‘म त फुच्चे केटो प्रतिस्पर्धामै राख्दिंन’ : संगीतकार टंक बुढाथोकी

  • News Page
  • Published On: March 03,2015

टंक बुढाथोकी वर्तमान साँगीतिक फिल्म बजारमा ‘नोटिस’ भएका र व्यस्त संगीतकार हुन् । यी युवा संगीतकारले ठूला ब्यानरका रेखा फिल्मस् र छविराज प्रोडक्सनमा दुई र एक गीतमा संगीत सृजना गरेका छन् । रेखा र छविले आफ्नो फिल्मको प्रचार प्रसारमा संगीतकार बुढाथोकीकै गीत संगीतलाई प्रयोगमा ल्याएका छन् । यद्पी एक दर्जन बढी फिल्ममा संगीत दिएका संगीतकार बुढाथोकलाई आफ्नो गीत संगीतमा ‘चोरी’ या ‘प्रभावित’ भएको भन्ने आरोप लाग्ने गरेको छ । यी र यस्तै विषयमा उत्सव रसाइलीले न्यूज पेजथ्री डटकमका लागि युवा संगीतकार टंक बुढाथोकीसँग लामो कुराकानी गरेका छन् । 

तपाईंले सृजना गर्ने गीत तथा संगीत बलिउड र साउथ इन्डियान फिल्मबाट चोरी भयो या प्रभावित भयो भन्ने आरोप लाग्ने गरेको छ नि ? 

नेपाली फिल्मको संगीतमा काम गर्न सुरु गर्दा देखि नै मेरो एउटै उद्धेश्य भनेको नेपाली दर्शक तथा श्रोतालाई नेपाली गीत संगीतमा नचाउनु हो । नेपाली दर्शक तथा श्रोता आज बलिउडका गीतहरुमा नाच्नु पर्ने बाध्यता छ । मैंले यो नहोस् भनेर काम गरिरहेको छु ।  हाम्रा श्रोता दर्शक नै बलिउड र साउथ इन्डियान संगीतबाट प्रभावित हुनुहुन्छ । यसै अनुरुप मैंले पहिलो पटक ‘काली तिम्रो नजरैले गोली मार्यो ढिच्याउँ ढिच्याउँ’ मा साउथ इन्डियन संगीत प्रयोग गरेको थिएँ । जहाँसम्म ‘हवल्दार सुन्तली’ को ‘घन्टी बज्यो’ गीतमा चोरीको कुरा आइरहेको छ, यसलाई चाहिं म संगीत बुझ्ने दर्शक तथा श्रोताले के भन्छु भने राम्रोसँग गीत बजाएर सुन्नुस् । मैंले कुनै एउटा ‘पार्ट’ कहीं कतैबाट पनि कपी गरेको छैन । ‘घन्टी बज्यो’ भन्ने शब्द मलाई रचनाकारले दिनु भएको हो । घन्टी बज्ने तरिका जहाँ पनि एउटै हो । मनमा घन्टी बज्ने होइन, यो त एउटा ‘फिलिङ्स’ मात्रै हो । म यसलाई चोरी भन्दा पनि ‘इम्प्रोभाइज’ भन्छु । राइट ब्रदरको कन्सेप्टलाई लिएर आज जम्बो प्लेन बनाइएको छ । त्यसैले ‘इम्प्राभाइज’ गर्नुलाई म नराम्रो मान्दिंन ।

तर ‘चोरी नै भयो’ भन्ने आरोप छ नि ? 

यो जसले लेख्नु र भन्नु भएको छ म सिधैं भन्छु, उहाँहरुले संगीत बुझ्नु हुन्न । मेरै बुवाले पनि मलाई बाजा बजाउने मान्छेको रुपमा चिन्नु हुन्छ । संगीत सृजना गर्नु भनेको शब्दलाई एउटा भावनामा ढाल्नु हो । मलाई जसले चोरीको आरोप लगाउँदै हुनुहुन्छ मेरो बुवाले संगीतकार भनेको बाजा बजाउने मान्छे भने जस्तै हो । 


आफ्नो साँगीतिक करिअरको यात्रा छोटकरीमा बताइदिनुस् न । 
०६३ सालमा झापाबाट साइन्स पढ्न भनेर काठमाण्डू आएको थिएँ । म कक्षा १ देखि कक्षा १० सम्म प्रथम स्थान हाँसिल गर्ने विद्यार्थी हुँ । त्यसैले मलाई घरबाट डाक्टर या इञ्जिनियर पढ्न भनी साईन्स पढाउन काठमाण्डूमा पठाइएको थियो । माओवादीको जनयुद्धले गर्दा मेरो पढाई राम्रो हुन सकेन । मेरो दाजु टिकाराम बुढाथोकीको पहिलो गीत हेर्ने मौका पाएको थिएँ । त्यतिबेलै मेरो आइएस्सी पनि बिग्रिएको थियो । मलाई लाग्यो भगवानले मेरो बाटो परिवर्तन गरिदिनु भयो । ०६४ सालमा मैंले झापाबाटै एल्बम निकाले । एल्बम एकदमै हिट भएपछि म संगीतमा लाग्ने निधो गरें र लागेपनि । तर, बुवा आमाको करले फेरी मैंले ०६५ सालमा बिर्तामोडमा आइएसी ज्वर्इंन गरें । त्यसपछि म बिएसी पढ्न काठमाण्डूको सेन्जेभियर्स कलेज आएँ । त्यो बेला मैंले हिन्दी फिल्म ‘थ्री इडियट्स हेरेंको थिएँ । त्यो फिल्म हेरेपछि म धेरै रोएँ । आमा बुवाको सपनालाई थाँती राखेर म आफ्नो सपना पूरा गर्ने बाटोमा लागें । एरेञ्जिङ सिकें, टेक्सिनसियन सिकें । हरेक कुरा सिकेर ०६९ सालदेखि साँगीतिक क्षेत्रमा प्रवेश गरें ।

आमा बुवाको सपनालाई छोडेर आफुले रोजेको क्षेत्रमा लाग्दा सजिलो त पक्कै भएन होला ? 

सुरुवातमा मलाई मेरो परिवार र शिक्षाकले समेत राम्रो मान्नु भएन । स्कूलमा पहिलो हुने छोरो, विद्याार्थी डाक्टर, इञ्जिनियर बनोस् भन्ने उहाँहरुको सपना थियो होला । अझ संगीतमा लाग्नेलाई अहिलेसम्म पनि ‘गाईंने’ नै भनिन्छ । तर, पनि मैंले आत्मविश्वास गुमाएर मिहेनत गर्न छोडिंन । घरमा यतिसम्म भएको थियो कि, बुवाले मेरो गितार समेत फुटाइदिनु भएको । त्यतिबेला म धेरै रोएको थिएँ । आमाले मलाई नयाँ गीतार किनिदिनु भयो । पछि दर्शक तथा श्रोताले मन पराएपछि मात्रै आमा बुवाले मलाई पत्याउनु भयो र सहयोग गर्नु भयो । 

अहिले के भन्नुहुन्छ त ? 

मेरो अन्तर्वाता हेर्दा बुवा अहिले रुनु हुन्छ । त्यतिबेला मेरो आँखामा दुःखको आँसु थियो भने अहिले बुवाको आँखामा खुसीको आँसु छ । म अहिले आफ्नै लगानीमा पुतलीसडकमा स्टुडियो खोल्ने तयारीमा छु । बुवाले मलाई डाक्टर इञ्जिनियर पढाउन सुरक्षित गरेर राखेको रकम स्टुडियोमा लगानी गरिदिनु भएको छ ।

यहाँसम्म आउनुको श्रेय कसलाई दिनुहुन्छ ? 

मिहेनत आफ्नो ठाउँमा छ तर मलाई हरेक ठाउँमा सघाउने मेरो दाइ टिकाराम बुढाथोकी हुनुहुन्छ । उहाँले मलाई कहिले पनि असहयोग गर्नु भएन । त्यसैले मेरो सफलताको श्रेय मेरो दाई टिकाराम बुढाथोकीलाई नै दिन्छु । 

संघर्ष गरेर यहाँसम्म आइपुग्नु भएको छ, अहिले चाहिं कस्तो लाग्छ ? 

