भूकम्प प्रभावितको लागि कलाकार संघले के के गर्यो ? यहाँ पढ्नुस्

  • News Page
  • Published On: May 22,2015

हालसम्म भूकम्प प्रभावितको लागि चलचित्र कलाकार संघले गरेको सहयोगको तालिका सार्वजनिक गरिएको छ । अध्यक्ष नवल खड्काले जारी गरेको सहयोग तालिकामा सरसफाई देखि लाख बत्तिसम्म सम्म उल्लेख छन् ।  अध्यक्ष खड्का बाट प्राप्त भूकम्प प्रभावितको लागि कलाकार संघले गरेको सहयोगको जानकारी जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । 

आजका मिति सम्म नेपाल चलचित्र कलाकार संघले महा–भूकम्पबाट विपटमा परेका दाजुभाइ तथा दिदी बहीनीहरुलाई विभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा निम्न कार्य गरेको छ । 

१.चलचित्रकर्मीलाई हार्दिक अपिल गरि उद्धारमा लाग्न अनुरोध गर्यौँ प्रेश रिलिज मार्फत

२.कालाबजारी गर्नेहरुको अनुगमन गरि राज्यलाई सूचना प्रवाह गयौँ 

३.राहत वितरण जनचेतना कार्यक्रम कलाकारलाई दूत नियूक्त गरि विपतिमा सहयोग गर्नको निम्ति प्रधानमन्त्री तथा मन्त्री प्ररिषदको कार्यालायबाट परिपत्र प्राप्त गयौँ र सबै जिल्लाका सी.डि.ओ. कार्यालयमा पत्र पग्यो 

४.महामारीबाट बच्न सरसफाइमा सहभागी भयौँ, गँगबु, सिनामंगल, टुडिखेल, रंगशाला, पशुपति क्षेत्रमा संघ पुग्यो भने बाग्मती अभियानता संग तीस ठाउँ भन्दा बढी सरसफाइ  गरियो ९ गते शनिवार तीलगंगामा ७ः३० मा छ सबैलाई सहभागीको लागि अनुरोध गर्दछु ।

५.राहत वितरण

अ.सिन्धुपाल्चोकको हेलम्बुको तार्केग्याङ्ग १ ट्रक खाद्यान्न

आ.रसुवाको घत्लाङ्ग १ ट्रक खाद्यान्न

इ.भक्तपुरको अन्नतलिङ्गेश्वर १ ट्रक सामान

ई.भक्तपुरको गुन्डु

उ.काठमाण्र्डौको बाडभञ्जाङ्ग, इकन्चु नारायण

ऊ.धादिङ्गको धरपु धुवाकोट, बुढाथुम

६.भग्नावेसेस उत्खन्न गरियो धर्मस्थली लगायत १२ ठाउँमा  

७.जनचेतना सम्बन्धी कार्यक्रम खिचेर टेलिभिजन र म्यूजिक भिडीयोहरुमा सहभागी भइयो 

८.योगा, प्रवचन साथै मनोरञ्जन भय र त्राश मुक्त गर्नको निम्ति टुडिँखेलको सैनिक मञ्चमा कार्याक्रम गरियो ।

९.मृत आत्माको चिर शान्ति र घाइते अपाङ्गको शिघ्र स्वास्थ्य लाभ र देशमा शान्ति समृद्धि होस् भन्ने कामना गर्दै श्री पशुपतिनाथमा लाख बत्ती र बौद्ध स्तुपामा दिप प्रजल्न  गरियो ।

१०.विपतिमा परेका चलचित्र कर्मीहरुलाई राहत वितरण गरियो ।

यस कार्यमा सहकार्य गर्ने संस्थाहरु उद्योग वाणिज्य महासंघ अन्तराष्ट्रिय नेपाली कलाकार समाज मारवाडी सेवा समिति, श्री पशुपति फाउडेसन यू.एस.ए. नेपाल विज्ञापन संघलाई नेपाल चलचित्र कलाकारका संघका तर्फबाट धन्यवाद र विशेष धन्यवाद नेपालका  चलचित्रकमीहरुलाई अब अस्थाइ आवास, पून निमार्ण र नव निमार्णमा जूट्नको लागि अनुरोध गर्दछु । 

(संघ र उद्योग वाणिज्य महासंघ)


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be