‘काम गरौं चित्त नदुखाउँ’ : नन्दिता केसी

  • News Page
  • Published On: June 22,2015

यही साता नायिका नन्दिता केसी अमेरिका उडदैछन् । भूकम्प प्रभावितको सहयोगार्थ अमेरिकाका विभिन्न शहरमा ‘नाफ्का’ नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रमका लागि आफ्नो प्रस्तुती लिएर नन्दिता अमेरिका उड्न लागेकी हुन् । करिब दुई महिनासम्म चल्ने कार्यक्रममा नायिका केसी सहित गायकद्धय धिरज राई र हिमाल सागर पनि सँगै हुनेछन् । नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लामा समेत पुगेर प्रत्यक्ष रुपमा राहत वितरणमा संलग्न भएकी नायिका नन्दिता केसीसँग न्यूजपेजथ्री डटकमका लागि उत्सब रसाईलीले गरेको कुराकानी लाई यहाँ प्रस्तुत गरिएको छ ।  

अमेरिकामा हुने कार्यक्रमको बारेमा छोटकरीमा बताइ दिनुस् न । 

बैशाख १२ गते गएको भुकम्प बाट प्रभावित भएकाहरुको लागि अमेरिकाको क्यालिफोर्नियामा ‘नेपाल डे २०१५’ भन्ने इभेन्ट हुँदैछ, त्यसमै सहभागी हुँन त्यहाँ जाँदैछु । क्यालिफोर्निया बाहेक अन्य शहर न्यूयोर्क, टेक्ससा, बाल्टिमोर लगायत ८ वटा शहरमा हाम्रो कार्यक्रम हुँदैछ । यसको संयोजन चाहिं अनिल पाण्डेले गर्दै हुनुहुन्छ ।

अमेरिका तपाईंको पहिलो उडान हो क्यारे, कत्तिको उत्साहित हुनुहुन्छ ? 

मलाई चाहे अमेरिका होस्, चाहे दुबई होस् या कतार नै किन नहोस् । बाहिरको कार्यक्रम भनेपछि एकदमै उत्साहित हुन्छु । किनभने नेपालको भन्दा पनि बाहिर बस्ने दर्शकले अझ बढी माया र सहयोग गर्नुहुन्छ । सिनियर आर्टिस्ट बाट सुनिन्छ अझ अमेरिकामा त दर्शकको माया धेरै नै पाइन्छ रे । अर्को कुरा राम्रो कार्यको लागि कार्यक्रम लिएर जाँदैछु त्यसैले पनि धेरै नै उत्साहित छु ।

तपाईंको प्रस्तुती कस्तो रहनेछ ?

बाहिर बस्नु हुने दर्शकहरु युट्युवमा आएका मेरा भिडियो फिल्महरु बाट पनि नजिक त हुनुहुन्थ्यो । तर मेरो प्रत्यक्ष प्रस्तुती कतिपयले हेर्नु भएको छैन होला । यसपालिको इभेन्टमा म डान्स गर्दैछु । तर डान्समा नेपालको अहिलेको अवस्थालाई पनि देखाउँछु । शोकलाई शक्तिमा बदल्नु पर्छ भन्ने प्रकारको राष्ट्रिय गीतमा डान्स कम्पोज गरिरहेको छु । सँगै डान्सिङ नम्वर पनि छ । भिसा आएको तीन साता जति भयो म दुई साता देखि प्राक्टिसमा छु ।

अमेरिकाको भिसा पाउँन त्यति सजिलो छैन होला है ? 

अमेरिकाको भिसा पाउनु भनेको चाहिं ‘इक्जाम’ जस्तै हो । ‘इक्जाम’ मा पास फेल दुवै हुन सकिन्छ । अब अमेरिकाले भिसा दे दिन्छ नदिए दिदैंन । भिसा पाएन भने रुने कराउने कुरा पनि आउँदैन । तर, यसपालिको हाम्रो उद्धेश्य राम्रो थियो र हाम्रो डकुमेन्ट्स पनि बलियो थियो । त्यसैले भिसा पाइयो । 

फर्कनु हुन्छ अमेरिका पुगेपछि ?

हन्ड्रेड प्रतिशत फर्कन्छु । अमेरिकाबाट कार्यक्रमको लागि क्यानडा पनि जाने कुरा छ करिब दुई महिना पछि म नेपाल फर्कन्छु । किनभने नेपाल फर्केपछि मेरो ब्याङ्कक, ल्हासा र साउथ अफ्रिकाको इभेन्ट छ, त्यसैल म नेपाल फर्कन्छु ।

तर, कार्यक्रममा गएका थुप्रै कलाकार उतै बसेका उदाहरण छन् नि ? 

