्ता फिल्महरुले आक्रमक एंव सुखद् व्यापार गरिरहेका छन् । त्यसैले फिल्म ‘वडा नं ६’ को पनि व्यापार आक्रमक या सुखद् नै हुने अपेक्षा गर्न सकिन्छ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved