'मेरो देशले वर्ष दिनसम्म बराखी बारेको छ, म कसरी नाच्न सक्छु' : रेखा थापा
- News Page
- Published On: May 23,2015
गएको सातादेखि नायिका रेखा थापा अमेरिकामा छन् । नेपालका भूकम्प प्रभावितको सहयोगार्थ त्यहाँका दातृ संस्था सँग सहकार्य गर्न रेखा त्यहाँ पुगेकी हुन् । उनले ‘रेखा थापा फाउन्डेशन’ मार्फत रामेछाप जिल्लाका भूकम्प प्रभावित र अपाङ्गता भएकालाई सहयोग पुर्याउने योजना सार्वजनिक गरेकी छन् । निर्माता एवं निर्देशक समेत रहेकी रेखासँग एक अनलाईनले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरेको छ ।
अहिले अमेरिकामा के गर्दै हुनुहुन्छ र नेपाल कहिले फर्कनुहुन्छ ?
रेखा थापा फाउन्डेशनका अमेरिकामा रहेका दातृ संस्थाहरु र सदस्यहरुसँग फाउन्डेशनको आगामी कार्ययोजना र भेटघाटमा व्यस्त रहन्छु । नेपालमा गएको हालैको महाभूकम्प पश्चात मेरो पनि केही रुपमा मानसिक तनावले शारीरिक रुपमा अस्वस्थ महसुस गरिरहेको छु । सायद नेपाल चाँडै नै फर्कन्छु होला । तर मिति चाहिँ पक्का भएको छैन ।
सवै कलाकार अहिले सहयोगमा जुटिरहेको सुन्दा कस्तो लाग्छ ?
उहाँहरुको उत्साह देखेर ज्यादै खुशी लाग्छ अनि गर्व पनि । विशेषगरी हाश्यकलाकारहरुले अहिले दुःखको समयमा भएपनि पीडितलाई हँसाएर भएपनि राहत दिनुभएको छ । थोरै हाँसो भएपनि दिनुभएको छ । यो बेला यही ठूलो कुरा हो । सरकारले केही गरेन, विदेशीहरुले केही गरेनन भनेर मुख ताक्ने होइन कि आफूले कहाँ, कसरी योगदान र सहयोग गन सकिन्छ त्यो गर्नुपर्छ ।
रेखा थापा फाउन्डेशनको पनि पीडितहरुको लागि धेरै योजनाहरु बाहिर आएका छन । केही मानिसले त्यो मात्र योजना हो पनि भन्छन ? कहिलेबाट तपाईका योजनाहरु सुरु हुन्छन ?
हेर्नुहोस , यो अलि गम्भीर र संवेदनशील प्रश्न हो । अहिलेको नेपालको परिस्थिति हेर्दा जुन प्रश्नको उत्तर त्यति सहज र सरल छैन । अहिले देश नै ठूलो जोखिममा छ । भूकम्प गयो, हामी नेपालीले धेरै कुरा गुमाएका छौँ । धेरै मान्छेको ज्यान गएको छ । हजारौँ घाइते र अंगभंग हुनुभएको छ । जति गुमायौँ, त्यो भन्दा पनि ठूलो महामारीमा परेर धेरै नेपालीहरुले ज्यान गुमाउनुपर्ला भन्ने डर चाहिँ आजको प्रमुख समस्या हो । केही वर्षअघि मात्र हाइटी भन्ने देशमा भूकम्पमा परेर मर्नेहरुको संख्या भन्दा भूकम्पपछि सरकाले विदेशी दातृ राष्टहरुको सहयोगलाई व्यवस्थापन गर्न नसक्नु, नेताहरुको चरम बेवास्ताले देश पुर्ननिर्माणको योजना ल्याउन नसक्नु र भूकम्पपछि मृत्यु भएका मानिसहरुको शव समयमा उद्दार गर्न नसक्नु जस्ता समस्याले हाइटी देशभरी नै हैजाजस्तो भयावह रोगको सामना गर्न नसकेर हजारौँ मानिसले ज्यान गुमाउनुपरेको इतिहास हाम्रो सामु छ । हो, आज सरकार लगायत हामी सवैले त्यो विषयमा नसोच्ने हो भने, अव झनै ठूलो महाविपत्ति हाम्रो सामु आउनेवाला म देख्छु । त्यसैले म हतारमा योजना बनाउदिन । हरेक कुराहरुको लागि उचित समय कुर्नुपर्ने आवश्यकता हुन्छ । अहिले हरेक नेपाली हताश र विचलित अवस्थामा छौँ । आजभोलि सहयोग गर्ने, पुनःनिर्माण गर्ने सहयोगी हातहरु धेरै नै देखिएका छन । तर उचित सहयोग र वास्तविक पीडितहरुको पहिचान गरेर मात्र उनीहरुलाई यो वर्षाको समयमा व्यवस्थापन गराउन हामी सवै पहिले लाग्नुपर्छ । रेखा थापा फाउन्डेशन सदैव तन, मन बचनले विनास्वार्थ राष्ट्र सेवा र हितको लागि तल्लिन संस्था हो । कसले के भन्यो र के गर्यो भन्ने कहिल्यै हेर्दैन र सुन्दैन पनि । मैले पहिले ने भने उचित समयमा आफ्नो कार्यतालिका अनुरुप फाउन्डेशनले काम गर्दै जाने छ । कसैलाई देखाउन, नाम कमाउन र चर्चा पाउनको लागि पत्रिकाका पन्नाहरु र फेशबुकका वालमा मात्र घोषणा गरिएको योजना होइन । अनि चामल, चाउचाउ अनि नुन पसलबाट किनेर तुरुन्तै वितरण गर्ने फाउन्डेशनको योजना भएको भए सायद तपाईले सोध्नुभएको प्रश्न झै सजिलै जवाफ दिने थिए । तर फाउन्डेशनको कार्ययोजना अलि फरक र सहज नभएको हुँदा अलि समय लिनेछ । अर्को कुरा, पीडित जनताहरुको लागि जिल्ला जिल्लामा निरन्तर सुरु गरिने योजनामा फाउन्डेशन छ । एक दिनको लागि मात्र गरिने सहयोग त मैले गर्न सकेजति गरिसकेँ । अनि सहयोग निरन्तर गर्न मन मात्र भएर त भएन नि । मुखले यो गर्छु र त्यो गर्छु भनेर मात्र पनि भएन । हो म अहिले फाउन्डेशनलाई पूर्ण रुपमा स्रोत, साधन र शक्तिको संचय गर्दै सक्षम बनाउँदै छु । कसले के, कति कहाँ, के गर्यो अहिले होइन, अर्को वर्ष छर्लंग देखिन्छ ।
रामप्यारीको कहिले सुटिंग सुरु गर्ने सोच बनाउनुभको छ ?
अहिले देश रोएको छ । मेरा सुभचिन्तक, दाजुभाईदिदीबहिनी, परिवार र राष्टको घरोहर गुमाएको समय हो । हामी नेपाली राष्टिय विपत्तिमा छौँ । विगत एक महिनादेखि महाविपत्तिको सामना गरिरहेका छौँ । अब भन्नुहोस, मेरो परिवार, शुभचिन्तकहरु गुमाएको अवस्थामा म फिल्मको बिजनेश कसरी गर्न सक्छु ? मेरो देशले वर्षदिनसम्म बरखी बारेको अवस्था छ । अब मलाई भन्नुहोस, म रामप्यारीको गीतमा छमछम नाँच्दै गाउँदै, रमाइलो गर्दै कसरी त्यो नेपाली दुःखी मनहरुको लागि २ सय रुपैयाँको टिकट बेच्दै व्यापार गर्न सक्छु होला ? रेथा थापा मात्र कलाकार अनि फिल्म बिजनेश गर्ने मान्छे मात्र होइन, राष्टप्रति जिम्मेवार छोरी पनि हो । त्यसैले अहिलेको नेपालको परिस्थिति हेर्दा म मेरो समय यो वर्ष राष्ट्रको योगदानमा समर्पण गर्ने छु ।
के योगदान पुर्याउनुभयो त अहिले पीडित कलाकर्मीको लागि ?
महत्वपूर्ण प्रश्न गर्नुभयो । म आफैँले पनि घर गुमाएको छु । आम नेपालीले झै कलाकार, निर्माता तथा प्राविधिकहरुले पनि यो पीडा बेहोर्नु परेको छ । घरवारविहीन बन्नुपरेको छ । धेरै ठूलो सहयोग र साथ त मैले गर्न सकेको छैन । तर पनि मेरा प्राविधिक साथीहरुको सहयोगार्थ हिजोअस्ती मात्र १ लाख आफ्नै खल्तीबाट सहयोग गरेँ । मैले आजसम्म पनि पशुपति आर्यघाटमा होस या अरु सहयोग होस आफ्नो खल्तीबाट नै सहयोग गर्दै आएको छु । कसैको सहयोग लिएको छैन । र बाँकी सहयोगहरु निरन्तर जारी छ । जहिलेसम्म सक्षम रहन्छु ।
साभार : नेपालपाटी डटकम (प्रेम गौतम)
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved