कलाकार संघको भावी अध्यक्षमा संग्रौला र बोगटी बिच प्रतिस्पर्धा : करिश्मा मानन्धर पछि हटीन्

  • News Page
  • Published On: August 13,2015

चलचित्र कलाकार संघको भावी अध्यक्ष पदका लागि कलाकार एंव निर्देशक लय संग्रौलाले आफ्नो उम्मेरद्वारी घोषणा गरेका छन् । संग्रौलाले यसै साता प्रेसमिट गरेर संघमा आफ्नो उम्मेरद्वारीको घोषणा गरेका हुन् । संघको अध्यक्ष पदमा उम्मेरद्वारी घोषणा गरे लत्तगै स्रग्रौलाले संघको भावी कार्य योजना समेत फेसबुकमा मार्फत सार्वजनिक गरेका छन् । जुन यस प्रकार रहेको छ । 

१.त्यो हो कलाकार संघको आफनो भवन । भवन र जग्गा कसैको गोजीबाट निस्कीदैन , त्यो सिहदरवार भित्र छ त्यसलाई आफनो पहुच र कलाकारीर्ताको पहिचान अगाडि सारेर बाहिर ल्याउनु पर्छ । त्यो म गर्छु । 

२. चलचित्र क्षेत्र अहिले जुन धरापमा छ, त्यसको उत्थानका लागि उद्योगको मेरुदण्डको रुपमा रहेका कलाकारहरु मार्फत संघले यसको उत्थान, गर्न , व्यवसायिकतालार्ई अगाडि बढाउने काम मेरो टीमले मेरो नेतृत्वमा गर्नेछ । 

३. २०५१ सालसम्म नेपाली चलचित्रका सबै प्राविधिक काम र प्राविधिकहरु भारतीय हुन्थ्यो । कलाकार संघकै आसरतामा २०५१ सालमा प्रदीप नेपाल संचार मन्त्री भएको बेलामा नेपाली प्राविधिक र नेपालमा सबै सुविधा सम्पन्न भएर आज यति धेरै विकास भएको कुरा स्मरण गराउदै , अगाडिका दिनमा पनि यस्ता कार्य निरन्तर रुपमा गरिनेछ । 

४. चलचित्र विकास बोर्ड हुनु पर्छ भन्ने आवाज र हाम्रा प्रयासहरु कै कारण आजको विकास बोर्डको स्थापना भएको हो । 

५. अहिले को सिनेमाको बजार अवस्थामा छ यसलाई मजबुत र उद्योगको अवस्थामा समान्ता गर्ने कार्य अति अवश्यक छ यो काम मेरो कार्यकाल गर्ने लक्ष्य लिएको छु । 

६. अहिले धेरै मातृ संगठनहरु छन पहिले सबै संगठन सँग जोडिएका व्यक्तिहरु कलाकार संघ सगै आवद्ध थिए । उनीहरुको आफनो कार्यक्षेत्र र आकार बढेपछि आ आफनो संगठन तयार गर्ने कार्यमा पनि संघकै पहलमा भयो । यस्ता व्यवसायिक काम गर्ने कलाकार संघ विगत केही बर्ष यता अल्मलीएको छ । त्यसलाई जाग्रुप र सक्रिय बनाउने कार्य गर्ने छ । 

७. सिनेजगतमा जीवन अर्पण गरेका र लामो समय यसै उद्योगमा लगानी गरेका व्यक्तित्वहरु कुनै न कुनै रुपमा सक्रिय गराउनु पर्छ । उहाँको मान सम्मान गर्नु पर्छ । सम्मानमा आफन्त र नजिक को लाई मात्र योगदान देख्ने प्रबृतिको अन्त्य गराई सही मुल्याकन गर्ने विधि स्थापित गरिनेछ । 

अन्त्यमा म सरकारी जागीर मा रहुँञ्जेल कलाकार संघमा उपस्थिती जनाए नेतृत्वमा दावेदार भइन संघको नेतृत्व लिने व्यक्ति सरकारी जागीर मा रहनु हुदैन । म निवृत छु फुर्सद छु अव ३ बर्ष सम्म मेरो संघमा सक्रिय नेतृत्व रहनेछ आदरणीय पत्रकार बन्धुहरु । मेरा कुराहरु तपाईहरु मार्फत मतदाता शुभ चिन्तक र सम्बन्धीत मन्त्री मन्त्रालय सम्म पुगोस । मतदातालाई आफनो प्रतिनिधि छान्न विवेक प्रयोग गर्नुस भन्ने अनुरोध साथ उपस्थितको लागि धन्यवाद ।

त्यस्तै अभिनेत्री करिश्मा मानन्धरले चलचित्र कलाकार संघको भावी अध्यक्ष पदमा आफ्नो उम्मेरद्वारी नदिने भएकी छन् । अध्यक्ष पदमा सर्वसम्मत विजयीको बाटो सहज नदेखे पछि करिश्मा पछि हटेकी हुन् । वर्तमान महासचिब रामकेशर बोगटीले पनि संघको भावी अध्यक्ष पदमा आफ्नो उम्मेरद्वारी घोषणा गरिसकेका छन् । बोगटीलाई पुर्व तथा वर्तमान कलाकार संघका अध्यक्ष एवं पदाधिकारी र अन्य फिल्म सम्वद्ध संघ संस्थाका प्रतिनिधिनको समर्थन रहेको बताइन्छ । कलाकार संघको निर्वाचन आगामी भदौ २३ गते हुँदैछ । संघको हालको अध्यक्ष पदमा नवल खड्का रहेका छन् । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be