शक्तिशालि भुकम्पबाट ७ तलमा यसरी बाँचिन रेखा थापा

  • News Page
  • Published On: April 27,2015

शनिबार करिब मध्यान्ह् १२ बजेतिर गएको ७.८ रेक्टरको भुकम्पबाट दुई हजार बढीको ज्यान गइसकेको छ भने थुपै्र व्यक्ति घाईते भएका छन् । १९९० साल पछि आएको दोश्रो ठुलो भुकम्पले धेरैलाई मृत्युको मुखबाट बचायो । यस्तै मृत्यृको मुखबाट बच्नेहरु मध्ये नायिका रेखा थापा पनि एक हुन् । 

नायिका रेखा थापाले शनिबार मध्यान्ह् आएको महाविपत्तीको घटना यसरी सुनाइन्,  ‘विगत तीन वर्ष देखि म र मेरी आमा चावाहिल (मित्रपार्क) को अम्बे अपार्टमेन्टमा बस्दै आइ रहेका छौं । केही महिना मात्रै भयो हामी अपार्टमेन्टको सातौं तलामा सरेको । शनिबार बिदाको दिन भएकाले बाहिर जाने त्यस्तो कुनै योजना थिएन । टासी दाई (निर्देशक हिमग्याप लामा, टासी) पनि मेरोमा आउनु भएको थियो । मम्मीलाई नशाको समस्या छ । त्यही समस्याको विषयमा बुझ्न दाइले अर्को एक जनालाई लिएर आउनु भएको थियो । हामी चारै जना गफमा मस्त थियौं । एक्कासी सामानहरु बज्न थाले । टोलमा हो हल्ला हुन थाल्यो । पछि त हामै्र अपार्टमेन्ट पनि हल्लिन थाल्यो । हामी चारै जना चिच्याउन थाल्यौं । लाग्यो हाम्रो मृत्य आजै रहेछ । ७ तल्ला माथि भएको मान्छे तल आउन सक्ने अवस्थै थिएन । फेरी मम्मीलाई एक्लै छोडेर भाग्न पनि सकिंन । दाइहरु पनि भाग्नु भएन् । भुकम्पले हल्लाउँदा मम्मी भगवानको नाम जपेर बस्नु भयो, म चाहिं मम्मी, मम्मी भन्दै चिच्याइ रहें । जब अपार्टमेन्ट हल्लिन छाडे जस्तो भयो हामी सबै जना खाली खुट्टा ७ तल्लाबाट तल झर्र्यौं । बाहिर निस्कंदा सबै जना अम्बेका मान्छे मरे भनेर बसेका रहेछन् । मलाई पनि लाग्यो हामी मरेर बाँच्यौं ।’


रेखा वेलिविस्तार लगाउँछिन्, ‘भुकम्प आएको दिन देखि मम्मी र म बाहिरै छौं । चक्रपथको एक सुरक्षित क्याफेमा अन्य साथीहरुसँग बसिरहेका छौं । भुकम्प आयो कि हामी सबै बाहिर निस्कन्छौं । सोमबार मात्रै मम्मीलाई लिएर अम्बे अपार्टमेन्ट फर्कें । त्यहाँ पुग्दा लाग्यो, यो सपना हो कि विपना हो ? त्यत्रो ठुलो भुकम्प आउँदा पनि बुवा (स्व.) को फोटो चाहिं भुइँमा झरेका रहेनछ । लाग्यो, बुवाको फोटोको अनुहार पनि अध्याँरो भएको छ । कपडा फेरेर आवश्यक सामान लिएर फेरी मम्मलिाई लिएर सोही चक्रपथको क्याफेमा फर्किएको छु । त्यो दिनको डर अझै हटेको छैन । कति दिनसम्म डरमा बस्नु पर्ने हो, अझै थाहा छैन । मनमा डर पालेरै भएपनि सोमबार दिउँसो पशुपती, रंगशाला लगायत क्षेत्रमा जाने हिम्मत जुटाएँ । पशुपतीमा मृतकका आफन्तको आँखामा आँसु देख्दा मेरा पनि आँखा रसाए । रंगशालामा आश्रय लिएर बसिरहनु भएका दिदी बैनी, दाजु भाई र साना साना नानीहरुको अवस्था देख्दा साहै्र मन छोयो । मैंले उहाँहरुलाई दिन सक्ने भनेको हिम्मत मात्रै हो किनकी म पनि भुकम्प प्रभावित भएको छु । सबैलाई हिम्मत नहार्न आग्रह गरें । मेरो आग्रहमा उहाँहरुको अनुहारमा चमक देखें । त्यसपछि मेरो मन पनि केही उज्यालो भयो । यस्तो विपत् कहिल्यै नओस्, मेरो मात्रै होइन हामी सबैको कामना यही छ ।’ 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be