भूकम्पमा परी निधन भएकाहरुको दाहसंस्कार गर्न रेखा थापा र हिमग्यापको आर्थिक सहयोग

  • News Page
  • Published On: April 29,2015

गएको शनिबार मध्यान्ह् आएको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरु प्रति नायिका रेखा थापा र निर्देशक हिमग्याप लामा ‘टासी’ ले सहयोगी एवं साहसी मन देखाएका छन् । यी दुईले भूकम्प प्रभावित प्रति आर्थिक एवं भावनात्मक सहयोग गरेका हुन् ।

भूकम्प गएको साँझ देखि नै प्रभावित रहेका स्थलमा पुगेर अवलोकनका साथै सहयोग गर्दै आइरहेका रेखा र हिमग्यापले बुधबार भने अस्पतालहरु देखि पशुपती आर्याघाट सम्म भूकम्पबाट घाइते भएका तथा निधन भएकाहरुलाई भावनात्मक, नैतिक एवं आर्थिक सहयोग गरे । नायिका रेखा थापा र निर्देशक हिमग्याप लामा ‘टासी’ ले बुधबार मध्यान्ह् विर अस्पताल पुगेर घाईते भएकाहरुको अवस्था नियाल्दै उनीहरुलाई सान्त्वाना दिए । यी दुईले त्यहाँ भने, ‘दुर्घटनालाई शत्तिमा बदल्नुस् ।’


पशुपती आर्यघाटमा राखिएका भूकम्पबाट निधन भएका बेवारिसे तथा आर्थिक अभावले गर्दा सद्गत गर्न नपाइएका शवलाई रेखा र हिमग्यापको आर्थिक सहयोगमा सदगद् गरिएको थियो । भूकम्प आएको दिन शनिबार देखि बुधबार सम्म गरी यी दुईले झण्डै एक दर्जन बढी शवको दाहसंस्कार गर्न आर्थिक सहयोग गर्दै आइरहेका छन् । सहयोग गर्दा पर्न गएको संजोग बारे हिमग्याप भन्छन्, ‘दुई वटा शव त मेरै जिल्ला मुगु को पनि रहेछन् । आफ्नै जिल्लावासी निधन हुँदा म भावुक भएँ ।’ सोही जिल्लाका सभासद् मोहन बाँनियाले राज्यको ध्यान नगएको यस प्रकारको सहयोगमा जिम्मेवार व्यत्तिले गरेको यो सहयोगलाई उदाहरणीय रहेको बताउँदै राज्य लाचर भएको भाव प्रकट गरे ।  


स्वयम् दुई समेत ७ तल्लाको अपार्टमेन्ट बाट बाँच्न सफल भएका रेखा र हिमग्यापले शत्तिशाली भूकम्प पछि आफुले पुर्नजिवन पाएको र गरिरहेको यो सहयोगलाई नितान्त व्यक्तिगत भनेका छन् । आफ्नै रेखा थापा फाउन्डेशन मार्फत विभिन्न सामाजिक सेवा गर्दै आइरहेकी चर्चित एवं हिम्मतवाली नायिकाले हालको सहयोग बारे भनिन्, ‘यस्तो आपकालिन् अवस्थामा जो कोहीले पनि सहयोग गर्न आवश्यक छ । मैंले आफ्नो क्षमताले सकेसम्म सहयोग गर्दै आइरहेको छु ।’ त्यस्तै निर्देशक हिमग्याप लामा ‘टासी’ थप्छन्, ‘यो अवस्थामा हामी सरकारको मात्रै मुख ताकेर बस्नु उचित हुँदैन् । जसले जसरी सहयोग गर्न सक्छ, त्यसरी गर्नु नै उत्तम हुन्छ । मेरो सहयोगमा देश तथा विदेशमा रहनु भएका साथीहरुले पनि साथ दिने वाचा दिनु भएको छ ।’ भूकम्प पछि काठमाण्डूमा संक्रमण फैलने आशंका भैरहंदा रेखा र हिमग्याप स्वयम्ले राजधानीका विभिन्न ठाउँमा माक्स समेत बाँडेका थिए । यी दुईले एकै दिन दुई हजार बढी माक्स सर्वसाधरणलाई बाँडे । 


करिब ५ हजारको ज्यान लिने गरी गएको शनिबार मध्यान्ह् आएको ७.८ रेक्टरको भूकम्पले हजारौं व्यत्तिलाई घाईते बनाएको छ भने लाखौं व्यत्तिलाई घरवार विहिन बनाएको छ । नेपालको यो दुःखद घडीमा देशी तथा विदेशी सरकार, दाता र व्यत्तिले सहयोग गर्दै आइरहेका छन् । यसमा नेपाली फिल्म क्षेत्रबाट नायिका रेखा थापा र निर्देशक हिमग्याप लामा ‘टासी’ प्रत्यक्ष रुपमा सक्रिया भएर लागि परेका छन् ।

 
 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be