दुर्गिश ब्यानरमा नयाँ कलाकार यसकारण : निर्माता रावल भन्छन, ‘म लिएर आउँछु अकबरी सुन’

  • News Page
  • Published On: March 13,2015

सुनिल रावलको परिचय नेपाली फिल्म क्षेत्रमा सफल निर्माताको छ । दुर्गिश ब्यानरमा सुनिल रावलले निर्माण गरेका ‘सायद’ र ‘होस्टेल’ फिल्महरु व्यावसायिक रुपमा भए । दुर्गिश ब्यानरका अघिल्ला दुई फिल्महरुदेखि आगामी प्रदर्शनमा आउने फिल्म ‘होस्टेल रिटन्र्स’ मा समेत निर्माता रावलले नयाँ कलाकारलाई अवसर दिएका छन् । दुर्गिश ब्यानरका फिल्ममा किन नयाँ अनुहारले मात्रै अवसर पाइरहेका छन् ? कलाकार समेत रहेका निर्माता रावलले यसको रहस्या खोलेका छन् । 

दुर्गिश ब्यानरमा नव कलाकारले पाइरहेको अवसर बारे निर्माता एवं कलाकार सुनिल रावल भन्छन्, ‘प्लस टु पछि म मा हिरो बन्ने भूत चढेको थियो । अहिलेका नाम चलेका निर्देशकले मलाई पाँच लाखसम्म पैसा माग्नु भएको थियो । फिल्म नबनाउनु भन्दा अगाडी मैंले फिल्म क्षेत्रमा निकै खर्च गरेको छु । अरु म जस्ता कलाकार बन्न चाहना राख्ने व्यक्तिलाई दुःख नपरोस् भनेर नयाँ व्यक्तिलाई मैंले मेरो ब्यानरको फिल्ममा ल्याइरहेको छु ।’ फिल्म ‘सायद’ मा सुनिलले निर्देशक नारायण पुरीका पुत्र संयम पुरीलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गराएका छन भने कलाकार विल्सन विक्रम राई पनि ‘सायद’ रिलिज पछि चर्चामा आए र फिल्मसँगै देश तथा विदेशका कार्यक्रममा व्यस्त बने ।
उसो त फिल्म ‘सायद’ लाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्ने कुरा थियो । तर, पछि यो फिल्मलाई सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गरे । निर्माता रावलको कथा कन्सेप्ट युवा दर्शकमाझ हिट बन्यो । निर्माता रावल सम्झन्छन्, ‘निर्देशक सुरज सुब्बा नाल्बोले सुरुमा बाउ र छोराको कथा ल्याउनु भएको थियो । पछि त्यसलाई दाजु र भाइको कथा बनाइयो । जुन विषय मलाई पनि राम्रोसँग थाहा थियो । सुरजजीले पछि सोही कथामा ‘फेसबुक’ फिल्म बनाउनु भयो ।’ फिल्म ‘सायद’ प्रदर्शनताका संविधान सभा भंग हुने चर्चा थियो । जुन समयमा फिल्म प्रदर्शन नगर्न धेरैले आफुलाई सल्लाह दिएको निर्माता रावलले खुलाएका छन् । निर्माता रावल भन्छन्, ‘डिस्ट्रिव्युसन कम्पनी डिसिएनले पनि त्यो मितिमा ‘सायद’ प्रदर्शन नगर् भनेको थियो । तर मैंले मनोरञ्जनलाई कुनै पनि अवरोधले छेक्न सक्तैन भनेर फिल्म प्रदर्शन गरें र सफलता पनि पाएँ ।’

फिल्म ‘सायद’ सफलताको श्रेयकर्ता मध्येका एक हुन् आशिष भेटुवाल । आशिषले अहिले फिल्म ‘जंगबहादुरको कोट’ बनाएका छन् । सुनिल सम्झिन्छन्, ‘आशिषले मलाई फेसबुकमा एक सय बढीसँग ‘सायद’ प्रदर्शन गर्ने बारे ग्रुप च्याट नै गराएका थिए ।’ निर्माता रावलले आफु कलाकार हुनुको श्रेय भने निर्देशक सुरज सुब्बा ‘नाल्बो’ लाई दिन्छन् । निर्देशक नाल्बोकै होसलामा उनी फिल्म ‘सायद’ मा कलाकार भएका थिए । बन्दका बवजुद पनि आफ्नो पहिलो फिल्म ‘सायद’ हिट भएपछि निर्माता सुनिल रावल फिल्मी बजारमा चिनिए । उनको धेरैसँग सम्पर्क बढ्न थाल्यो । धेरै युवा पुस्ताले आफुलाई अवसर दिनु भन्ने प्रकारको संवाद निर्माता रावलसँग गर्दथें । युवा पुस्तालाई अवसर दिनुपर्छ भन्ने सुनिलको पनि सोच थियो । यस्तै मध्यैका एक थिए, हेमराज विसी । हेमराजले मुम्बईदेखि निर्माता रावललाई फेसबुकमा सन्देश पठाएका थिए । सुनिल भन्छन्, ‘सुरुमा त्यति रेस्पोन्स दिएको थिइँन । तपाईंको साथीको भाई हुँ भनेपछि हेमराज र मेरा भेट भयो ।’  