पहिलो मेरो हिट गीत ‘जञ्जिर’ फिल्मको किन ‘गाह्रो गाह्रो हुन्छ’  हो । ममा यति धेरै लगनशीलता हुन्थ्यो, यो गीत मैंले पुतलीसडकबाट कोटेश्वर हिड्दै गर्दा फुराएको थिएँ । त्यो बेला आफ्नै किसिमको बाध्यता थियो । अहिले नाम चलेका ब्यानरमा काम गर्ने अवसर पाइरहेको छु, यसले पक्कै पनि खुसी दिन्छ । बालुवामा महल बनाउँछु भन्दा भत्किएला तर आफ्नो खुबी अनुसारको मिहेनत गर्ने हो भने एकदिन सफलता पाइन्छ र खुसी मिल्छ भन्ने मलाई लाग्छ । 

तपाईंको संगीतको प्याट्रनको आयु लामो छैन भनिन्छ नि ?

सुरुका दिनमा मैंले ‘इम्प्रोभाइज’ गरिराखेको छु । हाम्रा दर्शक र श्रोतालाई मन पर्छ भनेर मैंले मिहेनत गरिराखेको छु । यति भयो भने त म कसरी कालन्तरसम्म नजाउँला र ? मैंले एउटा मात्रै प्याट्रनलाई प्रयोग गर्न खोजिरहेको छैन । मेरो मेलोडी प्याट्रन पनि राम्रो छ । पहिलो गीत ‘किन गाह्रो गाह्रो हुन्छ’ बाटै मैैंले रेखा फिल्मस्मा संगीत सृजन गर्ने अवसर पाएँ । रेखा दीले (रेखा थापा) ले त्यही गीत सुनेरै मलाई ‘हिम्मतवाली’ मा व्रेक दिनु भएको हो । 

तपाईंलाई ब्यानरले खोज्छ कि तपाईं आफैं ब्यानर खोज्दै जानुहुन्छ ?

‘किन गाह्रो गाह्रो हुन्छ’ चलेपछि काम गर्न आत्मविश्वास बढेको थियो । रेखा फिल्मस्मा काम गर्न ईच्छुक नै थिएँ । म रेखा दीलाई भेट्न आफैं गएको हो । त्यसपछि मैंले अन्य फिल्म र छविराज प्रोडक्सनको ‘हवल्दार सुन्तली’ मा काम गरें । रेखा फिल्मस् बाहेक म एक जनाकोमा पनि काम माग्दै हिंडेको छैन र हिड्नु पनि परेको छैन ।

फिल्म नगरीमा त चाकडी र चापलुसी चल्छ भन्छन् नि ?

रेखा थापा बाहेक मलाई एकजनाले पनि भन्न सक्नु हुंन्न कि ‘टंकले यो गरेर काम पायो’ भनेर । छवि दाईसम्मले मेरो अफिसमा आएर भन्नुभएको छ, ‘मेरो नमस्ते नेपालको अफिसमा जुत्ता चप्पल फुकाल्ने संगीतकार धेरै छन्, म तिम्रो चार तल्लाको अफिसमा आएको छु ।’ मेरो अफिसमा आउँदा उहाँले  ‘तिमी ठूलो मान्छे बन्छौ’ भन्नु भएको छ । 

साँगीतिक बजारको प्रतिस्पर्धामा आफुलाई कुन स्थानमा राख्नुहुन्छ ? 

म त फुच्चे केटा आफुलाई प्रतिस्पर्धामै राख्न चाहन्नं । सबै संगीतकारहरु सिनियर हुनुहुन्छ । म उहाँहरुकै गीत सुनेंर यो क्षेत्रमा आएको हुँ । म दुई वर्ष अगाडीसम्म ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ गीत गाउँदै हिड्थें । सुरेश दाईको (सुरेश अधिकारी) को गीत गाउँदै हिड्थें, श्म्भूजित दाईको (शम्भूजित बाँस्कोटा) गीतमा नाच्थें । अर्जुन दाई (अर्जुन पोखरेल) राम्रो कम्पोजर हुनुहुन्छ । उहाँहरुको गीत म सुनेंर सिक्थें भने म आज उहाँहरुकै प्रतिस्पर्धी हुँ भनेर भन्दिंन । म त फुच्चे केटा हो । मिहेनत गर्छु । मिहेनतमा विश्वास गर्छु ।

  


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be