शत्तिशाली भूकम्पपछि राजेशले लेखेको खुला पत्रमा के छ ?

  • News Page
  • Published On: May 03,2015

महाभूकम्पले हामीलाई क्षतविक्षत बनाएको एक साता पुगेको छ । तर, पनि हामी अझैं पूर्णरुपले सम्हालिसकेका छैनौं । त्रास उस्तै छ, पीडा झनै थपिँदै छ । भूकम्पको कारण ज्यान गुमाउनु भएका नेपालीको शव, घाइतेको दर्दनाक अवस्था र देशको खण्डहर दृश्यले झनै पीडा दिइरहेको छ । मृतकहरुको सम्झनामा हामीले आँसु बगायौ तर, बाँचेकाहरु पनि राहत नपाएर मर्दै बाँचिरहेका छन् । अब उनीहरुलाई बचाउँन सबै जुटौं । 

महाभूकम्पमा म

गत शनिबार म कार्यक्रमको शिलशिलमा धरान पुगेको थिएँ । अघिल्लो रात कार्यक्रमको निद्राको कारण सुतिरहेको थिएँ । भूकम्पपछि मान्छेहरु भागदौड गर्दै चिच्याउन थालेपछि ब्युँझे । सुरुमा त सामान्य भन्ने ठाँने । विस्तारै काठमाडौंको खबर सुन्न थालेपछि भूकम्प त ठुलो गएको थाहा भयो ।

म सँगै रहनुभएका हाँस्य कलाकार जितु नेपालले फोन गर्न थाल्नुभयो । विस्तारै थाहा भयो, काठमाडौं ध्वास्त भयो । खबर आयो, धरहरा ढल्यो । ऐतिहासिक सम्पदाहरु माटोमा मिले । समाचार सुन्दै थियौं । मेरो रेष्टुरेन्टको वेटर भाइको फोन आयो । उनले भने, ‘दाइ हाम्रो रेन्टुरेन्ट पूर्णरुपमा ध्वास्त भयो ।’

सबैको ढल्दा मेरो पनि ढल्यो । आफ्नो मेहनतको कमाइ ढल्दा पीडा त हुन्छ नै, त्यो भन्दा बढी पीडा वेटर भाइको बुुवा पनि मेरो रेष्टुरेन्टमै पुरिनुभएछ । उहाँ गाउँबाट छोरालाई भेट्न भनेर शहर आउनुभएको थियो । वेटरले बुवालाई बस्दै गर्नु भनेर चिनी किन्न गएका रहेछन् । त्यही बेला भूकम्प आएर भाइका बुवालाई पुरेछ । यसले चाँहि असाध्यै पीडा दियो । म अनुभुत गर्न सक्छु, मेरो रेष्टरेन्ट भत्किदा त मलाई यति पीडा भएको छ । घर, परिवार गुमाउनेहरुलाई कस्तो पीडा भएको होला रु घाइतेहरुलाई कस्तो होला रु

यी भए मेरा केही भूकम्प अनुभुति । हामीलाई थाहा छ, महाभूकम्पका कारण दसौं हजार नेपालीले ज्यान गुमाएका छन् । त्यसको दोब्बर घाइते छन् । लाखौं(लाख घरबारविहीन भएका छन् । यतिबेला देश महासंकटको बेलामा छ । हामी त्रसित छौं, आत्तिएका छौं । जे हुनुथियो, भयो । अब हामी एक भएर सचेतताका साथ सम्हालिने समय आएको छ । यो महासंकटको बेला सरकार, आमनागरिक, कलाकार र पत्रकार सबैमा केही अनुरोध गर्न चहान्छु ।

सरकारको नाममा

महाभूूकम्पको क्षति अब कसैगरी पुरा हुन सक्दैन । भौतिक संरचना बनाउन सकिएला तर ज्यान गुमाएका हाम्रा प्रियजनलाई कसैगरी पाउन सकिन्न । तर, पनि हामीसँग बाध्यता छ । अब सम्हालिएर अघि बढ्नुुको अर्को विकल्प छैन । सुनिरहेका छौं, संसारले हामीलाई खर्बौं सहयोग गरिरहेको छ । त्यसको सही सदुपयोग गर्न सके देशलाई नयाँ बनाउन सकिन्छ । अब सरकारले वास्तविक पीडितहरुलाई छिटोभन्दा छिटो राहत दिनुपर्छ । उनीहरुको घरबार बनाउन व्यवस्थित योजना बनाउनुुपर्छ ।

पीडितहरुको उद्धार र राहत पहिलो काम हो । तर, समाचारहरुमा राहत पनि भागबण्डा भएको सुनिन्छ । यस्तो कुराले हामीलाई झन् पीडा दिन्छ । बेला यो कुनै पार्टी, समुह, क्षेत्र, जाति र वर्ग छुट्याउने होइन । जो पीडामा छन्, उनीहरुलाई राहत दिनुपर्छ । यस्तो बेला पनि भागबण्डाको कुरा गरिए सरकार र नेतालाई इतिहासले कहिल्यै माफी दिने छैन । यस्तो बेला पनि राजनीति गरेको सुन्दा असाध्यै दुःख लाग्छ ।

जो पीडामा छन्, उनीहरुलाई राहत दिने काम सरकारको हो । आएका राहत सामग्री र रकम दुरुपयोग गर्न दिनुहुँदैन । म अनुरोध गर्न चहान्छु, आजसम्म जे भयो, भ्रष्टचार भयो, अनियमितता भयो । त्यो विगत थियो । अब कम्तीमा यो महासंकटको बेला भ्रष्टचार र अनियमितता रोकौं । यदि कसैले गलत गरेको भए उसलाई समाज र देशबाटै बहिस्कार गर्नुपर्छ । यो महासंकटको बेला आएको राहतको दुरुपयोग गर्ने देशका अपराधी हुन् ।

कलाकारको नाममा

हामी कलाकारहरुलाई देश र नागरिक सबैले माया गरेका छन् । हामीले अभियान चलायौं भने पीडितहरुको राहतका लागि धेरै काम गर्न सकिन्छ । समाचारमा सुनिरहेको छौं, चर्चित बेलायती अभिनेत्री जोअना लुम्लेदेखि बलिउडका सुपरस्टार सलमान खानसम्मले हाम्रो पीडामा साथ दिइरहेका छन् । उहाँहरुले सहयोगको लागि अभियानै चलाउनुभएको छ ।

उहाँहरुको देशमा जति त राहत संकलन गर्न नसकौला । तर जति सक्छौं आजैदेखि गरौं । जति सकिन्छ, आजैदेखि गर्न सबै कलाकारलाई अनुरोध गर्न चहान्छु, । हामी कलकारहरुले देखाउन भन्दा पनि साँचो अर्थमा काम गरौं । ताकि, नेपाली कलाकारहरुको आजको काम देखेर भोलिका पुस्ता पनि नतमस्तक बनुन् ।

आमनागरिकको नाममा

पहिलो कुरा, भूकम्पपछि अब महामारी फैलिने सम्भावना छ । यसप्रति हामी सबै सचेत हुनु जरुरी छ । यसमा हामी सबै सचेत बनौ । भूकम्पबाट पीडितहरु आफ्नै पीडामा हुनुहुन्छ । कम प्रभाव परेकाहरु जो जति छौं, हामी सबै एक भएर उद्धार र राहतमा जुटौं । आर्थिकरुपमा सवल जति पनि नेपालका व्यापारी, उद्योगपतिहरुलाई सकेसम्म सहयोग गर्न पनि म अनुरोध गर्न चहान्छु ।

तपाईहरुको पैसाको खाँचो यतिबेला छ । देशलाई संकट परेको बेला चुपचाप बस्नुभयो भने भोलि अवश्य पनि नागरिकले तपाईं र तपाईंको सम्पत्तीमाथि औंला उठाउनेछन् । विदेशका उद्योगीहरुले धमाधम सहयोगको घोषणा गरिरहँदा नेपालका उद्योगीहरुको उति धेरै कुरा सुन्न पाइएको छैन । यसबेला देशलाई तपाईंहरुको सहयोगको खाँचो छ ।

मेरो आफ्नै कुरा

मैले यसअघि नै महाभू कम्पमा ज्यान गुमाएका बाबुआमाका अनाथ बालबालिकालाई पाल्न चाहेको कुरा यसअघि नै घोषणा गरिसकेको छु । अहिले पुरै देश रोइरहेको छ । एकदुईजनाको सानातिनो सहयोगले केही हुन्न । म यस्तो क्षेत्र वा ठाउँको खोजी गर्दैछु । जुन ठाउँमा केन्द्रित भएर प्रभावकारी सहयोग गर्न सकियोस् । एउटा प्रभावित क्षेत्रको पहिचान गरी त्यहाँ विशेष सहयोग गर्न सकिए राम्रो हुन्छ । अलिअलि बाँडेर राम्रो प्रभाव हु्ँदैन । थोरै भए पनि प्रभावकारी तरिकाले सहयोग गर्न सकियोस् ।

मैले समाजसेवाको लागि यसअघि नै ‘राजेशपायल राई फाउन्डेसन’ स्थापना गरेको थिएँ । त्यस संस्थामार्फत मैले यसअघि धेरै समाजसेवा र निर्माणका काम गरेको छु । महाभूकम्प पीडितहरुका लागि यही संस्थामार्फत विषेश योजना लग्दैछु । विनाशकारी महाभू कम्पले हामीलाई टुटाएको छ । अब सम्हालिएर उठौं । हामी टुटेका छौं, अब जुटौं । आउनुहोस्, एक भएर जुटौं । हामी यसबेला नजुटे कहिले जुट्ने १ यसबेला पनि हामीलाई नदुखे कहिले दुख्ने ?
–राजेश पायल राई

 
राजेशले सञ्चालनमा ल्याएको रेष्टुरेन्ट । यो रेष्टुरेन्ट भूकम्पले गर्दा पूर्ण रुपमा भत्किएको छ । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be