दुर्गिश ब्यानरमा फिल्म निर्देशन गर्न हेमराज  आफ्नै कन्सेप्ट लिएर सुर्खेतदेखि निर्माता रावलसँग भेट गर्न काठमाण्डू आएका थिए । भेटपछिको छलफलपछि हेमराजको कन्सेप्टमा फिल्म बनेन । सुनिल आफैंले हेमराजलाई कन्सेप्ट दिए र एक साता नगरकोटमा बसेपछि फिल्म ‘होस्टेल’ को स्क्रिप्ट हेमराज विसीले तयार गरे । फिल्म ‘होस्टेल’ का लागि धेरै कलाकारहरु हेरिएका थिए । तर, अन्त्यमा अनमोल केसी, सलोन बस्नेत, रिस्ता बस्नेत, गौरव पहारी र प्रकृति श्रेष्ठ पक्का भए । नयाँ अनुहारलाई लिएर निर्माण गरेको दोश्रो फिल्म ‘होस्टेल’ पनि सफल भयो । ‘होस्टेल’ का मुख्य पात्र अनमोल केसी अहिले नेपाली फिल्म क्षेत्रमा स्टार एक्टर बन्ने पथमा छन् । अनमोलकै कारण फिल्म ‘जेरी’ हेर्न युवा दर्शक हलसम्म ओइरिएका थिए ।  फिल्म ‘होस्टेल’  प्रदर्शन पछि दुर्गिश ब्यानर झण्डै ६ महिना जसो विश्राममा बस्यो । सुनिल भन्छन्, ‘विश्राममा बस्दा धेरै ठाउँबाट धेरै प्रकारको जिज्ञासा आयो । त्यसपछ मैंले ‘लभ नम्बर’ बनाउने पक्का गरें ।’ 

निर्देशक, स्क्रिप्ट र कलाकार पक्का गरी फिल्म ‘लभ नम्बर’ लाई युरोपमा छायाँकन गर्ने योजनामा दुर्गिश ब्यानर पुगेको थियो । तर, चिसो मौसममा छायाँकन गर्न नसकिने निष्कर्श निकाल्दै दुर्गिश ब्यानरले ‘होस्टेल रिटन्र्स’ बनाउने निर्णयमा पुगेको निर्माता रावल बताउँछन् । सुरज भूषाल निर्देशित फिल्म ‘होस्टेल रिटन्र्स’ बारे निर्माता रावल भन्छन्, ‘नाम मात्रै ‘होस्टेल’ सँग मिलेको छ । कथा चाहिं फरक छ ।’ सन्तोष लम्साल र निर्देशक भूषालले लेखेको स्क्रिप्टमा नव कलाकार लिएर सम्पूर्ण छायाँकन बुटवलमा गरिएको छ । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने निर्माता रावलले विश्वस्त पारेका छन् । 


वर्षमा कम्तीमा एक सय फिल्म निर्माण हुने नेपाली फिल्म क्षेत्रमा निर्माण भएका सबै फिल्मले व्यापारिक सफलता पाउँदैनन् । तर, निर्माता रावलले निर्माण गरेका दुवै फिल्म व्यापारिक रुपमा सफल छन् । किन त ? उनी भन्छन्, ‘म यहाँ व्यापार गर्न आएको हो, रमाइलो गर्न आएको होइन । फिल्म चलेको दिनमा म रमाइलो गर्छु ।’ आफु कुन उद्धेश्य लिएर नेपाली फिल्म क्षेत्रमा आएको भन्ने कुरा निर्माताले ख्याल गर्नु पर्ने रावलको सुझाव छ । त्यस्तै निर्माता रावलले दर्शकलाई रमाइलो दिने धेरै कथाहरु रहेको समेत बताएका छन् । रावल भन्छन्, ‘दर्शकलाई मनोञ्जन दिने फिल्म चल्छन् । हामी सँग यस्ता कथा धेरै छन् ।’ उनले वैशाख २५ गतेदेखि नेपाल प्रदर्शनमा आउने आफ्नो फिल्म ‘होस्टेल रिटन्र्स’ ले पनि दर्शकलाई मनोरञ्जन दिने बताएका छन् । सनिल रावलले भन्छन्, ‘म अकबरी सुन लिएर आउँछु त्यसैले कसी लगाउँन पर्दैन ।’ 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be