मान्छेको आफ्नो सोचाइ हुन्छ । परिवारीक योजना हुन्छ तर म चाहिं फर्कन्छु नै । त्यहाँ हुने ग्लोबल फेस्टिभलमा प्रस्तुती दिएर म नेपाल फर्कन्छु ।

के तपाइको अमेरिका बस्ने योजना नभएकै हो त ? 

म यहाँ पनि विजी छु । फिल्महरु पनि पाइरहेको छु । म्युजिक भिडियो पनि गरि नै रहेको छु । बाहिरको कार्यक्रमको लागि अफर आइरहेको छ । 

अमेरिकामा खास मान्छे पनि हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

हा हा हा..एकदमै गलत हो । यो शतप्रतिशत झुठो हो । मैंले अरु बाट पनि सुनेको थिएँ, म के स्पष्ट पार्न चाहान्छु भने अमेरिकामा मेरो कोही खास मान्छे हुनुहन्न । बरु मेरो त्यहाँ दाइ भाउजु र मेरो मिल्ने साथी छ । म अहिलेसम्म सिङ्गल नै छु ।

अब 'मिङ्गल' हुने बेला भएन ?

बेला त मेरो एसएलसी दिइसके पछि भएको हो । एसएलसी दिइसकेपछि नै मलाई विवाहको प्रस्ताव आएको हो । अहिलेसम्म आइ नै रहेको छ । तर कुरा के हो भने विवाह भन्ने कुरा चाहिं लेखेको हुने रहेछ । त्यसैले अब जहिले लेखेको छ त्यहिले नै होला ।

तर एक प्रकारको योजना त हुन्छ नि होइन ?

हाम्रो क्षेत्रमा चाहिं के हुँदो रहेछ भने जति काम गर्यो त्यति थपिने हुँदो रहेछ । अब यो काम सकेर विवाह गर्छु भन्यो फेरी अर्को राम्रो काम आउने । अहिले नै किन विवाह गर्नु पर्यो र एक दुई वर्ष पछि नै गरौंला भन्ने हुँदो रहेछ । अझै एक दुई वर्ष काममा व्यस्त हुन्छु । राम्रो फिल्मको पनि कुरा हुँदैछ । हेरौं त्यसपछि कोही राम्रो मान्छे भेटियो मन मिल्यो भने गरौंला ।

उमेर ढल्केपछि हिरोइनको घरजम गर्न समस्या परेको देखिएको छ नि ?

त्यस्तो नहोला । आफुले विवाह गर्छु भनेपछि कुनै समस्या आउला जस्तो लाग्दैन । विवाह गर्ने समय आएपछि जो मान्छे राम्रो लाग्छ उही सँग गर्छु ।

तपाई राहत बाँड्न पनि हिड्नु भयो क्यारे होइन ? 

हो विभिन्न भूकम्प प्रभावित क्षेत्रमा राहत बाँड्न गयौं । भूकम्प प्रभावित क्षेत्रको अवस्था  दर्दनाक छ । सेतो कपडा लगाएका व्यक्ति देख्दा साँच्चै आँखा बाट आँसु आयो । शोकमा रहेका व्यक्ति देख्दा आफ्नै परिवार गुमेको महसुश भयो । हामीले वि फर् अल भन्ने संगठन सँग मिलेर राहत वितरण कार्य गर्यौं । अहिले हाम्रो टिमले काभ्रेपलाञ्चोक जिल्लाको पोखरी चौंरी गाविसमा तीन वटा प्राथमिक विद्यालय बनाउँदै छ । वि फर् अल बाट हामीले भूकम्प प्रभावितको लागि आफ्नै पकेटबाट पनि पैसा निकालेर काम गरेका छौं । पछि चाहिं अस्थायी घर निर्माणको लागि सहयोग भैरहेको छ । राम्रो सन्देश जाओस् भनेर हामीले यो कार्य गरिरहका हौं ।


फिल्म करिअरलाई लिएर कस्तो योजना बनाउनु भएको छ ?

प्रस्ताव आएका राम्रो राम्रो फिल्महरु गर्छु । अहिले पनि एक दुई राम्रो फिल्महरुको कुरा भैरहेको छ ।

फिल्म निर्माण र निर्देशनमा के योजना बनाउनु भएको छ ? 

फिल्म निर्माण र निर्देशन दुवैमा अहिले केही पनि योजना छैन ।

फिल्म क्षेत्रमा विगत एक दशक देखि हुनुहुन्छ, आफुलाई कुन स्थानमा उभ्याउनु हुन्छ ?

