मिस नेपालले भिडियो अन्र्तवार्ता डिलिट गर्न लगाइन्
- News Page
- Published On: April 22,2015
एकछिन अघि भनिरहेकी थिइन्-'मलाई जहिल्यै हाँसिरहन मन पर्छ । जीवन भनेकै हाँसो हो । तपाई विश्वास गर्नुहुन्न होला, म विहान उठ्नेवित्तकै ऐना हेर्छु, राति पनि ऐना हेर्छु । र, ऐनामा आफूलाई हाँसिरहेको हेर्न चाहन्छु । सायद यही गुणले म मिस नेपाल भएकी हुँ ।'
अन्र्तवार्ताको क्रममा शब्दपिच्छे मुस्कुराहट र करिब ९० प्रतिशत अंग्रेजीमा जवाफ दिइरहेकी नवघोषित 'मिस नेपाल २०१५' इभाना मानन्धरले शैली देखेपछि एकछिन म ट्वाल्ल परेको थिएँ । मनमनै लागेको थियो, वाह् क्या कन्फिडेन्ट रहेछ यिनमा । तपाईका तीन रहस्य के हुन् ? यो प्रश्न र्झन नपाउँदै इभानाले तुरुन्तै जवाफ फर्काइन्, 'मैले अमेरिकामा स्टुडेन्ट अवार्ड जितेको कसैलाई थाह छैन, विजनेश अवार्ड जितेको पनि कसैलाई थाह छैन र मेरो भविष्यमा विजनेश प्रमोशन गर्ने चाहना पनि कसैलाई थाह छैन ।'
फेरि मैले प्रश्न गरें, तपाईलाई आफ्नो सुन्दर पक्ष के लाग्छ ? उनले गर्वसाथ पुरानै कुरा दोहोर्याइन्- 'मेरो मुस्कान । म जहिलै अरुलाई मुस्कान दिएर रिझाउँछु । अनि म मुस्कुराउँदा मेरा दाँतले सबैलाई मोहित गर्छ ।' उनले यसो भनिरहँदा सहकर्मी उद्धव थापा क्लिक-क्लिक तस्बिर लिइरहेका थिए । आफ्नो मुस्कान र हाँसोको बारेमा करिब पाँच मिनेटजति उनले वर्णन गरिरहिन् । उद्धवजीलाई अनुरोध गर्दै थिइन्, प्लिज मेरो राम्रो-हँसिलो तस्बिर मात्र हाल्नु होला है.. । तर, इभानाको हँसिलो संसारको वास्तविक रुप धेरैबेर टिक्न सकेन । फिल्मीशैलीमा उनको अनुहारमा हाँसो हरायो । उनले एकाएक आफ्नो रौंद्र रुप देखाउन थालिन् । घरी यता, घरी उता हिड्दै बम्किन थालिन् । भनिन्, 'भिडियो किन खिचेको ? यो डिलिट गरिदिनुस् । खै मोबाइल यता ल्याउनुस् त, म डिलिट गरिदिन्छु ..।'
भर्खरै मिस नेपाल घोषित इभानासँगको अन्तर्वार्ताको क्रममा यस्तो परिघटना आउला भन्ने मैले सोचेकै थिइनँ । मुलुकको युवतीहरुको एक तप्काको प्रतिनिधित्व गर्ने भएकाले मिस नेपालका धारणाहरु सबैको चासोको विषय हुन् । खासगरी युवा वर्गको प्रतिनिधित्व गर्ने मिस नेपालले युथसँग सम्बन्धित जिज्ञाशाहरु मिस नेपालले मेटाइदेलिन् भन्ने मेरो अपेक्षा थियो । अघिल्ला मिस नेपालहरुसँग सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेकाले इभानासँग पनि सबै विषयमा खुलेर कुरा गर्नुपर्छ भन्ने लागिरहेको थियो । अझ अमेरिकामा पढेर फर्किएकाले उनको खुल्लापन बारेमा स्वभाविक रुपमा अरु मिस नेपालभन्दा बढी आशा थियो । किनभने, अमेरिकी समाजको खुल्लापन र त्यहाँको संस्कारका बारेमा बेला-बेलामा सुन्न पाइन्छ । त्यहीबीचमा मैले उनीसँग 'प्रेम के हो ?' भनेर जिज्ञाशा राखें । अघिसम्म मुस्कुराइरहेकी इभाना प्रश्न सुनेपछि नाक खुम्च्याउँदै जवाफ दिइन् । खासगरी, युवा पुस्ता, प्रेम, विवाह र यौनजस्ता विषयहरुमा मिस नेपालका विचारहरु पनि सार्वजनिक चासोका विषयहरु हुन् । मनोरञ्जन अन्तर्वार्तामा त झन यस्ता प्रश्नहरुलाई त फरक सेगमेण्टकै रुपमा प्रस्तुत गर्ने चलन संसारभर छ । हरेक मानिसले आफ्नो आइडलबाट सौहार्दता, अनुशासनको आशा गर्छ । मिस नेपालबाट त झन त्यो आशा गरिनु अस्वभाविक होइन । तर, अन्तर्वार्ता नसकिदैं बीचमा इभाना आफ्नो कुर्सीबाट उठिन् । हामीले थप दुई प्रश्नमात्र रहेकाले केही छिनका लागि अन्तर्वार्तामा बसिदिन आग्रह गर्यौं । उनी कुर्सीतिर फर्किइन् । त्यही बेला मैले तपाईको बुझाइमा 'सेक्स के हो ?' भनेर सोधें । उनी एकाएक सिटबाट जुरुक्क उठिन् र ढोकातिर गइन । 'यो एकदम पर्सलन प्रश्न भयो । आइ थिंक दिस इज टु मच । दिस इज इन अफ । महिलाको रेस्पेक्ट गर्न जान्नुस् ।' उनी जोड-जोडले बोल्न थालिन् । त्यसपछि अचानक उनको आँखा मोबाइलमा रेकर्ड भइरहेको भिडियोतर्फ मोडियो ।
मिस नेपाल बाहिरै सुनिनेगरी कराउन थालेपछि मलाई एकाएक अनौठो लाग्यो । हैन, किन यिनले यति जोड-जोडले बोलिरहेकी छिन् ? ५ मिनेट अघिसम्म हँसिलो अनुहार र मुस्कानको बखान गर्ने यी सुन्दरीको रौद्र रुपमा किन फेरियो ? एकछिन हल्लाखल्ला भएपछि हिडेन ट्रेजरकी प्रमुख कार्यकारी अधिकृत श्वेता सिंह आफै हामी अन्तर्वार्ता गरिरहेको रुमभित्र छिरिन् । उनले घटनाको वास्तविकता जान्ने प्रयास नै गरिनन् । र, उनी पनि ठूलै स्वरमा आदेश दिन थालिन्-'त्यो मोबाइल दिनुस् ।' मैले आफ्नो आइफोन स्वेतालाई दिएँ । उनले आफैं माेवाइल चलाएर भिडियाे अन्र्तवार्ता डिलिट गरिन् ।
त्यति मात्रले पनि उनको चित्त बुझेन क्यार, अनि मेरो आइफोन चेक गर्न मिस नेपाल इभानालाई थमाइन् । इभाना मेरो मोबाइल सर्च गर्न थालिन । त्यसपछि माहौल यसरी धमिलियो, मानौं मैले उनको अन्तर्वार्ता होइन्, अरु नै भिडियोहरु रेकर्ड गरेर लुकाएको हुँ । त्यसबाहेक इभानाले अडियो रेकर्ड पनि डिलिट गर्न भनिन् ।
उसो त इभानाको अन्तर्वार्ताकाे समय लिँदा अडियो खिच्ने पाइने कि नपाइने ? भिडियो खिच्न पाइने कि नपाइने ? कस्ता प्रश्न गर्न पाइने ? कस्ता प्रश्न गर्न नपाइने ? नपाइने भन्ने विषयमा हामीलाई कसैले बताएको थिएन । मिस नेपालको अन्तर्वार्ता मिलाउने व्यक्ति तिनै थिइन्, जो सन् १९९९ की मिस नेपाल हुन् । तिनै स्वेता मिडियाकर्मीसँग हुँकारशैलीमा प्रस्तुत भएको देखेर मलाई निकै हृयुमिलियट अनुभूति भयो । पछि इभानाले आफ्नो अन्तर्वार्तासमेत नछाप्न भनिन् ।
दशक लामो पत्रकारिता जीवनमा सयौं अन्तर्वार्ता गरेँ । अधिकांश राजनीतिक नेताहरु, सेलिब्रेटी, हिरो-हिरोइनहरु, चर्चित खेलाडीहरु ...यस्तै-यस्तै । नेपालीपत्रमा 'फर्केका नेपाली' स्तम्भ लेख्न थालेदेखि त विदेशबाट फर्केर स्वदेशमा उद्यम गरिररहेका दर्जनौं नेपालीको अन्तर्वार्ता गरियो । त्यो क्रम अझै जारी छ । ती मध्ये अधिकांश अन्तर्वार्ता एक्लै लिएको थिएँ ।
तर, बुधबार अपरान्ह एउटा संवाददाताका रुपमा अन्तर्वार्ता लिँदा करिअरकै झुर अनुभव भयो । यो क्षण अहिले पनि लागिरहेको छ, वेक्कारमा यी सोकल्ड सुन्दरीको अन्तर्वार्ता लिन गएछु । १० मिनेटअघि यिनै सुन्दरीले 'वास्तविक सुन्दरता रुपमा हुँदैन, दिल र व्यवहारमा झल्किन्छ' भन्दै थिइन् । साँच्चै लाग्यो, यिनले असली सुन्दरता १० मिनेटमै झल्काइदिइन् । अमेरिकामा बिजनेश पढेर अवार्ड जितेको बताउँने यी सुन्दरीको सुन्दरताको परिभाषाको मुल्य पनि राम्रैसँग बोध गरेकी रहिछन् । धन्य-मिस नेपाल इभाना ।
साभार : नेपालीपत्र डटकम
प्रस्तुती : जनक तिमिल्सिना
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved