कलाकर्मीको सुझाव : अब यसरी अगाडी बढौं

  • News Page
  • Published On: May 19,2015

बैशाख १२ गते आएको शक्तिशाली भूकम्प र त्यसपछि आएका कम्पनले जन मानसमा ठूलो त्रास पैदा भएको छ । भूकम्पबाट धेरैको ज्यान गएको छ भने धेरै घाइते भएका छन् । कैयौं घर भत्किएका छन् चर्किएका घर पनि बस्न मिल्ने छैनन् । अझै पनि मानिसहरु घर भित्र ढुक्क साथ बस्न सकिरहेका छैनन् । धेरै जसो मानिसको रात त्रिपाल मुनि बितिरहेको छ । उद्योग कलकारखाना पूर्ण रुपले सञ्चालनमा आउन सकेका छैनन् । मनोरञ्जनको क्षेत्र त अहिले ठप्प जस्तै छ । भूकम्प गएका क्षेत्रमा मानिसको दैनिकी त्रासपूर्ण रुपमा बितिरहेको छ । भूकम्पपछि मानिसको दैनिकी र मनोरञ्जन क्षेत्रलाई कसरी सामान्य तर्फ ल्याउँन सकिन्छ भनेर फिल्म क्षेत्रका केही व्यत्तिलाई गरिएको जिज्ञासामा उनीहरुले यस्तो जवाफ दिएका छन् ।

झरना थापा : यो अवस्थामा सम्हालिएर एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्नु पर्छ । अब पनि डराएर बाहिर नबसौं । आफ्नो कार्यलाई अगाडी बढाउँ । यदि त्यस्तो भएन भने हामी शून्यतामा झर्नेछौं । सरकारको मात्रै मुख नताकौं, आफ्नो पनि बल लगाएर अगाडी बढौं । 

आकाश अधिकारी : यो विपदमा संघ संस्था र व्यक्तिको सहयोग मात्रै पर्याप्त छैन । प्रभावितको पुर्नस्थापनाको लागि राज्य नै सक्रिय हुनुपर्छ । राज्यले राम्रो नीति ल्याउन आवश्यक छ । स्थानिय तहमा पनि सक्रियता देखाउन आवश्यक छ । हामी मानसिक रुपमा पनि बलियो भएर अगाडी बढ्नु पर्छ ।  

केकी अधिकारी : अब हामीले सामान्य जिवनयापन सुुरु गर्न थाल्नु पर्छ । सबैभन्दा ठूलो समस्या भनेको बस्नलाई थियो । हामी जति पनि गाउँ पुग्यौं, ती गाउँहरुमा बस्ने समस्या बाट सबैजना उठिसक्नु भएको छ । स्वयम् प्रभावितहरुमा पनि अब उठ्नु पर्छ भन्ने भावना जागेको हामीले पाएका छौं । मलाई के लाग्छ भने, पहिला हामीले जति काम गथ्र्यौ, अहिले त्यो भन्दा पनि दोब्बर काम गर्न सुरु गर्नु पर्छ । किनभने हामीमा परेको क्षतिलाई पूर्ति गर्न दोब्बर काम गर्न आवश्यक छ । अब देशलाई पहिला भन्दा पनि अझ सुन्दर बनाउँनु पर्छ । विनाश पछि पनि सुन्दर भएका थुप्रै देशहरु छन् ।


आर्यन सिग्देल : पहिलो कुरो त भूकम्प बाट प्रभावित भएकालाई सामान्य जिवनयापन तर्फ फर्काउनु पर्छ र मानसिक रुपमा पनि हामी बलियो हुन आवश्यक छ । तर हामीमा पिडा अझै कायम छ । हाम्रो क्षेत्र मनोरञ्जनको भएकाले पनि सामान्य दैनिकीमा फर्कन केही समय लाग्छ । स्थिति सामान्य नभएसम्म फिल्म क्षेत्रलाई पनि यसरी अगाडी बढाऔं भनेर भन्न सक्ने स्थिति छैन । 

दीपाश्री निरौला : मान्छेको तरंगीत मनलाई स्थिर बनाउँन गाह्रो छ । तर पनि हामी हसाउँने प्रयास गर्दैछौं । मेरो पनि आमा हुनुहुन्न । लाग्थ्यो, आमा बिना बाँच्न सक्दिनं । तर, मनलाई काम र साधनामा लगायो भने अवश्य पनि अगाडी बढ्न सकिंदो रहेछ । फिल्म क्षेत्र अहिले जर्जर देखिएको छ । रात पछि दिन अवश्य आउँछ । फिल्म क्षेत्रलाई गाह्रो छ तर मनोरञ्जन सबैलाई चाहिन्छ । मनोरञ्जनले मनलाई दरिलो बनाउँछ भन्ने हाम्लाई लाग्छ त्यसैले हामी यतिबेला मन दरिलो बनाउने बाटोमा छौं । 


केदार घिमिरे ‘माग्ने बुढा’ : पहिलो भनेको राहत, उद्धार र पुर्नस्थपना थियो, यी कार्यहरु हुँदैछन् । अब भनेको जिवनमा सरलीकरण ल्याउनु हो । । मानिसको जिवनमा सरलीकरण नुहनु जस्तो भयावह समस्या अरु केही पनि होइन । ज्याला मजदुरी गर्ने, जसको बैङ्कमा ब्यालेन्स छैन र जसलाई उधारो पनि पत्याउँदैनन् उनीहरुलाई अहिले धेरै नै समस्या छ । अब हामीले विस्तारै सामान्य जिवन यापन सुरु गर्नुपर्छ ।
सुनिल कुमार थापा : हामी एक हुनुपर्यो । एकले अर्कालाई साथ दिन आवश्यक छ । पहिला मान्छेको मनमा शान्ति ल्याएर फिल्म क्षेत्रलाई अगाडी बढाउनु पर्छ । 

दीपकराज गिरी : होसियार रहँदै अब हामी सामान्य हुनुपर्छ । होसियार यस अर्थमा कि सामान्य धक्काहरु गइरहेको छ । ठूला विपत्ती, हाँसो, खुसी भनेको जिन्दगीको एउटा पाटो नै हो । त्यसैले एउटैमा अल्झेर बस्नु राम्रो हुन्न । अहिले हामी पूर्णतय उच्छृखल हाँसोको कार्यक्रम चाहिं निर्माण गर्दैनौं होला तर, सामान्य हाँसो, विकास र सन्देशका कुराहरु जोडेर कार्यक्रम बनाउँछौ ।  

नन्दिता केसी
 : जे हुनु भइहाल्यो । हल्लाको पछाडी नलाग्न पनि म आग्रह गर्दछु । हामी कलाकारले पनि प्रभावितलाई खुसी पार्न कार्यक्रम गर्न आवश्यक छ । अहिले देशको लागि एकताको जरुरी छ । तुरुन्तै घर निर्माण गर्न सम्भव पनि छैन । अब घर निर्माण गर्दा चाहिं भूकम्प रहित घर निर्माण गर्नु पर्छ  । हामीले अस्थायी घर निर्माण गरिरहेका छौं यसमा सबैलाई जुट्न आग्रह गर्दछु ।  


वेनिशा हमाल : अझै पनि मान्छेहरुमा ठूलो भूकम्प आएर तहसनहस हुने हो कि भन्ने डर छ । धेरैको ज्यान गएको छ, धेरै घाइते भएका  छन् । सामान्य जिवन यापनमा फर्कन केही गाह्रो त पक्कै होला । तर पनि विस्तारै सामान्य जिवनमा फर्कनु पर्छ । बजार बन्द छ, सामानको अभाव छ । हामीले अब सामान्य जिवनमा फर्कने चेतना फैलाउन पनि आवश्यक छ ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be