मान्छे भन्दा पनि मान्छेले गरेका कामहरु सफल हुने हुन् । मेरो कतिपय कामहरु सफल भए कतिपय असफल भएका छन् । र, म अहिले पनि संघर्ष नै गरिरहेको छु । किनभने जति म अगाडी बढ्छु त्यति नै नयाँ कुरा सिक्दै जान्छु । जन्मिदैं कसैले पनि सिकेर आएको हुँदैन । हरेक पाइलामा नयाँ कुरा सिक्दै गइन्छ, सिक्नु भनेकै संघर्ष गर्नु हो ।

फिल्म क्षेत्रमा हिरोइन बिच कत्तिको प्रतिस्पर्धा देख्नुहुन्छ ? 

एकदमै प्रतिस्पर्धा छ । तर मेरो स्वभाव चाहिं प्रतिस्पर्धामा जाने खालको छैन । म आफ्नो कामसँग प्रतिस्पर्धा गर्छु । हिजो मेरो काम कस्तो थियो, आज मैंले त्यसलाई कसरी सच्याउँनु पर्छ भनी केलाउँदै जान्छु । तर, प्रतिस्पर्धा चाहि ‘टफ’ नै छ ।

भनेपछि अरुलाई पछारेर आफु अगाडी बढ्नु पर्ने भो ? 

म मा चाहिं जेरो प्रतिशत पनि आउदैन कि अरुलाई पछारेर आफु अगाडी जाउँ । घर एक जनाले मात्र चलाएर चल्दैन । फिल्म क्षेत्रमा भनेको घर हो । हामी सबै घरका सदस्य हौं । मेरो घरलाई समाज चिनाउनु पर्यो भने मैंले मात्रै राम्रो गरेर चिनिदैन । घरको सबै सदस्यले राम्रो काम गर्नुपर्छ । त्यसैले मैंले अरुलाई पछार्ने काशिस गरें भने मेरो क्षेत्र कसरी बाहिर राम्ररी चिनिन्छ । फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु पर्यो नि । अन्तर्राष्ट्रिय स्तरमा लैजाँदा सबैले राम्रो काम गर्नुपर्छ । एकले अर्कालाई पछार्ने भन्दा पनि एकले अर्कालाई सहयोग गर्नुपर्छ ।

जे होस्, वर्तमान फिल्म क्षेत्रमा कुन हिरोइन अगाडी बढि रहेको देख्नु हुन्छ ?

रेखा दिदी (थापा) त फिल्म क्षेत्रको खम्बा नै हो । व्यस्तताको हिसाबले चाहिं प्रियंका (कार्की) अगाडी छ जस्तो लाग्छ । त्यस्तै केकी बैनी (अधिकारी) उसले पनि राम्रो नै गरिरहेको छ । नम्रता (श्रेष्ठ) को पनि राम्रो भइरहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ? 

बैशाख १२ गतेको भूकम्पले हाम्रो सुन्दर नेपाललाई तहसनहस पारेको छ । वृद्धा देखि बालकसम्म खुला आकाशमा बस्न बाध्य छन् । हामीले एकले अर्कालाई सहयोग गरिरहेका छौं । स्वदेशी तथा विदेशी सबैले सहयोग गरिरहनु भएको छ । जति सक्दो हामीले सहयोग गरौं । अर्को मलाई चित्त दुखेको कुरा चाहिं हामीले घर निर्माण गर्यौं । त्यसमा विभिन्न खालको प्रतिक्रियाहरु आए । फेसबुकमा फोटो राख्दा पनि फोटो खिचेर राख्ने होइन काम गर् भन्ने खालका प्रतिक्रियाहरु आए । जब आफुले केही पनि गर्न सक्नु हुन्न भने अरुलाई केही पनि नभन्नुस् । घरमा पानी चुहिएला रे..उडाएर लैजाला रे... जस्ता कमेन्ट आएका थिए । त्यो देख्दा खेरी चाहि चित्त दुख्थ्यो । हामी बिहान ६ बजे उठेर हिड्थ्यौं । जो प्रभावित हुनुहुन्छ उहाँहरुलाई सहयोग मिलोस्, रातमा चयनले सुत्न पाउन् भनेर हामी त्यो काममा लागेका थियौं । तर, त्यस्तो कमेन्ट देख्दा चाहिं एकदमै चित्त दुख्थ्यो । एकले अर्कालाई खुट्टा तान्ने बानी नगरौं, सक्छौं भने सहयोग गरौं, कोठा भित्र बसेर कमेन्ट गर्न बानी छोडौं । गर्न सक्छौं काम गरौं होइन भने चित्त नदुखाउँ यही भन्न चाहान्छु ।  


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be