यस्तो छ चलचित्र पत्रकार संघको ध्यानाकर्षण पत्र अनि सुरेश दर्पणको अभिव्यक्ति
- News Page
- Published On: June 06,2015
आफ्ना सदस्यलाई मोबाइल संवादमा गाली गलौच गरेको भन्दै चलचित्र पत्रकार संघले शुक्रबार साँझ ध्यानाकर्षण पत्र निकालेको छ । चलचित्र संघका महासचिव सन्दिप सापकोटाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रको पूर्ण पाठ यस्तो छ :
ध्यानाकर्षण
चलचित्र पत्रकार संघका सदस्य दिप बिमलीले गालीगलौज गरिएकोले ध्यानाकर्षण गराई पाउँ भनी संघ समक्ष दिएको निवेदनमा ध्यानाकर्षण भएको छ । फेसबुक स्टाटस लेखेकै भरमा चलचित्र विकास बोर्डका सदस्य, दर्शना आर्टसमा कार्यरत सुरेश दर्पण पोखरेलले फोन गरि पेशागत धर्म पति आक्षेप लगाउँदै अपशब्द प्रयोग गरि आफूलाई धम्की दिएकोमा आपत्ती जनाएर दिप विमलीले संघमा उजुरी गरेका थिए । विदेशबाट पवित्र मनले भुकम्प पीडितको नाममा पठाएको पैसाले तिमीहरु डिस्को गयौ थुक्क, देखियो तिमीहरुको समाजसेवा । कलाकारको नाममा कलंक भन्ने स्टाटस राखेको र त्यसमा कसैको नाम उल्लेख नभएको सन्र्दभमा जिम्मेवार पदमा बसेका सुरेश दर्पण पोखरेलले संचारकर्म र संस्थालाई समेत धञ्जी उडाउनु कती जायज भन्दै संघमा उजुरी दिएका थिए । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको आकस्मिक वैठकले यस किसिमको कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको निर्णय गरेको छ । साथै समग्र चलचित्रकर्मीलाई संचारकर्मी एवं संचार क्षेत्रप्रति सम्मान पकट गर्न आग्रह गर्दै पोखरेललाई सचेत गराउँदछ । आगामी दिनमा समग्र चलचित्रकर्मी र संचारकर्मीविच सौहाद्रपुर्ण वातावरण बनोस र समग्र चलचित्र पत्रकारिताको विकासमा सम्बद्ध सबैको साथ र सहयोगको अपेक्षा संघले सदैव गर्दछ ।
साथै, संघले आज बसेको मन्त्रीपरिषदको वैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता संघका अध्यक्ष राजकुमार राईलाई नियुक्त गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता जनाउँदै राइको कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।
सन्दिप सापकोटा
महासचिव, चलचित्र पत्रकार संघ
मिति : २०७२ जेठ २२
चलचित्र पत्रकार संघले ध्यानाकर्षण पत्र सार्वजनिक गरेपछि चलचित्र पत्रकार दिप विमलीलाई गाली गलौचको आरोप लगाइएका निर्देशक एवं विकास वोर्ड सदस्य सुरेश दर्पण पोखरेलले पनि आफ्नो भनाई बाहिर ल्याएका छन् । सुरेश दर्पणको भनाई यस प्रकार छ :
मलाई माफ गर !
हो हामी क्लब गएकै हो र फेरी फेरी पनि गईरहन्छौ, मेरो देशको अन्तरिम संबिधानले मलाई आफ्नो निजी सम्पत्तिको प्रयोग गर्न, हाँस्न, रुन, गाउँन, नाच्न , ब्रेकफास्ट, लन्च, डिनर लिन अधिकार दिएको छ, त्यस्को लागि मैंले तिमीलाई सोधिराख्नु पर्दैन । हुन त तिमी जस्तो म भाग्यमानी कहाँ छु र, दिन भर चोक (चोकमा भेला भयो, अरुले गरेको कामको कुरा काट्यो, ईष्र्याले जल्यो अनी त्यही कुरुप सोच सामाजिक सञ्जालमा पोख्यो, चौबिस घण्टा सेवामा जुटिरहेकाहरुलाई बदनाम गराउने प्रयास गर्यो ‘समाजसेवा कि फोटो खिच्न ? हा हा’, ‘हेर घर बनाउँदै रे कपडा त सुकिलै छ नि ?’, ‘एक कार्टुन चाउचाउ बाँडेर फुर्ती ?’, ‘प्रचारको लागि सेवा .. ?’, बिदेशबाट राहतको लागि आएको पैसाले मस्ती’, कलंक हरु .. थुक्क !!!’ यस्तै यस्तै नानाथरी आरोप लगायो ,कमेन्ट गर्यो, चिया पियो अनी लाग्यो भट्टी तिर ‘कती गर्व गर्दिहुन तिम्री आमा, आफ्नो कोख प्रती ?
के गर्ने म त अभागी परें, अमेरिकामा थिएँ, देश भुकम्पले मर्माहत भयो तत्काल टिकेट प्री पोन्ड गरे, नेपाल आए, कलाकर्मीहरुलाई संयोजन गर्दै राहत बितरण, जनचेतना र पुनर्निर्माण मा जुटें । तिमी पो भाग्यमानी, यो भएन त्यो भएन भन्दै चार जना बेरोजगारहरु लाई अघी राखेर गुड्डी हाँक्दै गर्दा म तातो घाममा पोल्ने फलाम बङ्गाउदै हुन्छु, पीडितहरु को सेवामा दिन रात लागिरहेकाहरु लाई तिमीले सस्तो प्रचार भन्दै फेसबुकमा खिस्याउँदै गर्दा म पेटमा भएको ‘स्टोन’ दुखेर ‘पेन’ किलर खाँदै गर्मीमा टिन छाउँदै हुन्छु । तिमीले मलाई पुर्न खाल्डो खनिरहंदा म पीडितहरुका लागि बनाइएका घरहरुको आगनको खल्डोमा माटो पुर्दैहुन्छु । तिमीले साँझ चुस्की लगाउँदै मलाई गाली गरी रहंदा म ठेला उठेका हातहरु सम्हाल्दै ब्यस्तताले पेट्रोल पनि हाल्न नपाउँदा तेल सकिएको मोटारसाइकल सुनसान सडकमा डोर्याउँदै हुन्छु । महिना दिन पछी एक साँझ आउँछ, साथीहरु जस्ले हाम्रो अभियानमा साथ दिएका हुन्छन्, उनिहरुले डिनरमा बोलाउछन् किनकी उनिहरु भोली आफ्नो कर्मदेश फर्कदै हुन्छन् , हामी थकित शरीर लिएर शून्य मस्तिस्कमा उनिहरुलाई भेट्छौ, एकछिन हाँस्छौ , गाउँछौ अनी नाच्छौ अनी उनिहरुलाई धन्यवाद दिएर घर फर्कन्छौ । भोलीपल्ट देखी फेरी उही दैनिकी ‘७० घर सकियो अब थप ४०० !!!’ एकाएक केही बिद्वानहरु सामाजिक सन्जालमा बिषवमन गर्छन्, डिस्को कान्ड .. राहतको पैसामा मस्ती !!!
तिमीलाई जे बोल्न नि अधिकार छ, बिना आधार जे आरोप लगाउन पनि, मैले त सत्य यस्तो हो है भन्न पनि हुँदैन किनकी तिमी त यो देशको पहिलो दर्जाको नागरिक, तिमीलाई त न नियम लाग्छ न कानुन !!! मेरो पो दर्जै छैन, तिमीलाई सम्झाएको नि धम्की हुन्छ मेरो क्षेत्र (कलकर्म) लाई बिना आधार लान्छना नलगाउ भन्दा अपशब्द प्रयोग गरेको हुन्छ । तिम्रै खल्तीमा छन स्वयम्भूका आँखाहरु, तिम्रो एक आदेश मै न्याय अन्याय छुट्ट्याइदिन्छन । मलाई माफ गर म तिमी जस्तो महान बन्न सकिन । मलाई माफ गर मैंले मेरो देश रोईरहेको बेला सहयोगमा जुटेका हातहरुलाई निमोठ्ने दुश्प्रयास गर्न सकिन । मलाई माफ गर म तिमी जस्तो आफ्नै घर जलाएर खरानी बेचि धनी बन्न सकिन । मलाई माफ गर‘
उही अभागि ‘सहयोगी नेपाली’
( सुरेस दर्पण पोखरेल )
संयोजक, हामी सबै का लागि
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved