जान्नुस् ‘होस्टेल रिटन्र्स’ हिट हुन सक्ने ७ कारणहरु

  • News Page
  • Published On: July 28,2015

उत्सव रसाईली, आउँदो भदौ ४ गते देखि फिल्म ‘होस्टेल रिटन्र्स’ प्रदर्शनमा आउँदैछ । दुर्गिश ब्यानरमा निर्माता सुनिल रावलले निर्माण गरेको यो फिल्मलाई सुरज भूषालले निर्देशन गरेका हुन् । ‘होस्टेल रिटन्र्स’ बैशाख १२ गते आएको भूकम्प पछि प्रदर्शनमा आउन लागेको पहिलो प्रतिक्षित नेपाली फिल्म हो । नव कलाकारको अभिनय रहेको युवा पुस्ता लक्षित फिल्मले भूकम्प पछि भड्किएका नेपाली फिल्मका दर्शकलाई हलसम्म आकर्षण गर्ने आँकलन गरिएको छ । इञ्जिनियर पढ्न होस्टेल बस्ने विद्यार्थीको कथा वस्तुमा आधारित फिल्म ‘होस्टेल रिटन्र्स’ व्यापारिक रुपमा सवल देखिने केही कारक तत्वलाई यहाँ प्रस्तुत गरिएको छ । 


गुडविल : कुन सामान कहाँ बाट उत्पादन भएको हो ? भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । ‘होस्टेल रिटन्र्स’ को हकमा कुरा गर्नु पर्दा उत्पादन कम्पनी अर्थात् फिल्म निर्माण गर्ने कम्पनीको फिल्म बजार देखि दर्शकसम्म ख्याती ‘गुडविल’ राम्रो छ । दुर्गिश ब्यानरले निर्माण गरेका यसअघिका दुई फिल्महरु ‘सायद’ र ‘होस्टेल’ हिट भएका छन् ।  

हिट प्रिक्वेल : ‘होस्टेल रिटन्र्स’ लाई अर्को फाइदा भनेको यसको प्रिक्वेल हिट हुनु हो । युवा पुस्तामाझ ‘होस्टेल’ हिट भएको थियो । प्रिक्वेलका दर्शक मात्रै हलमा गएपनि ‘होस्टेल रिटन्र्स’ स्वतहः हिट हुनेछ ।     

प्रचार रणनीति : निर्माता सुनिल रावललाई आफ्नो सामान बजारमा कसरी बिकाउने राम्रो ज्ञान छ । यसअघिका दुई फिल्महरुलाई उनले कलेज क्याम्पियन गरेर युवा पुस्तालाई हलसम्म तानेका थिए, जुन रणनीति ‘होस्टेल रिटन्र्स’ मा पनि अपनाइएको छ । बोल्नेको पिठो बिक्ने शहरमा व्यापक प्रचार गरिएको ‘होस्टेल रिटन्र्स’ हेर्न दर्शक हल सम्म कसो नआउलान् ? 

आकर्षक प्रोमो : दर्शकलाई पूरा फिल्म हेर्न हलसम्म तान्नको लागि प्रोमो आकर्षण हुन आवश्यक छ । जुन आवश्यकतालाई ‘होस्टेल रिटन्र्स’ ले पूरा गरेको देखिन्छ । रमाइला संवाद अनि सुन्दर दृश्यले दर्शकलाई हलसम्म जान करै लगाउन फिल्मी बजारको विश्लेषण छ ।

फ्रेस फेस : ‘एउटै अनुहार’ कति हेर्नु भनेर नेपाली फिल्मलाई गाली गर्ने दर्शकका लागि ‘होस्टेल रिटन्र्स’ ताजा खाजा हो । जुन खाजा खाउँ खाउँ लाग्ने गरी प्रोमोमा सजाइएको छ । तर, खाजा कस्तो छ ? खाएपछि मात्रै थाहा हुनेछ ।

मल्टिप्लेक्समा चहलपहल : फिल्मका पण्डितले अनुमान गरेजस्तो भूकम्प पछि मल्टिप्लेक्समा शून्यता छाइरहेको अवस्था छैन । बलिउडका फिल्म हेर्न मल्टिप्लेक्समा दर्शकको भिड लागिरहंदा तीनै दर्शकलाई लक्षित गरी निर्माण गरिएको फिल्म ‘होस्टेल रिटन्र्स’ हेर्न पनि दर्शकको भिड नफर्केला भन्न सकिन्न । त्यसकारण मल्टिप्लेक्समा यो प्रतिक्षित फिल्मलाई उलेख्य दर्शकको साथ मिल्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

सुशिलको सिक्स प्याक : फिल्म ‘होस्टेल’ रिलिज ताका अनमोल केसीको ‘लुक्स’ को चर्चा व्यापक भएको थियो । भुवन केसी पुत्र प्रति मरिहत्ते गर्ने युवा पुस्ता माझ यतिबेला भने ‘होस्टेल रिटन्र्स’ का नव नायक सुशिल श्रेष्ठको सिक्स प्याकको चर्चा गाईंगुईं सुनिन थालेको छ ।  तर, सुशिलको सिक्स प्याकले युवा पिडीलाई हलसम्म तान्ने नतान्ने बारे भने ? भदौ ४ सम्म नै प्रतिक्षा गर्न पर्ला । click below link for Trailer :

                                      

 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be