गीत हिट, फिल्म फ्लप : कुन हिट कुन फ्लप ?

  • News Page
  • Published On: December 31,1969

‘म त मर्छु कि क्या हो ठूली’ , गएको भदौ ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ठूली’ को टाइटल गीत हो यो । फिल्म रिलिज हुनुभन्दा दुई महिनाअघि सार्वजनिक भएको यो गीतलाई दर्शक र श्रोताले रुचाए । युट्यूब च्यानलबाट मात्र ६ लाख बढीले हेरेको उक्त गीतका अघिल्ला पंक्ति युवाहरुको जिब्रोमै झुन्डिएको थियो । राजेश पायल राई अहिलेपनि यो गीतका लागि ‘वान्स मोर’ आउने भएपछि दोहो¥याई–तेह¥याई गाउँछन् । गीत हिट भएपछि त्यसले दर्शकलाई हलको बाटो देखाउला भन्ने निर्माता, निर्देशक र कलाकारमा आशा हुनु स्वाभाविकै हो । तर गीतले फिल्मका लागि केही पनि गर्न सकेन । ‘बिर्खेलाई चिन्छस्’ ले धेरैलाई छोयो । फिल्मको यो शिर्ष गीत धेरै बिर्खेको थेगो पनि बन्यो । रमाईलो ढंगले गाइएको यो गीतलाई श्रोताले चिनेपनि फिल्मलाई दर्शकले चिनेनन् ।
यि दुई गीत प्रतिनिधि हुन् । यो वर्ष धेरै यस्ता गीत सुनिए तर फिल्म हेरिएनन् । गएको कार्तिकमा प्रदर्शन भएको फिल्म ‘स्टुपिड मन’ अर्को उदाहरण हो । यो फिल्ममा समावेश स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘तिम्रो आखाँमा आँसु हेरी ’ निकै रुचाइयो । युट्यूबबाट मात्र यो गीतलाई ५ लाखभन्दा बढीले हेरे । यो संगै फिल्मका अन्य गीतहरु ‘एउटा सानो घर’, ‘स्टुपिड मन’ पनि दर्शकले रुचाएका थिए । तर गीतको लोकप्रियता फिल्मका लागि फाइदाजनक भएन । नेपालमा गीत हिट हुँदा त्यसले दर्शक तान्ने मान्यता छ । त्यसैले निर्माता निर्देशकले पोस्टरसंगै गीतहरु सार्वजनिक गर्छन् र त्यसपछि मात्रै प्रोमोको पालो आउँछ । ‘स्टुपिड मन’ निर्देशक दिवाकर भट्टराई भन्छन्– ‘गीत हिट भयो भने फिल्म चल्नलाई सघाउ पुग्छ तर यो मात्रै काफी होइन् ।’ गीतलाई निःशुल्क सुन्न सकिने र फिल्म हेर्न पैसा खर्च गनुपर्ने भएकाले पनि नेपाली श्रोताहरु हलसम्म नपुग्ने गरेको उनको तर्क छ । ‘गीत त यात्रा गर्दागर्दै पनि सुन्न सकिन्छ तर हलमा गएर फिल्म हेर्न त समय मिलाउनुपर्छ’, उनले भने– ‘समय मिलाउँदा–मिलाउँदै फिल्म हलबाट उत्रिसकेको हुन्छ ।’ चर्चित पाश्र्व गायक स्वरुपराज आचार्य राम्रो गीतले फिल्म चल्नमा ५० प्रतिशत सघाउ पुयाउने बताउँछन् । ‘फिल्मको कालान्तरसम्म सम्झिने गीत नै हो’ उनले भने । तर ‘म्युजिक मेकिङ’ मा भएजस्तो मिहेनत ‘स्क्रिप्टीङ’ मा नहुँदा धेरै नेपाली फिल्म फ्लप हुने उनको बुझाई छ । ‘गीत बनाउन निकै मिहनेत गरिन्छ तर स्क्रिप्ट र प्रस्तुती भने ‘झुर’ हुन्छन्’, उनले भने । गीतको मात्र भर परेर फिल्म नचल्ने उनले बताए । गीतको प्रभाव फिल्ममा किन देखिन छाड्यो ? गीतलाई हिट बनाएर फिल्म चलाउने निर्देशकका रुपमा चिनिएका योगेश घिमिरे भन्छन्– ‘ मार्केटिङ , हल र बजार व्यवस्थापन फितलो हुनु नै यसको मुख्य कारण हो ।’ उनी निर्देशित फिल्म ‘नोटबुक’ गएको वर्षको सफल फिल्म हो । फिल्ममा समावेश ‘गाला रातै’ अझै पनि दर्शकमाझ लोकप्रिय छ ।
यो वर्ष प्रर्दशनमा आएको फिल्म ‘जिन्दगी रक्स’ का ‘लखर लखर’ र ‘चोखो माया’ बोलका दुई गीत चर्चामा थिए । सुगम पोखरेल र ¥यापर गिरिशको स्वर रहेको फिल्मको प्रमोसनल सङ ‘लखर लखर’ र कमल खत्रीको ‘चोखो माया’ दुवैलाई पाँच लाखभन्दा बढी दर्शकले हेरेका छन् । तर त्यसको प्रभाव फिल्ममा देखिएन । कुमार भट्टराई निर्देशित फिल्म ‘उत्सव’ को ‘लौ सुन’ बोलको गीत पनि रुचाइएको थियो । ‘टलकजंग भर्सेस टुल्के’ को ‘नाचन मैया नाच’ बोलको गीतमा धेरै दर्शक नाचे । बिहे, भोज, पार्टी सबैमा गीत धन्कियो । यो गीतमा नाच्ने दर्शक हलमा पुगेका भए फिल्मको हिसाबकिताब नै अर्कै हुन्थ्यो । फिल्म ‘अलविदा’ को ‘जिन्दगीका दुई पल’ र ‘आभाष’ को ‘तिम्रो तस्विर’ बोलको गीत रुचाइएकै हुन् । सौगात मल्ल अभिनित फिल्म ‘श्री पाँच अम्बरे’ को पनि ‘यो मनमा हमेशा’ बोलको गीत चर्चामा थियो । सुपरहिट फिल्म ‘आगो’ को सिक्वेल ‘आगो २’ को राजेशपायल राई र आस्था राउतको स्वरमा रिमेक गरिएको गीत ‘माया बस्यो मुटु’ लाई पनि दर्शकले नरुचाएका होइनन् । तर यो फिल्मले पनि व्यापारिक हिसाबले पानी भन्न पाएन् ।

साभार : शुक्रवार साप्ताहिक, अनिल यादव 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be