भूकम्पबाट घाईते भएकाहरुको लागि चलचित्र निर्देशक, कलाकार र सञ्चारकर्मीको रगत दान
- News Page
- Published On: April 30,2015
नेपाल चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघको संयुक्त संयोजकत्वमा बिहिबार राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शक्तिशाली भूकम्पमा परी घाईते भएकाहरुको लागि आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा चलचित्र निर्देशक, कलाकार एवं पत्रकार गरी झण्डै एक सयले रगत दान गरेका थिए ।
भृकुटी मण्डपस्थित ब्लड बैङ्कमा कलाकारहरु रमेश उप्रेती, झरना थापा, आर्यन सिग्देल, नम्रता श्रेष्ठ लगायतले आफ्नो रगत दान गरे । कतिपय निर्देशक, कलाकार एवं सञ्चारकर्मीले भने स्वास्थ्य अवस्था बेठिक भएको र अन्य विविध कारणले रगत दान गर्न पाएनन् । निर्देशक आकाश अधिकारीले अस्वस्थता र हास्य व्याङ्ग्य अभिनेत्री दीपाश्री निरौलाले औषधी सेवन गरिरहेका कारण रगत दान गर्न सकेनन् भने रगत भण्डारण गर्ने ठाउँ भरि भएका कारण कतिपय त्यसै फर्किएका थिए ।
रगत दान सँगै भूकम्पबाट घाईते भएका व्यक्ति एवं प्रभावित क्षेत्रमा नेपाली फिल्मकर्मीले आ आफ्नै तवरबाट साथ र सहयोग दिदैं आएका छन् । सरसफाई, स्वास्थ्य शिविर सञ्चालन, खाद्यन्न वितरण देखि भूकम्पले गर्दा निधन भएकाहरुको शवलाई दाहसंस्कार गर्न आर्थिक सहयोग समेत फिल्मकर्मीले गर्दै आएका छन् ।
गएको शनिबार मध्यान्ह् आएको ७.८ रेक्टरको भूकम्पले नेपालका विभिन्न जिल्लाहरुमा ५ हजार बढीको ज्यान लिइसकेको छ भने हजारौंलाई घाईते बनाएको छ । भूकम्पबाट लाखौं व्यक्ति घरवार बिहिन भएका छन् । यस्तो आपत्कालिन घडीमा फिल्मकर्मीले समेत विभिन्न माध्यमबाट सहयोग गर्दै आइरहेका छन् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved