‘दिपकको बिहे भएकोमा पछुतो छैन’ : दीपाश्री
- News Page
- Published On: August 03,2015
दीपाश्री निरौला नेपाली हाँस्य व्याङ्ग्य क्षेत्रमा चिनाइ रहनु पर्ने नाम होइन । झण्डै दुई दशक देखि नेपाली हाँस्य व्याङ्ग्य क्षेमा क्रियाशील दीपाश्रीलाई दर्शकले पनि उत्तिकै चिन्दछन् । दीपाश्री अविवाहित छिन् । झण्डै एक दशक देखि हाँस्य व्याङग्य साप्ताहिक टेलिभिजन कार्यक्रम ‘तीतो सत्य’ मा दीपाश्री लाई दिपकराजको श्रीमतीको भूमिकमा देख्न पाइन्छ । यो पर्दाको दम्पती देश तथा विदेशका स्टेज कार्यक्रममा पनि सोही भूमिकमा प्रस्तुत हुन्छ । न्यूजपेजथ्री डटकमका उत्सब रसाईलीले साउनको व्रत लिइरहेकी दिपाश्री सँग कुराकानी गरेका छन्, जसलाई उनकै शैलीमा प्रस्तुत गरिएको छ ।
साउनको महत्व भनेको शिव भगवान् हो । शिव भगवान्को आरधाना, उहाँको पूजा गर्यो भने मनमा शान्ति, उत्साह, उमंग आउँछ । आफ्नो करिअरलाई राम्रो हुन्छ । सबै कुरा राम्रो हुन्छ । म जति वर्ष भएँ त्यति नै वर्ष देखि शिव भगवान्को पूजा गरिरहेको छु । मेरो वर्ष चाहिं आफैं हिसाब गर्नुस् । म जहिले पनि भेजिटेरियन (साहाकारी) हुँ । साउनको महिनामा म भेज नै खानुस् भनेर अनुरोध गर्दछु । साउनमा लगाउने हरियो, रातो र पंहेलो पहिरनले जिन्दगी रंगीन बनाउँछ जस्तो मलाई लाग्छ । भगवान् लाई पूजा गर्नु माया गर्नु भनेको उर्जा मिल्नु हो । उर्जा भनेको जिवनमा पाइरहनु पर्दछ । साउनको व्रत चाहिं पतीको लागि भनिन्छ । मेरो पति छैन म कसको लागि व्रत बस्छु ? भन्ने प्रश्नको उत्तर मैंले हरेक साउनमा दिनु पर्छ । मलाई पनि लाग्छ मेरो कुरा किन शिवजीले सुन्नु भएन ? यो प्रश्नको उत्तर किन अन्त्य गरिदिनु हुन्न ? शिब भगवान् लाई नै सोध्न चाहान्छु । सायद मेरो लागि कोही तयार नै भएका छैनन होला । मन पराउने त हजार भेटिन्छन् तर जुनी काट्ने एउटै हुन्छन् । अर्को कुरा सायद विवाह नभएको भए यति धेरै चर्चा हुँदैन्थ्यो कि ? त्यसैले शिवलाई धन्यवाद पनि दिन्छु । अब जिन्दगी भरी गुनासो नै गर्ने भन्ने त हुँदैन । लेखेको छ भने त पुग्छ, पुग्छ । सायद विवाह गरेको भए यो करिअर मैंले पाउँदिनथें कि ?
वास्तवमा बिहे भनेकै वृद्ध भएपछि हो जस्तो मलाई लाग्छ । किनभने यतिखेर तामझाममा त कोही पनि चाहिंदैन । उमेर ढल्केपछि नै चाहिने हो कोही हेरचाह गर्ने मान्छे । अहिले त जे पनि आफ्नै तरिकाले गर्न सकिन्छ । पचास पछि चाहिं बिहे गर्दा राम्रो हुन्छ कि ? जहिले पनि काम गर्न सकिदैंन । असी वर्षको उमेरमा लठ्ठी टेक्दै कसले अभिनय गरोस् ? जिवनमा आराम भन्ने कुरा पनि त हुन्छ । मान्छे भएपछि सबै कुराको अनुभव लिनु पर्छ । म दश वर्ष पछि आराम लिन्छु ।
दिपक रिलमा मेरो श्रीमान हो । रियलमा होइन् । उसले किन बिहे गर्यो भन्नेमा मलाई पछुतो पनि छैन । मनको कुरा मिल्ने साथीसँग बिहे हुँदा ‘लाइफ’ राम्रो त हुन्थ्यो होला । तर त्यो चाहिं भगवान् लाई सोध्नु पर्छ । दिपकले बिहे गरेको हुँदैन्थ्यो भने बिहे हुन्थ्यो । यत्रो वर्ष सँग सँगै काम गरेपछि पक्कै पनि बिहे हुन्थ्यो । शब्द तथा तस्बिर : उत्सब रसाईली
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved