काठमाण्डूका फिल्म हल खोल्न दुई संघको आग्रह
- News Page
- Published On: May 08,2015
नेपाल चलचित्र निर्माता संघ र निर्माता संघको संयुक्त कार्यदलले राजधानीका फिल्म घरहरु सञ्चालन गर्न आग्रह गरेको छ । आज (बैशाख २५ गते, शुक्रबार) बसेको दुई संघको संयुक्त कार्य दलको बैठकले बन्द रहेका काठमाण्डूका फिल्म घर सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।
कार्य दलको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तीमा ‘लामो समयसम्म चलचित्र भवनहरु बन्द हुन जाँदा चलचित्र व्यवसायमा प्रतिकुल असर पर्न जाने देखिएकाले चलचित्र व्यवसायलाई पूर्ववत् रुपमा लैजान आवश्यक भएकोले सञ्चालन गर्न उपयुक्त चलचित्र भवनहरु क्रमशः सञ्चालन गर्न अनुरोध गरियो’ भन्ने उल्लेख छ । बैशाख १२ गते आएको शक्तिशाली भूकम्पले गर्दा राजधानीका अधिकाशं हलहरु बन्द भैरहेका छन् । मोफसलमा केही हलहरु भने केही दिने देखि सञ्चालनमा छन् ।
०९० सालपछि आएको शक्तिशाली (७.८ रेक्टर) भूकम्पबाट फिल्म हल चर्किएका छन् । तर, भूकम्पबाट कुनै पनि फिल्म हल भत्किएको खबर अहिलेसम्म छैन । भूकम्प आउँदा फिल्म ‘रेशम फिलिली’ प्रदर्शनरत थियो, जुन फिल्म हेर्न अत्याधिक दर्शकको उपस्थिति हलमा थियो ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved