‘आधारहिन समाचारलाई लिएर मैले प्रतिक्रिया दिनुपर्ने ?’ : नम्रता श्रेष्ठ
- News Page
- Published On: August 05,2015
सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार र पुरस्कार सँग जोडिएर आएको आफ्ना बारे भ्रामक समाचार बारे नायिका नम्रता श्रेष्ठले फेसबुक बाट आफ्नो भनाई सार्वजनिक गरेकी छन् । जुन भनाई लाई हामीले जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौं ।
यो लिखरहँदा म निकै दुःखी महसुस गरिरहेको छु । तर भ्रामक खबरका कारण म मौन रहन सकिन् । केही ब्लगहरुले सिर्जना गरेको अफवाहका विषयमा म अनभिज्ञ थिएँ । तर, मेरा शुभचिन्तक, फ्यान र साथीहरुबाट केही कल र प्रश्नहरु आएपछि यसमा मेरो ध्यानाकर्षण भएको छ । म पुर्णरुपमा मेरा आगामी र भइरहेका प्रोजेक्टमा व्यस्त भइरहेको समयमा यस्ता ब्लगरहरुले सिर्जना गरेका अफवाहका पछाडी कुद्नु मुर्खता हो । मेरो विषयमा यस्ता भ्रामक समाचारहरु सोसियल मिडियामा भाइरल हुँदै गएपछि मैले यो विषयमा स्पष्ट पार्न आवश्यक ठानेकी हुँ ।
अब मुख्य कुरामा जाऔँ, जुन राष्ट्रिय चलचित्र पुरस्कार समारोहबाट शुरु भएको हो । केही अनलाईन ब्लगहरुले अवार्ड सम्पन्न हुनासाथ म बेपत्ता भएको भनेर खबर लेखे । जुन आफैमा अर्थपुर्ण छैन् । म उहाँहरुलाई के जवाफ दिन चाहन्छु भने त्यो दिन विहान ८ वजेदेखि नै म एक म्यूजिक भिडियोको सुटिङमा थिएँ । मैले सुटिङ सक्नुपर्ने थियो, साथीहरु पर्खिरहेका थिए त्यसैले फर्किहालेको हुँ । फिल्म क्षेत्रका आदरणीय व्यक्तित्व र बोर्ड सदस्यहरुको निम्तो र फिल्म क्षेत्रको एक जिम्मेवार व्यक्ति भएका कारण म सुटिङका बाबजुद पनि त्यँहा पुगेको थिए ।
रह्यो नेशनल अवार्डको कुरो, यो विषयमा कुनै छलफल गर्न चाहन्न किनभने न त म जुरी हुँ, न कुनै बोर्ड सदस्य । त्यसैले निर्णय गर्ने काम होइन् । तर टेब्लोइड शिर्षक सहित निराधार समाचार बनाउनेहरुको कार्यदेखि मलाई दुःख लागेको छ, जुन वास्तविकतासँग मेल खाँदैन् । किन, के तपाईहरुलाई लाग्दैन कि तपाईहरुको पनि आचारसंहिता हुन्छ ? विभिन्न ब्लग र राजनीतिका कारण रचिएका यस्ता आधारहिन समाचारलाई लिएर मैले प्रतिक्रिया दिनुपर्ने ? म कलाकार र फिल्म मेकर भएकामा गर्व गर्छु तर यस्ता किसिमका समाचार र समाचार बनाउनेहरुका कारण मेरो व्यवसाय र सिंगो फिल्मकर्मीप्रति प्रश्न उठिरहेको छ । मलाई लाग्छ यस्ता विषयमा फिल्मकर्मी समुदायहरु गम्भिर हुनुपर्छ र यस्ता निराधात समाचारप्रति एक्सन लिनुपर्छ । अनि मात्र हाम्रो व्यवसाय र फिल्मकर्मीप्रतिको गलत धारणा हट्नेछ । फिल्म क्षेत्रको उन्नती र विश्वसनीयताका लागि निकट भविष्यमा यस्ता खालका घटना दोहोरिनु हुन्न । धन्यवाद,
नम्रता श्रेष्ठ (यो कुनै स्पष्टीकरण होइन् तर निराधार समाचारले मेरा शुभचिन्तकलाई हानी पुर्याउन हुन्न ।)
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved