‘म फरार भएको छैन, मसँग जोडेर रेखाको बद्नाम नगर्नुस्’ : सुदर्शन

  • News Page
  • Published On: March 20,2015

रेखा फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘हिम्मतवाली’ मा महत्वपूर्ण पात्र भएर अभिनय गरेका कलाकार सुदर्शन गौतमले साप्ताहिक ‘दृष्ट्रि’ पत्रिकाले प्रकाशन गरेको समाचारप्रति खण्डन गर्दै आफ्ना अभिव्यक्ति बाहिर ल्याएका छन् । दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सुदर्शनले उक्त पत्रिकामा प्रकाशन भएको समाचार झुठो भएको र दोषी ठहरिए आफु कारबाही भोग्न र लड्न समेत तयार रहेको उल्लेख गरेका छन् । त्यस्तै आउँदो वर्षको भदौमा फिल्म ‘सुपरहिरो’ निर्माणमा नेपाल फर्कने भन्दै नायिका रेखा थापालाई आफुसँग जोडेर बद्नाम नगराउन समेत उनले आग्रह गरेका छन् । परिवार सहित क्यानडा बस्दै आएको सुदर्शन व्यावसायको लागि केही महिनादेखि अमेरिकामा छन् । अमेरिकाबाटै कलाकार सुदर्शन गौतमले जारी गरेको अभिव्यक्तिको पूर्ण पाठ यस्तो छ ।  
सुदर्शन गौतम मृत्यलाई जितेर आएको मर्द हो । फरार र भागेर हिंड्ने लाचार र नामर्द होइन् । नायिका रेखा थापा मेरो गड फादर हो । म फरार रे ? भाद्र बाट ‘सुपर हिरो’ फिल्म को शूटिंग लागि नेपाल म । दृष्ट्री साप्ताहिक, जन आस्था तथा अनलाइन समाचारहरुमा मेरो बारेमा आएको समाचार पद्ने मौका पाउदा बहुत हाँसो आयो । म करोडौं रुपैयाँ लिएर फरार भएँ रे , भयो त् अब ? यो समाचार संगै कुन पुलिस चौकी मा मेरो केस पर्यो दर्ता नम्बर संगै, र को को संग पैसा लिएर फरार भएको थिए ? विस्तृतमा लेख्नु भएको भए झनै आभारी हुने थिएँ । सुदर्शन गौतम मृत्युलाई पनि जितेर आएको मर्द हो । फरार र भागेर हिड्ने लाचार र नामर्द होइन । यदि गल्ति मैंले गरेको नै थिएँ भने पनि, समस्यासँग जुद्ने र सामाधान गर्न सक्ने क्षमता भएको मान्छे हुँ म । भागेर हिंड्ने कायर होइन ।  मलाई बहुतै दया लागेर आयो दष्ट्री साप्ताहिक र अरु समाचार पत्रिकाहरु संग जसले यो समाचार साभार गरेर मलाई साथै नायिका रेखा थापालाई सुनियोजित तरिकाले बदनाम गरियो ।  तिनै पत्रिकाहरु जसले दिल शोभा दिदि जस्तो मान्छे लाई त मर्नु न बाँच्नु को आरोप लगाएर बिजेत गर्नु भयो । अब म के भनौं यो बिषय मा ।  

म बिगत ७ वर्ष देखि क्यानाडा बस्छु । क्यानाडा मेरो घर हो । नेपाल मा फिल्म ‘हिम्मतवाली’ को रिलिज पछि म आफ्नो देश फर्किएको हो र अहिले आफ्नो ब्यापार व्यावसाएको सिलसिलामा म अमेरिकामा छु । केहि महिना देखि म जहाँ छु खुलम खुल्ला बसेको छु यो कुरा सबै लाई थाहा छ । फेरी म कसरी फरार भए ? अर्को कुरा मेरो आगामी चलचित्र ‘सुपर हिरो’ को सुटिंगको लागि म नेपाल आउदै छु । २ महिना पछि, फरार व्यक्ति के फेरी सुटिंगको लागी नेपाल जान सक्छ त ? म तपाईहरु को पत्रकारिता देखेर ३ छक्क परेको छु ।  जे मन लाग्यो त्यो कुरा लेख्नु त राम्रो भएन नि ?

म सानै थिएँ ।  नायिका श्रीषा कार्कीले झुन्डिएर आत्महत्या गर्नु भएको समाचार सुन्दा । आज त्यो दिन मलाई याद आयो । मान्छेको ज्यान मार्ने यो सजिलो उपाय रहेछ, भ्रामक समाचार पनि । यो मान्छे मारेको भन्दा ठुलो अपराध हो बिना प्रमाण झुटो समाचार लेखेर मान्छेलाई दोसी बनाउनु ।  देश मा कानुन छ, पुलिस, प्रशासन छन्, पत्रिका को काम दोषी प्रमाणित भएपछि मात्र समाचार बनाउनु हो ।  तपाई त् कानुन भन्दा माथि हुनु भयो पत्रकार ज्यु ।  तर यी कुराहरु भन्दै गर्दा यो भान नहोस् कि म डराएँ, म श्रीषा कार्की जस्तो कमजोर मान्छे होइन । मैले गल्ति गरेको छु भने सजाएँ भोग्न पनि र होइन भने लड्न पनि तयार मर्द हु ।  

रेखा थापा र मेरो प्रसंग 

नायिका रेखा थापा यस्ती रे उस्ती रे भनेर चरित्र हत्या गर्ने समाचारहरु पत्र पत्रिका मा मैले बिगत ८,९ वर्ष देखि पढ्दै आएको थिएँ र मैले रेखालाई यी कुराहरु के हो भनेर सोध्दा उनि जबाफ दिन्थिन कि, यो देशमा रेखा थापा, गिरिजा कोइराला र प्रचण्डको कुरा नकाटी लेखेको समाचार पनि बिक्छ र भनेर ।  रेखा यस्तो गलत समाचार को कुरा पनि सुन्न चाहदिथिनन् । कारण थियो कि प्रत्यक मान्छेको आशा रेखा थापाले पुरा गर्न सक्दैन थिइन् । जब मानिसका आशाहरु निराशामा बद्लिन्थे तब तिनै मानिसहरु रेखा थापाका बर्गीय सत्ताको रुप धारण गर्थे । आजको यो समाचार पनि त्यस्को नै एउटा नमुना हो । मेरो काम र नाम जोडेर रेखा थापालाई बदनाम गराउन खोज्नु यो कतै को पनि न्यायपूर्ण काम होइन र यदि मैले गल्ति गरेको रहेछु नै भने पनि रेखा थापाको नाम नजोडी तपाईहरु को समाचार बिक्दैन थियो र ? बारम्बार रेखा थापाले सुदर्शन गौतमलाई युज गरिन् रे,  मिस युज गरिन् रे, पैसा खाईन् रे, यस्तो रे उस्तो रे, सुदर्शन ले ‘हिम्मतवाली’ मा पैसा लगानी गरे रे । के हो के यो सबै ? लाग्छ यो देशमा त् रेखा बाहेक अरु कोहि फिल्म नै बनाउदैनन् । अरु कलाकार नै छैनन् । सिधा मेरो कुरा के हो भने, रेखा थापा मेरो गड मदर र फादर हुन् ।  नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रगोगको रुपमा मलाई नयाँ परिचय दिलाउने नयाँ सोच र विचार बोकेकी र नेपाल राष्ट्रलाई बहुत माया गर्ने नेपाली नारी हुन् ।  सुदर्शन गौतमको रेखा थापाप्रति यो सास रहन्जेलसम्म सम्मान र आदर रहने छ । हो हामी एक अर्कालाई माया गर्थ्यौं, गर्छौ र मर्ने दिन सम्म पनि गरि रहन्छौ । हामी असल साथी  हौं ।  साथी मात्र नभएर एउटा परिवार को सदस्य पनि हो म । २ दिन नबोल्दा र फेस बुकमा कमेन्ट मैंले नगर्दा रेखा थापासंग मेरो समन्ध बिग्रिएको हुंदैन।  रेखा थापा को बिबाह समारोहमा मात्र होइन कि मेरो उपस्थिति उनीहरुको बच्चाहरुको बिबाहमा सम्म पनि सामिल हुने समबन्ध हो यो ।  सानो तिनो हावाहुरी ले यो समन्ध बिर्गान सक्दैन ।  अर्को कुरा ‘चलचित्र’ हिम्मतवाली मा मेरो लगानी छैन । मेरो पैसा रेखा ले खाने होइन बरु हिसाब गर्ने हो भने बरु मैले नै उनलाई तिर्नु पर्छ होला । तपाईहरु जस्तो रास्ट्रिय इस्तरको पत्रिकामा कलाकारहरु को यस्तो झुटो र हावा समाचार लेखिनु राम्रो होइन । जति पनि पत्रकार साथिहरु जसले मलाई विश्वास गरेर यो समाचार साभार गर्न जरुरी ठान्नु भएन म उहाँहरु प्रति धेरै नै आभारी छु र तपाईहरुको विश्वासमा कमी आउन पनि दिने छैन । जो जसले जानी नजानी सुनेको भरमा समाचार बनाउनु भयो बहुत दुःख लागेको छ, उहाँहरुप्रति ।  

धन्यवाद 

सुदर्शन गौतम 

टेक्सास, अमेरिका


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be